Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छविकालीन राजाहरु र उनीहरुका उपाधिहरु

  • Ajnabee Khadka
  • June 02, 2026
  • 435

लिच्छविकालीन राजाहरु र उनीहरुका उपाधिहरु

Lichchhavi kings and their titles
राजाको नाम
धारण गरेका मुख्य उपाधि/मानपदवीहरू
वृषदेव
राजोत्तम (उत्तम राजा), सुगतशासनपक्षपाती
शंकरदेव
शत्रुहृदयेयोरिभिः(शत्रुहरूले जित्न नसकिने)
धर्मदेव
श्रीमद्धर्मदेव, राजर्षि (आदर्श राजा)  
मानदेव प्रथम
भट्टारक महाराज श्री, परचक्रकाम 
महीदेव
भट्टारकमहाराज
वसन्तदेव
परमदैवत, भट्टारक महाराज श्री, परमदैवतबप्पभट्टारकपादानुध्यात
रामदेव
भट्टारकमहाराजश्री
गणदेव
श्रीगणदेव
शिवदेव प्रथम
लिच्छविकुलकेतु, भट्टारकमहाराजश्री
अंशुवर्मा
महासामन्त, श्री, श्रीमहाराजाधिराज, श्रीकलहाभिमानी
उदयदेव
भट्टारकमहाराजाधिराज
भीमार्जुनदेव
भट्टारक, महाराज
नरेन्द्रदेव
परमभट्टारकमहाराजाधिराज, लिच्छविकुलकेतु
शिवदेव द्वितीय
परमभट्टारकमहाराजाधिराज, लिच्छविकुलकेतु, लिच्छविकुलानन्दनेन्दु
जयदेव द्वितीय
परमभट्टारकमहाराजाधिराज, परचक्रकाम, कविराज

 

के हुन् त यी उपाधिहरुका अर्थ?

  • भट्टारक (Bhattaraaka): यो गद्दीनसीन राजालाई बुझाउने आदरसूचक शब्द, 
  • परमदैवत (Paramadaivata): राजालाई 'ठूला देवतास्वरूप' मानेर यो उपाधि दिइन्थ्यो; राजा वसन्तदेवको पालादेखि यसको प्रयोग बढी भएको देखिन्छ, 
  • लिच्छविकुलकेतु (Licchavikula-ketu): आफ्नो वंशको गौरव बढाउन 'लिच्छवि कुलको झण्डा वा तारा' भन्ने अर्थमा यो उपाधि शिवदेव प्रथम, नरेन्द्रदेव र शिवदेव द्वितीयले प्रयोग गरेका,
  • महासामन्त (Mahasamanta): यो सुरुमा राजाको सहायक वा शक्तिशाली स्थानीय प्रशासकलाई दिइने पद; अंशुवर्माले शासनको सुरुवाती चरणमा यही उपाधि धारण गरेका,
  • महाराजाधिराज (Maharajadhiraja): लिच्छविकालको उत्तरार्धमा राजाहरूले आफूलाई पूर्ण रूपमा सार्वभौम र शक्तिशाली देखाउन 'भट्टारक महाराज' को सट्टा यो उच्च पदवी प्रयोग गर्न थालेका,
  • परचक्रकाम (Parachakrakama): शत्रुको राज्य (परचक्र) जित्ने अभिलाषा राख्ने भनी मानदेव प्रथम र जयदेव द्वितीयलाई विशेष गरी यो उपाधि दिइएको पाइन्छ,
  • श्रीकलहाभिमानी: यो राजा अंशुवर्माको निकै प्रसिद्ध उपनाम वा उपाधि थियो, जसको अर्थ 'विद्वत्ता र कलामा गर्व गर्ने' भन्ने बुझिन्छ, 

स्रोत: लिच्छवीकालका अभिलेख, धनवज्र बज्राचार्य

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA