Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

महिषपालवंशी राजाहरू

  • Bikash Shrestha
  • June 08, 2025
  • 1557

महिषपालवंशी राजाहरू

Kings of the Mahishpala dynasty

महिषपालवंशी राजाहरू

गोपालवंशका अन्तिम राजा जितगुप्तलाई युद्धमा पराजित गरेर महिषपालहरूले नेपालको शासनमा नियन्त्रण स्थापना गरेको कुरा गोपाल राजवंशावलीमा उल्लेख गरिएको छ।

केही इतिहासकारहरूका अनुसार, जसरी गाई पाल्नेहरूलाई “गोपाल” भनिन्थ्यो, त्यसैगरी भैंसी पाल्नेहरूलाई “महिषपाल” वा “आभीर” भनिन्थ्यो। यद्यपि, गोपाल र आभीर एउटै वंशका भएको र केवल पेसागत आधारमा दुई समुदायमा विभाजन भएको मानिन्छ।

किर्कप्याट्रिकको वंशावली अनुसार, आभीरहरू ग्वाला (गोठालो) जातिका थिए र राजपुत उत्पत्तिका मानिन्छन्। उनीहरूले सिम्रौनगढ र जनकपुरबीचको समथर क्षेत्रमा हातहतियारसहित ठूलो सङ्ख्यामा भैंसी पालन गर्ने गर्थे। पछि उनीहरू उपत्यकामा प्रवेश गरेर गोपालवंशी राजालाई पराजित गरी शासनमा नियन्त्रण स्थापना गरेका थिए।

यस वंशका प्रथम राजा वरसिंह थिए। गोपालवंशावलीअनुसार, यस वंशका तीन जना शासक वरसिंह, जयसिंह र भुवनसिंहले क्रमशः ४९ वर्ष, ७१ वर्ष २ महिना, र ४१ वर्ष गरी जम्मा १६१ वर्ष २ महिना शासन गरेका थिए।

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1081
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 2
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 46
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 107
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 17
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 206
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA