Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सिम्रौनगढको कर्णाटक राज्य

  • Bikash Shrestha
  • June 10, 2025
  • 622

सिम्रौनगढको कर्णाटक राज्य

Karnataka State of Simraungadh

सिम्रौनगढको कर्णाटक राज्य

सिम्रौनगढ मधेश प्रदेशको साविक बारा जिल्लामा पर्दछ। यसको प्राचीन नाम सिमरा–वनगढ थियो। त्यस समयका ठूला बस्तीहरू सुरक्षाको दृष्टिकोणले गढ (किल्ला)को रूपमा बनाइन्थे, जुन कतिपय अवस्थामा जङ्गलको बीचमा पनि हुन्थे। वनभित्र बनाइएका यस्ता गढलाई ‘वनगढ’ वा ‘वनदुर्ग’ भनिन्थ्यो। सिमराको वनमा बनाइएको गढ भएकोले त्यस क्षेत्रलाई सिमरा–वनगढ भनिएको थियो, जुन पछि अपभ्रंश भएर सिम्रौनगढ भएको हो।

सिम्रौनगढ वरपरको सम्पूर्ण क्षेत्र त्यस समय तिरहुत नामले प्रसिद्ध थियो। काठमाडौँ उपत्यकाका तात्कालीन प्रमाणहरूमा यस क्षेत्रलाई डोय राज्य भनिएको पाइन्छ। ‘डोय’ भन्नाले तल्लो जातका मानिसहरूको बस्ती भन्ने बुझाउँछ। पश्चिममा खस राज्य स्थापना भइसकेपछि दक्षिण र पूर्वी तराईसमेत समेटेर कर्णाटक वंशले डोय (तिरहुत) राज्य खडा गरेका थिए। यसको राजधानी सिम्रौनगढ (सिमरा–वनगढ) थियो।

कर्णाटक राज्यको स्थापना नान्यदेवले वि.सं. ११५४ (इ.सं. १०९७) मा गरेका थिए। करिब २२९ वर्षसम्म यो राज्य स्वतन्त्र रूपमा कायम रह्यो र अन्ततः इ.सं. १३२६ मा दिल्लीका मुसलमान बादशाह गयासुद्दिन तुगलकको आक्रमणबाट ध्वस्त भयो। यस राज्यका प्रमुख शासकहरू नान्यदेव र हरिसिंहदेव थिए।

नान्यदेव दक्षिण भारतको कर्णाटक क्षेत्रका बासिन्दा थिए। उनी चालुक्य शासक विक्रमादित्य छैटौँका सेनापति थिए। विक्रमादित्यको उत्तर भारततर्फको विजय अभियानका क्रममा नान्यदेव नेपालतिर आएका थिए र सिम्रौनगढलाई केन्द्र बनाएर राज्य स्थापना गरेका थिए। नान्यदेवपछि क्रमशः गङ्गादेव, नरसिंहदेव, रामसिंहदेव, शक्तिसिंहदेव, भूपालसिंहदेव र अन्तिम शासक हरिसिंहदेवले शासन गरे।

हरिसिंहदेवका शासनकालमा दिल्लीका गयासुद्दिन तुगलकले आक्रमण गरेपछि राज्य समाप्त भयो। हरिसिंहदेवकी रानी देवलदेवी र छोरा जगतसिंह शरणार्थीको रूपमा काठमाडौँ उपत्यका आए। उनीहरूले आफूसँग ल्याएको तुलजा भवानी को कलश उपत्यकामा स्थापना गरे। यही देवी पछि उपत्यकाका मल्ल राजाहरूको कुलदेवी बनिन्।

देवलदेवीका छोरा जगतसिंहको विवाह मल्ल राजकुमारी नायकदेवीसँग भयो। यस जोडीबाट जन्मेकी राजल्लदेवीसँग पछि जयस्ठिति मल्लको विवाह भयो।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 227
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 133
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 78
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 110
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 48
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA