Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

  • Ajnabee Khadka
  • May 01, 2026
  • 497

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मजदुर दिवस), २०२६

International Workers' Day (Labor Day), 2026
  • दिवस: अन्तर्राष्ट्रिय श्रमिक दिवस
  • मनाइने दिन: मे १
  • मुख्य उद्देश्य: श्रमिक अधिकारको पैरवी गर्ने र श्रमको उचित मूल्य सुनिश्चित गर्ने,
  • १९औँ शताब्दीलाई श्रम र श्रमिकको शताब्दी मानिन्छ,
  • ऐतिहासिक सन्दर्भ: सन् १८८६ मे ४ मा अमेरिकाको सिकागोमा भएको "हे मार्केट काण्ड" मा सहादत प्राप्त गर्ने श्रमिकहरूको बलिदानको सम्मान गर्दै सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न 'अन्तर्राष्ट्रिय श्रमिक सम्मेलन' ले मे १ लाई विश्वभर अन्तर्राष्ट्रिय श्रमिक दिवस का रूपमा मनाउने निर्णय गरेको,
  • नेपालमा वि.सं. २००७ सालमा नेपालको औद्योगिक केन्द्रविन्दुको रुपमा रहेको विराटनरगमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाइन थालिएको,
  • वि.सं. २०४६ को राजनीतिक परिवर्तनसँगै नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको,
  • सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको संस्करण: १३७औँ श्रमिक दिवस
  • सन् २०२६ मा मनाइएको अन्तर्राष्ट्रिय श्रमिक दिवसको नारा (Theme): "Ensuring a Healthy Psychosocial Working Environment" (स्वस्थ मनोसामाजिक कार्य वातावरणको सुनिश्चितता)
  • अन्तर्राष्ट्रिय श्रम संगठन (International Labour Organization - ILO):
    • विश्वभरका श्रमिकहरूको अधिकार, सामाजिक न्याय र मर्यादित कामका लागि कार्य गर्ने संयुक्त राष्ट्र संघको एउटा विशिष्ट संस्था,
    • स्थापना: सन् १९१९ अक्टोबर २९ मा भर्सायल्सको सन्धि (Treaty of Versailles) मार्फत
    • मुख्यालय: जेनेभा, स्वीट्जरल्याण्ड
    • सन् १९६९ मा यस संस्थालाई विश्वमा सामाजिक न्याय र शान्तिका लागि पुर्‍याएको योगदान स्वरूप नोबेल शान्ति पुरस्कार प्रदान गरिएको,
    • नेपाल सन् १९६६ अगस्ट ३० मा यसको सदस्य बनेको,
  • नेपालको संविधानको धारा ३४ मा 'श्रमको हक' लाई मौलिक हकका रूपमा व्यवस्था गरिएको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 77
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 88
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 63
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 146
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA