Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

मौलिक हकहरूको पुस्तागत वर्गीकरण (Generational Categorization)

  • Ajnabee Khadka
  • May 14, 2026
  • 491

मौलिक हकहरूको पुस्तागत वर्गीकरण (Generational Categorization)

Generational Categorization of Fundamental Rights
  • संवैधानिक वा मौलिक हकहरूलाई तिनको ऐतिहासिक विकास, प्रकृति र प्राथमिकताका आधारमा विभिन्न तीन पुस्तामा वर्गीकरण गरिन्छ,
  • सन् १९७९ मा अन्तर्राष्ट्रिय मानव अधिकार विज्ञ कारेल भासाक (Karel Vasak) ले फ्रान्सेली राज्यक्रान्तिको नारा "स्वतन्त्रता, समानता र बन्धुत्व" लाई आधार मानेर यसको सुरुवाती विभाजन गरेका,

हकहरूको विभिन्न पुस्ता (Generations of Rights) का आधारमा गरिएको वर्गीकरण:

पुस्ता
अधिकारको प्रकार
मूल नारा
प्रकृति
प्रमुख उदाहरणहरू
पहिलो पुस्ता (First Generation)
नागरिक तथा राजनीतिक अधिकार
स्वतन्त्रता (Liberty)
यसले राज्यलाई व्यक्तिको स्वतन्त्रतामा हस्तक्षेप गर्नबाट रोक्छ र राज्यको शक्तिलाई सीमित गर्दछ,
  • सम्मानपूर्वक बाँच्न पाउने हक,
  • स्वतन्त्रताको हक,
  • समानताको हक,
  • न्यायसम्बन्धी हक,
  • मतदान गर्ने र राजनीतिक प्रतिस्पर्धामा भाग लिने हक
दोस्रो पुस्ता (Second Generation)
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार
समानता (Equality)
यी हकहरू सुनिश्चित गर्न राज्यले नीति, बजेट र स्रोतको व्यवस्था गरी सक्रिय भूमिका खेल्नुपर्ने दायित्व रहन्छ,
  • श्रम तथा रोजगारीको हक,
  • शिक्षा र स्वास्थ्यसम्बन्धी हक,
  • सामाजिक सुरक्षा र आवासको हक,
  • सांस्कृतिक पहिचानको हक,
तेस्रो पुस्ता (Third Generation)
सामूहिक वा ऐक्यबद्धताका अधिकार 
बन्धुत्व वा ऐक्यबद्धता (Fraternity)
यी हकहरू कुनै एक व्यक्ति एक्लैले उपभोग गर्न सक्दैन, बरु सम्पूर्ण समुदाय वा राष्ट्रले संयुक्त रूपमा उपभोग गर्दछन्,
  • स्वच्छ वातावरणको हक,
  • विकासको हक,
  • शान्तिको हक,
  • खाद्य सम्प्रभुताको हक
  • आधुनिक समयमा २१ औं शताब्दीको डिजिटल क्रान्ति, तीव्र प्राविधिक विकास, जैविक प्रविधि र सञ्चारको विस्तारसँगै अधिकारको चौथो पुस्ता (Fourth Generation) को अवधारणा विकसित भएको;
    • अधिकारको प्रकार: डिजिटल र प्राविधिक अधिकार 
    • प्रकृति: यो २१ औं शताब्दीको डिजिटल क्रान्ति, जैविक प्रविधि र सञ्चारको विस्तारसँगै विकसित भएको,
    • प्रमुख उदाहरणहरू: डिजिटल प्रणाली र इन्टरनेटमा पहुँचको हक, डिजिटल गोपनीयता (Cyber Privacy), डाटा सुरक्षा, बायो-एथिक्स र AI को सुरक्षित प्रयोगको अधिकार आदि

नेपालको वर्तमान संविधानको भाग-३ (धारा १६ देखि ४६ सम्म) मा व्यवस्था गरिएका ३१ वटा मौलिक हकहरूलाई तिनको ऐतिहासिक विकास र प्रकृतिका आधारमा निम्नानुसार पुस्तागत वर्गीकरण:

  • नेपालको संविधानमा व्यवस्था गरिएका मौलिक हकहरूमा मुख्यतया पहिलो, दोस्रो र तेस्रो पुस्ताका हकहरूलाई व्यापक रूपमा समेटिएको,
पुस्ता
अधिकारको प्रकृति
धारा र मौलिक हकहरू
पहिलो पुस्ता (First Generation)
नागरिक तथा राजनीतिक अधिकार: यिनीहरूलाई 'नकारात्मक अधिकार' भनिन्छ, जसले राज्यको शक्तिलाई सीमित गरी व्यक्तिको स्वतन्त्रता रक्षा गर्छन्,
धारा १६: सम्मानपूर्वक बाँच्न पाउने हक,
धारा १७: स्वतन्त्रताको हक,
धारा १८: समानताको हक,
धारा १९: सञ्चारको हक,
धारा २०: न्यायसम्बन्धी हक,
धारा २१: अपराध पीडितको हक,
धारा २२: यातना विरुद्धको हक,
धारा २३: निवारक नजरबन्द विरुद्धको हक,
धारा २४: छुवाछूत तथा भेदभाव विरुद्धको हक,
धारा २५: सम्पत्तिको हक,
धारा २६: धार्मिक स्वतन्त्रताको हक,
धारा २७: सूचनाको हक,
धारा २८: गोपनीयताको हक,
धारा ४५: देश निकाला विरुद्धको हक,
धारा ४६: संवैधानिक उपचारको हक,
दोस्रो पुस्ता (Second Generation)
आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार: यिनीहरूलाई 'सकारात्मक अधिकार' भनिन्छ, जसको कार्यान्वयनका लागि राज्यले स्रोत र साधनको व्यवस्था गर्नुपर्ने हुन्छ,
धारा २९: शोषण विरुद्धको हक,
धारा ३१: शिक्षासम्बन्धी हक,
धारा ३२: भाषा तथा संस्कृतिको हक,
धारा ३३: रोजगारीको हक,
धारा ३४: श्रमको हक,
धारा ३५: स्वास्थ्यसम्बन्धी हक,
धारा ३७: आवासको हक,
धारा ३८: महिलाको हक,
धारा ३९: बालबालिकाको हक,
धारा ४०: दलितको हक,
धारा ४१: ज्येष्ठ नागरिकको हक,
धारा ४२: सामाजिक न्यायको हक,
धारा ४३: सामाजिक सुरक्षाको हक,
धारा ४४: उपभोक्ताको हक
तेस्रो पुस्ता (Third Generation)
सामूहिक वा ऐक्यबद्धताका अधिकार: यी अधिकारहरू समुदाय वा राष्ट्रले सामूहिक रूपमा उपभोग गर्दछन्,
धारा ३०: स्वच्छ वातावरणको हक,
धारा ३६: खाद्यसम्बन्धी हक (खाद्य सम्प्रभुता समेत)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 48
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 70
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 44
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 127
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA