Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालको वन संरक्षण क्षेत्रहरु (नव घोषित १२ औं वन संरक्षण क्षेत्र बडीमालिका-रामारोशन सहित)

  • Ajnabee Khadka
  • August 19, 2026
  • 256

नेपालको वन संरक्षण क्षेत्रहरु (नव घोषित १२ औं वन संरक्षण क्षेत्र बडीमालिका-रामारोशन सहित)

Forest conservation areas of Nepal (including the newly declared 12th forest conservation area Badimalika-Ramaroshan)

नेपालको वन संरक्षण क्षेत्रहरु:

क्रम वन संरक्षण क्षेत्रको नाम जिल्ला घोषणा तथा लागू मिति (वि.सं.) वनको क्षेत्रफल (हेक्टर) व्यवस्थापनको उद्देश्य
१. धनुषाधाम धनुषा २०६१/१०/०४ ३४० ऐतिहासिक, धार्मिक एवं वातावरणीय क्षेत्रको एकीकृत विकासद्वारा धार्मिक एवं पर्यापर्यटन क्षेत्रको प्रवर्धन गर्ने,
२. काक्रेविहार सुर्खेत २०५१/०१/३० १७५ जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने,
३. मदाने गुल्मी २०६७/११/१६ १३,७६१ प्राकृतिक सौन्दर्य एवं पारिस्थितिकीय प्रणालीको संरक्षण गर्ने,
४. पन्चासे कास्की, पर्वत र स्याङ्गजा २०६८/११/१५ ५,७७६ जैविक विविधता, जल स्रोत र पर्यापर्यटनको दीगो व्यवस्थापन एवं वातावरणीय सन्तुलन कायम गर्ने,
५. वरण्डाभार चितवन २०६८/११/१५ १०,४६६ वनको अवस्था र वन्यजन्तुहरूको वासस्थान सुधार ल्याउनुको साथै जैविक मार्गहरूको पुनर्स्थापना र पर्यापर्यटनको विकास गर्ने,
६. खाता बर्दिया २०६८/११/१५ ५,७४२ वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने,
७. लालझाडी-मोहना कंचनपुर र कैलाली २०६८/११/१५ २९,६४२ वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने,
८. वसन्ता कैलाली २०६८/११/१५ ६९,००१ वन व्यवस्थापनद्वारा ठुला वन्यजन्तुहरूको वासस्थान र जैविकमार्गहरूको पुनर्स्थापना गर्ने,
९. रेसुङ्गा गुल्मी २०७४/११/२८ १९,२८१.३७ प्राकृतिक स्रोत, जैविक विविधता, जलाधारीय र पुरातात्विक महत्वको सम्पदाको संरक्षण गर्ने,
१०. थाप्ले सत्यवती सालिमेदह गुल्मी २०७४/११/२९ ३७,८४३.०६ जैविक विविधता, वन स्रोत, जलस्रोत र प्राकृतिक एवं धार्मिक सम्पदाको संरक्षण गर्ने,
११. गोदावरी फुल्चोकी ललितपुर र काभ्रेपलान्चोक २०७९/०३/०२ २,१२८.८८ जैविक विविधता, प्राकृतिक सौन्दर्य, भौगोलिक र भौगर्भिक अवस्था, पारिस्थितिकीय प्रणाली, एवं सङ्कटापन्न जीवजन्तु / वनस्पति र ऐतिहासिक धार्मिक सांस्कृतिक महत्वका सम्पदा समेतको संरक्षण
१२. बडीमालिका–रामारोशन
बाजुरा र अछाम
२०८३/०४/२७
४९,८४०
प्राकृतिक सम्पदा, जैविक विविधता, वन/वन्यजन्तु संरक्षण तथा पर्यावरणीय (पर्या) पर्यटन प्रवर्धन गर्न

नेपालको १२ औं वन संरक्षण क्षेत्र: बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्र

  • संरक्षण क्षेत्रको नाम: बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र
  • घोषणा गर्ने निकाय: सुदूरपश्चिम प्रदेश सरकार (मन्त्रिपरिषद्)
  • निर्णय मिति: वि.सं. २०८३ साउन १९ गते
  • घोषणा औपचारिक सार्वजनिक: वि.सं. २०८३ साउन २७ गते (मुख्यमन्त्री कमलबहादुर शाहद्वारा)
  • कानुनी आधार: सुदूरपश्चिम प्रदेश वन ऐन, २०७७ को दफा २६ (१)
  • सम्बन्धित जिल्लाहरू: बाजुरा र अछाम (२ जिल्ला)
  • कुल क्षेत्रफल: ४९८.४ वर्ग किलोमिटर (४९,८४० हेक्टर)
  • मुख्य उद्देश्य: प्राकृतिक सम्पदा, जैविक विविधता, वन/वन्यजन्तु संरक्षण तथा पर्यावरणीय (पर्या) पर्यटन प्रवर्धन
  • समेटिएका स्थानीय तह र वडाहरू
    • बाजुरा जिल्ला: बडीमालिका नगरपालिका (वडा नं. ५, ६, ७ र ८) र त्रिवेणी नगरपालिका (वडा नं. ५, ६, ७ र ९)
    • अछाम जिल्ला: मेल्लेख गाउँपालिका (वडा नं. १ र २) र रामारोशन गाउँपालिका (वडा नं. ४, ५ र ६)

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA