Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपाल पत्रकार महासंघ

  • Bikash Shrestha
  • August 24, 2025
  • 637

नेपाल पत्रकार महासंघ

Federation of Nepalese Journalists

 

नेपालभरका पत्रकारहरूको साझा संगठन नेपाल पत्रकार महासंघ को स्थापना वि.सं. २०१२ साल चैत १६ गते भएको हो। यसको संस्थापक अध्यक्ष पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई हुनुहुन्छ।

यस महासंघका जिल्ला शाखा सबै जिल्लामा रहेका छन्। महासंघका प्रमुख उद्देश्य तथा कार्यहरू यसप्रकार छन्ः

  1. नेपालभरका विभिन्न सञ्चार माध्यममा क्रियाशील पत्रकारहरूलाई एउटै छातामुनि आबद्ध गरी व्यावसायिक नेतृत्व प्रदान गर्ने।

  2. पत्रकारहरूको व्यावसायिक हक–हितको संरक्षण गर्दै उनीहरूलाई सशक्त नेतृत्व प्रदान गर्ने।

  3. जिम्मेवार, उत्तरदायी र अनुशासित पत्रकारिताको संस्थागत विकासमा सक्रिय भई प्रेस स्वतन्त्रताको आदर्शलाई पालना गर्ने।

  4. राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पत्रकारिता क्षेत्रसँग सम्बन्धित सङ्घ–संस्थासँग सहकार्य तथा सम्बन्ध विस्तार गर्ने, साथै विभिन्न देशका पत्रकार सङ्घ–संस्थासँग प्रतिनिधिहरूको आदान–प्रदान गर्ने।

  5. पत्रकारिता सम्बन्धी विषयमा अध्ययन, अनुसन्धान, सभा, सम्मेलन, गोष्ठी, तालिम तथा अन्य कार्यक्रम सञ्चालन गर्ने।

  6. पत्रकार जगत्को हितका लागि अन्य आवश्यक कार्यहरू गर्ने।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 29
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 100
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 62
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 85
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA