Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

संघीय व्यवस्थापिका

  • Ajnabee Khadka
  • March 10, 2026
  • 768

संघीय व्यवस्थापिका

Federal Legislature
  • नेपालको संविधान (२०७२) को भाग ८ मा संघीय व्यवस्थापिका सम्बन्धी व्यवस्था गरिएको,
  • नेपालको संघीय व्यवस्थापिका अन्तर्गत प्रतिनिधि सभा (House of Representatives) र राष्ट्रिय सभा (National Assembly) गरी दुई सदनात्मक व्यवस्थापिकाको प्रावधान,
विषय विवरण
प्रतिनिधि सभा (धारा ८४ र ८५)
  • सदस्य संख्या र संरचना: २७५ सदस्य
    • पहिलो हुने निर्वाचित हुने (First-past-the-post (FPTP)): भूगोल र जनसंख्याको आधारमा कायम गरिएका १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित १६५ सदस्य
    • समानुपातिक निर्वाचन प्रणाली (Proportional electoral system): सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई दिइने मतको आधारमा चुनिने ११० सदस्य
  • समावेशी प्रतिनिधित्व: समानुपातिकतर्फ उम्मेदवारी दिँदा जनसंख्याको आधारमा महिला, दलित, आदिवासी जनजाति, खस आर्य, मधेशी, थारू, मुस्लिम र पिछडिएको क्षेत्रको प्रतिनिधित्व हुने गरी बन्द सूची पेश गर्नुपर्ने व्यवस्था; संघीय संसदमा कम्तीमा एक तिहाइ महिला सदस्य हुनु अनिवार्य,
  • कार्यकाल: प्रतिनिधि सभाको कार्यकाल अगावै विघटन भएकोमा बाहेक ५ वर्षको; संकटकालीन अवस्थामा यसलाई एक वर्षसम्म थप गर्न सकिने,
  • सभामुख र उपसभामुख: प्रतिनिधि सभाले आफूमध्येबाट एक सभामुख र एक उपसभामुख चयन गर्दछ, जसमा एक जना महिला हुनुपर्ने र दुवै जना फरक–फरक दलको हुनुपर्ने संवैधानिक व्यवस्था,
राष्ट्रिय सभा (धारा ८६)
  • स्वरूप: एक स्थायी सदन
  • सदस्य संख्या र छनोट: ५९ सदस्य 
    • निर्वाचित सदस्य: प्रत्येक प्रदेशबाट कम्तीमा ३ महिला, १ दलित र १ अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यक सहित ८ जनाका दरले ७ प्रदेशबाट निर्वाचित ५६ सदस्य; यिनको निर्वाचन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुख रहेको निर्वाचक मण्डलद्वारा हुने,
    • मनोनित सदस्य: सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित कम्तीमा १ महिला सहित ३ सदस्य
  • कार्यकाल: राष्ट्रिय सभाका सदस्यहरूको पदावधि ६ वर्षको; यो स्थायी सदन भएकाले एक तिहाइ सदस्यको कार्यकाल प्रत्येक दुई वर्षमा समाप्त हुने,
  • अध्यक्ष र उपाध्यक्ष: राष्ट्रिय सभाका सदस्यहरूले आफूमध्येबाट एक अध्यक्ष र एक उपाध्यक्ष चयन गर्दछन्, जसमा एक जना महिला हुनु अनिवार्य, 

सदस्यका लागि योग्यता (धारा ८७):

दुवै सदनको सदस्य हुनका लागि देहायका योग्यता आवश्यक पर्छन्;

  • नेपालको नागरिक,
  • प्रतिनिधि सभाका लागि २५ वर्ष र राष्ट्रिय सभाका लागि ३५ वर्ष उमेर पूरा भएको,
  • नैतिक पतन देखिने फौजदारी कसूरमा सजाय नपाएको,
  • कुनै संघीय कानूनले अयोग्य नभएको र कुनै लाभको पदमा बहाल नरहेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 55
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 78
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 136
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 128
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA