Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

गोरखा राज्यको स्थापना

  • Bikash Shrestha
  • October 01, 2025
  • 873

गोरखा राज्यको स्थापना

Establishment of the Gorkha State

शाह वंशको स्थापना हुनुभन्दा अघि गोरखामा खड्का राजाहरूले शासन गरेका थिए । तर, जातीय भेदभाव, दमन र धार्मिक उच्छृङ्खलताका कारण गोरखाका बुजुर्गहरू उनीहरूबाट असन्तुष्ट थिए र उनीहरूलाई राजाबाट पदच्युत गरेर कुनै योग्य व्यक्तिलाई राजा बनाउन चाहिरहेका थिए । यही अवस्थामा द्रव्य शाहको सम्पर्क गोरखाली जनतासँग भयो । उनको ओजस्वी व्यक्तित्वले प्रभावित भएर गोरखालीहरूले उनलाई राजा बनाउने सोच बनाए । त्यस समयमा "लिगलिग" भन्ने स्थानमा घले थरका गुरुङहरूले शासन गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीको दिन दौड प्रतियोगिता गरिन्थ्यो र जसले दौडमा जित्थ्यो, उसलाई राजा बनाउने प्रचलन थियो । द्रव्य शाह पनि सो उत्सव हेर्न गएका थिए । तर उनले अप्रत्याशित रूपमा लिगलिगमाथि आक्रमण गरी आफ्नो प्रभुत्व कायम गरे । लिगलिगमा विजय हासिल गरेपछि उनले गोरखामा आक्रमण गरे । तर गोरखालीहरूले उनको प्रहारको कडा प्रतिरोध गरे । १५ दिनसम्म युद्ध चल्दा पनि द्रव्य शाह विजयी हुन सकेनन् र अन्ततः लिगलिग फर्कन बाध्य भए । यद्यपि पहिलो पराजयले द्रव्य शाहको उत्साह कम भएन । बरु उनका विश्वासु सहयोगीहरू नारायणदास अर्याल, भागीरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन्द भट्टराई, केशव बोहरा, मुराली खवास आदिले उनको हौसला बढाइरहेका थिए । उनका सेनामा थापा, भुषाल, मास्के, राना आदि जातिहरू सक्रिय थिए । अन्ततः उनले पुनः आक्रमण गर्दा गोरखाका खड्का राजा वीरगति भए । यसरी वि.सं. १६१६ भाद्र २५ गते द्रव्य शाह गोरखाका राजा बने । द्रव्य शाहका उत्तराधिकारी राम शाह वि.सं. १६६३ तिर गोरखाका राजा भए । उनी न्यायप्रिय शासकका रूपमा प्रसिद्ध थिए ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 38
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 38
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 275
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 113
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 95
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA