Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

  • Ajnabee Khadka
  • January 11, 2026
  • 854

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

Earth Day and National Unity Day
  • नेपालको भौगोलिक एकीकरणका प्रणेता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई हरेक वर्ष पुस २७ गते 'राष्ट्रिय एकता दिवस' का रूपमा मनाइन्छ।
  • वि.सं. २०८२ पुस २७ लाई कति औं पृथ्वी जयन्तीको रुपमा मनाइंदै छ? ३०४ औं
  • दिवसको सुरुवात: वि.सं. २०१२ साल

संक्षिप्त परिचय:

  • नाम: पृथ्वीनारायण शाह
  • जन्म: वि.सं. १७७९, पुस २७ गते
  • जन्मस्थान: गोरखा दरबार
  • पिता/माता: राजा नरभूपाल शाह र रानी कौशल्यावती
  • राजगद्दी आरोहन: वि.सं. १७९९ चैत्र २५ (२० वर्षको उमेरमा)
  • राष्ट्र एकीकरणको सुरुवात: वि.सं. १८०१ असोज १५ को नुवाकोट विजय
  • वि.सं. १८२५ मा काठमाडौँ र ललितपुर अनि १८२६ मा भक्तपुरमाथि विजय प्राप्त गरेका,
  • शासनकाल: वि.सं. १७९९ देखि १८३१ सम्म
  • वि.सं. १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा उनको निधन भएको,

बडामहाराजाधिराज पृथ्वीनारायण शाहको 'दिव्य-उपदेश':

  • के हो?: राजा पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा नुवाकोटमा भाइ-भारदारहरूलाई भेला गराएर दिएका अर्ति, उपदेश र मार्गदर्शनको सङ्ग्रह,
  • उद्देश्य: भावी पुस्ताले देशको रक्षा, शासन सञ्चालन र परराष्ट्र नीति कसरी चलाउने भन्ने मार्गनिर्देशन प्रदान गर्नु,
  • फेला परेको स्थान: काजी अभिमानसिंह बस्नेतको घरमा (लेखनदास श्री भक्तबहादुरसँग सुरक्षित)
  • खोजकर्ता: इतिहासकार बाबुराम आचार्य र योगी नरहरिनाथ (बखतमान सिंह बस्नेतबाट प्राप्त)
  • पहिलो प्रकाशन: काशीबाट 'गोरक्ष ग्रन्थमाला' मा
  • पुस्तकाकार प्रकाशन: वि.सं. २०१० पुस २७ गते

१.) "बुढा मरै भाषा सरै भनि भन्छन्, तिमिहरू सबैछेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।"

२.) "यो राजे दुई ढुंङ्गाको तरुल जस्तो रहेछ। चीन बादशाह सित ठुलो घाहा राषनु। दषिनको समुन्द्रका बादशाह सित घाहा ता राषनु। तर त्यो महाचतुर छ।"

३.) "मेरा साना दुषले आर्ज्याको मुलुक होइन। सबै जात को फुलबारि हो। सबैलाई चेतना भया। यो फुलबारिको छोटा बडा चारै जात छत्तिसै बर्न ले (यसलाई सम्भार गर्नु पर्दछ)।"

४.) "आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद बैचनु। नगद पैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ। राजाका भंडार भन्याका रैतानहरू हुन्।"

५.) "देसका कपरा लगाउनालाई मह्लाई गरिदिनु। आफ्ना देसका कपरा बन्न जान्न्यालाई नमना देषाई सधाउनु र बन्न लाउनु र यस्व भया नगद देस जादैन।"

६.) "षानी भयाका ठाउमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु। गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाई आवाद गर्नु।"

७.) "कचहरि पिछे यक्यक् पण्डित राषी निञासास्त्र बमोजिम् अदालथ चलाउनु। अदालथका पैसा दरबारभित्र नहाल्नु।"

८.) "पुरुव पछिम्‌का षस बाहुन लाई दरबारमा पैठ् हुन नदिनु। क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन्।"

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 202
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 89
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA