Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सिमाना सम्बन्धी विस्तृत तथ्यपत्र

  • Ajnabee Khadka
  • June 18, 2026
  • 589

नेपालको सिमाना सम्बन्धी विस्तृत तथ्यपत्र

Detailed fact sheet on Nepal's borders
विषय विवरण
नेपालको प्रामाणिक क्षेत्रफल (साविकको)
१,४७,१८१ वर्ग कि.मी. (५६,८२७ वर्गमाइल)
नेपालको नयाँ नक्सा अनुसारको क्षेत्रफल (लिम्पियाधुरा, कालापानी र लिपुलेख क्षेत्र समावेश)
१,४७,५१६ वर्ग कि.मी. (५६,९५६ वर्गमाइल)
नेपालका चार दिशाका अन्तिम विन्दुहरू (सिमानाका छेउहरू)
  • पूर्वी विन्दु: ओलाङचुङगोला (लेलेप), ताप्लेजुङ
  • पश्चिमी विन्दु: दोधारा/चाँदनी, कञ्चनपुर
  • उत्तरी विन्दु: च्याङ्ला भञ्ज्याङ, हुम्ला
  • दक्षिणी विन्दु: लोदाबारी, झापा
कूल अन्तराष्ट्रिय सिमाना २,९२६ कि.मी. (१,८१८ माइल)
छिमेकी मुलुकका सिमाना जोडिएका क्षेत्रहरू
  • चीनतर्फ: तिब्बत स्वशासित क्षेत्र
  • भारततर्फ (५ प्रान्तहरू):
    • पूर्व: सिक्किम र पश्चिम बङ्गाल
    • पश्चिम: उत्तराखण्ड
    • दक्षिण: बिहार र उत्तर प्रदेश
भारतसँगको सिमाना १,६९० कि.मी. (१,०५० माइल)
चीनसँगको सिमाना १,२३६ कि.मी. (७६८ माइल)
नेपालको प्रदेशगत सिमाना (अन्तराष्ट्रिय सन्दर्भमा)
  • चीन र भारत दुवैलाई छुने प्रदेशहरू (४ वटा): कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश
  • भारतलाई मात्र छुने प्रदेशहरू (२ वटा): मधेश र लुम्बिनी प्रदेश
  • चीनलाई मात्र छुने प्रदेश (१ वटा): कर्णाली प्रदेश
प्रदेशको नाम
उत्तर (North)
दक्षिण (South)
पूर्व (East)
पश्चिम (West)
कोशी प्रदेश
चीनको तिब्बत
भारतको बिहार राज्य
भारतको सिक्किम र पश्चिम बंगाल
बागमती र मधेश प्रदेश
मधेश प्रदेश
बागमती र कोशी प्रदेश
भारतको बिहार राज्य
कोशी प्रदेश
बागमती प्रदेश
बागमती प्रदेश
चीनको तिब्बत
भारत (बिहार र उ.प्र.) र मधेश प्रदेश
कोशी र मधेश प्रदेश
गण्डकी प्रदेश
गण्डकी प्रदेश
चीनको तिब्बत
भारतको उत्तर प्रदेश राज्य
बागमती प्रदेश
कर्णाली र लुम्बिनी प्रदेश
लुम्बिनी प्रदेश
गण्डकी र कर्णाली प्रदेश
भारतको उत्तर प्रदेश राज्य
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
कर्णाली प्रदेश
चीनको तिब्बत
लुम्बिनी प्रदेश
गण्डकी प्रदेश
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेश
चीनको तिब्बत
भारतको उत्तर प्रदेश राज्य
कर्णाली र लुम्बिनी प्रदेश
भारतको उत्तराखण्ड राज्य
नेपालको जिल्लागत सिमाना (अन्तराष्ट्रिय सन्दर्भमा)
विषय विवरण
चीन र भारत दुवै मुलुकलाई छुने जिल्लाहरू
  • २ वटा जिल्लाहरु (दार्चुला र ताप्लेजुङ)
चीनलाई मात्र छुने जिल्लाहरू
  • चीनलाई मात्र छुने जिल्लाहरू: १३ वटा जिल्लाहरू (संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, हुम्ला र बझाङ)
  • चीनलाई छुने कुल जिल्ला संख्या: १५ वटा जिल्लाहरु (१३ वटा चीनलाई मात्र + २ वटा दुवैलाई)
भारतलाई मात्र छुने जिल्लाहरू
  • भारतलाई मात्र छुने जिल्लाहरू: २५ वटा जिल्लाहरू (पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (पूर्व र पश्चिम), रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी)
  • भारतलाई छुने कुल जिल्ला संख्या: २७ वटा जिल्लाहरु (२५ वटा भारतलाई मात्र + २ वटा दुवैलाई)
कुनै पनि मुलुकलाई नछुने (भित्री) जिल्लाहरू
  • ३७ वटा जिल्लाहरू (तेह्रथुम, धनकुटा, भोजपुर, उदयपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, काठमाडौँ, भक्तपुर, ललितपुर, मकवानपुर, लमजुङ, तनहुँ, कास्की, बागलुङ, पर्वत, म्याग्दी, स्याङ्जा, गुल्मी, पाल्पा, अर्घाखाँची, सल्यान, प्युठान, रोल्पा, पूर्वी रुकुम, रुकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, डोटी, बाजुरा र अछाम)
नयाँ राजनीतिक नक्सा (चुच्चे नक्सा) सम्बन्धी घटनाक्रम
  • समावेश गरिएको क्षेत्रहरु: लिम्पियाधुरा, कालापानी र लिपुलेख क्षेत्र
  • मन्त्रिपरिषद्‌बाट निर्णय: वि.सं. २०७७ जेठ ५ गते
  • आधिकारिक सार्वजनिक: वि.सं. २०७७ जेठ ७ गते
  • प्रतिनिधि सभाबाट पारित: वि.सं. २०७७ जेठ ३१ गते
  • राष्ट्रिय सभाबाट पारित र प्रमाणीकरण: वि.सं. २०७७ असार ४ गते
  • विवादित भूभागको क्षेत्रफल: ३३५ वर्ग कि.मि.
  • नयाँ क्षेत्रफल (प्रस्तावित): १,४७,५१६ वर्ग कि.मि. (यद्यपि १,४७,१८१ वर्ग कि.मि. नै हाल आधिकारिक मानिन्छ)
नेपालको सिमानासँग सम्बन्धित अन्य महत्वपूर्ण तथ्यहरू
  • नेपालबाट निकटतम तेस्रो मुलुक: बङ्गलादेश (नेपालको सिमानाबाट २७ कि.मी. टाढा)
  • नेपालबाट चौथो निकटतम मुलुक: भुटान (नेपालको सिमानाबाट ३२ कि.मी. टाढा)
  • समुद्रसँगको दुरी: नेपालबाट सबैभन्दा नजिकको समुद्र बङ्गालको खाडी (हिन्द महासागर) करिब १,१२७ कि.मी. टाढा पर्दछ,
  • नेपालको पूर्वी प्राकृतिक सिमाना: मेची नदी
  • नेपालको पश्चिमी प्राकृतिक सिमाना: महाकाली नदी
  • सुगौली सन्धिभन्दा अघिको नेपालको कुल क्षेत्रफल: २,६७,५७५ वर्ग कि.मि. (पुर्वमा टिस्टा नदीदेखि पश्चिममा काँगडा किल्लासम्म) 
  • नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय सिमाना छुट्याउन स्थापना गरिएका पहिलो ऐतिहासिक स्थायी इँटा तथा चुना (Masonry) बाट बनेका मुख्य सीमा स्तम्भहरू: जङ्गे पिलर (Junge Pillar)

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA