Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू

  • Ajnabee Khadka
  • April 04, 2026
  • 1087

नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू

Demographic status and key statistics of Nepal

राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार नेपालको जनसाङ्ख्यिक स्थिति र प्रमुख तथ्याङ्कहरू:

कुल जनसङ्ख्या र लैङ्गिक अवस्था:

विवरण तथ्याङ्क (२०७८) प्रतिशत / अनुपात
जनगणनाको सन्दर्भ दिन (२०७८ मङ्सिर ९ गते) सम्म कुल जनसङ्ख्या २,९१,६४,५७८ १००%
महिला जनसङ्ख्या १,४९,११,०२७ ५१.०२%
पुरुष जनसङ्ख्या १,४२,५३,५५१ ४८.९८%
अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) २,९२८ ०.०१%
लैङ्गिक अनुपात (Sex Ratio) ९५.५९ (प्रति १०० महिलामा पुरुष) -

जनसङ्ख्या वृद्धिदर र घनत्व:

विवरण तथ्याङ्क / अवस्था
औसत वार्षिक जनसङ्ख्या वृद्धिदर ०.९२% (२०६८ मा १.३५% थियो)
नेपालको कुल जनघनत्व १९८ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा धेरै जनघनत्व भएको क्षेत्र (तराई) ४६० जना प्रति वर्ग किलोमिटर
सबैभन्दा कम जनघनत्व भएको क्षेत्र (हिमाल) ३४ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा धेरै जनघनत्व भएको जिल्ला (काठमाडौँ) ५,१६९ जना प्रति वर्ग किलोमिटर
सबैभन्दा कम जनघनत्व भएको जिल्ला (मनाङ) ३ जना प्रति वर्ग किलोमिटर

जनसङ्ख्याको भौगोलिक र प्रादेशिक वितरण:

विवरण जनसङ्ख्या / प्रतिशत
तराई क्षेत्रको जनसङ्ख्या १,५६,३४,००६ (५३.६१%)
पहाडी क्षेत्रको जनसङ्ख्या १,१७,५७,६२४ (४०.३१%)
हिमाली क्षेत्रको जनसङ्ख्या १७,७२,९४८ (६.०८%)
सबैभन्दा धेरै जनसङ्ख्या भएको प्रदेश (बागमती) २०.९७%
सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेश (कर्णाली) ५.७९%
सहरी क्षेत्र (नगरपालिका) को जनसङ्ख्या ६६.१७%
ग्रामीण क्षेत्र (गाउँपालिका) को जनसङ्ख्या ३३.८३%

परिवार र आवास सम्बन्धी विवरण:

विवरण तथ्याङ्क / अवस्था
कुल परिवार सङ्ख्या ६६,६६,९३७
औसत परिवार सदस्य सङ्ख्या (२०७८) ४.३७ जना
औसत परिवार सदस्य सङ्ख्या (२०६८) ४.८८ जना
महिला परिवारमूली भएको परिवार ३१.५५%
महिला परिवारमूलीको वृद्धि (२०६८ को तुलनामा) ५.८२ प्रतिशतले बढेको

उमेरगत संरचना र सामाजिक सूचकहरू:

विवरण तथ्याङ्क / अवस्था
सक्रिय जनसङ्ख्या (१५-५९ वर्ष) ६१.९६%
बालबालिका (१४ वर्ष वा सोभन्दा कम) २७.८३%
जेष्ठ नागरिक (६० वर्ष वा सोभन्दा माथि) १०.२१%
कुल साक्षरता दर ७६.२%
पुरुष साक्षरता दर ८३.६%
महिला साक्षरता दर ६९.४%
अविवाहित जनसङ्ख्या (१० वर्षभन्दा माथि) ३३.१%
विवाहित जनसङ्ख्या (१० वर्षभन्दा माथि) ६१.८%
विवाह गर्दाको औसत उमेर १९ वर्ष (पुरुष: २१, महिला: १८)
अपाङ्गता भएका व्यक्तिको सङ्ख्या ६,४७,७४४ (२.२%)

विदेश अनुपस्थित र अन्य विवरण:

विवरण तथ्याङ्क / अवस्था
अक्सर विदेशमा बस्ने कुल सङ्ख्या २१,९०,५९२ जना
विदेशमा रहेका पुरुष ८२.२% (१७,९९,६७५ जना)
विदेशमा रहेका महिला १७.८% (३,९०,९१७ जना)
५ वर्षमुनिका बालबालिकाको जन्मदर्ता ७४%

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 52
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 51
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 129
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 120
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA