वि.सं. २००७ सालको दिल्ली सम्झौता
- के थियो दिल्ली सम्झौता?: राणा शासन, नेपाली कांग्रेस र राजा त्रिभुवनबीच भारतको मध्यस्थतामा भएको मौखिक एवं लिखित समझदारी
- सम्झौता भएको स्थान: नयाँ दिल्ली, भारत
- सम्झौता भएको मिति: वि.सं. २००७ फागुन १ गते (तदनुसार सन् १९५१ फेब्रुअरी १२)
- मध्यस्थकर्ता/संयोजक: भारतका तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरू
-
दिल्ली सम्झौताका मुख्य सर्त तथा बुँदाहरू:
- अधिकारको हस्तान्तरण: श्री ५ सुरेन्द्रको पालामा जङ्गबहादुर राणाले लिएको सम्पूर्ण राजकीय अख्तियारी राजा (श्री ५) लाई सुम्पिने,
- वैधानिक राजा: श्री ५ त्रिभुवनलाई नै नेपालको वैधानिक राजा मान्ने,
- अन्तरिम मन्त्रीमण्डल गठन: चुनाव नभएसम्मका लागि राणा र नेपाली काङ्ग्रेस दुवै पक्षबाट ५–५ जना गरी १० जना सदस्य रहेको अन्तरिम संयुक्त मन्त्रीमण्डल गठन गर्ने,
- प्रधानमन्त्रीको निरन्तरता: अन्तरिम सरकारको प्रधानमन्त्री मोहन शमशेर नै रहने,
- संविधान सभाको व्यवस्था: नेपाली जनताद्वारा निर्वाचित विधान सभाले नेपालको नयाँ संविधान निर्माण गर्ने,
- राजनीतिक फुकुवा: राजनीतिक सङ्गठन खोल्नमा लगाइएका सम्पूर्ण प्रतिबन्धहरू फुकुवा गर्ने,
- राजबन्दी रिहाइ: फौजदारी अभियोग लागेका बाहेक अन्य सम्पूर्ण राजनीतिक बन्दीहरूलाई बिनासर्त रिहा गर्ने,
- हतियार बुझाउने र आन्दोलन स्थगन: नेपाली काङ्ग्रेसको मुक्ति सेनाले सशस्त्र आन्दोलन रोक्ने र आफ्ना हतियारहरू सरकारलाई बुझाउनुपर्ने,
-
सम्झौतापछिका परिणाम र प्रजातन्त्रको घोषणा:
- आन्दोलन स्थगन: सम्झौताको मर्म अनुसार नेपाली काङ्ग्रेसले आफ्नो सशस्त्र आन्दोलन स्थगित गर्ने निर्णय गरेको,
- राजा त्रिभुवनको फिर्ती: राजा त्रिभुवन वि.सं. २००७ फागुन ४ गते विशेष विमानद्वारा नेपाल फर्किएका,
- प्राइभेट सेक्रेटरीको नियुक्ति: राजा प्रवासबाट फर्कंदा भारत सरकारले आफ्ना पूर्वप्रमुख सचिव गोविन्द नारायणलाई राजाको निजी सचिव (Private secretary) बनाएर सँगै पठाएको,
- प्रजातन्त्रको घोषणा: वि.सं. २००७ फागुन ७ गते राजा त्रिभुवनले नारायणहिटी राजदरबारबाट शाही घोषणा मार्फत नेपालमा प्रजातन्त्रको स्थापना भएको घोषणा गरे र यससँगै १०४ वर्ष लामो राणा शासनको औपचारिक अन्त्य भएको,
दिल्ली सम्झौताको जगमा वि.सं. २००७ फागुन ७ गते गठित नेपालको पहिलो संयुक्त अन्तरिम मन्त्रिमण्डलमा सामेल १० जना मन्त्री र उनीहरूको कार्यविभाजन:
|
क्र.सं.
|
मन्त्रीको नाम
|
प्रतिनिधित्व
|
मन्त्रालय (कार्यविभाजन)
|
|---|---|---|---|
|
१
|
मोहन शमशेर जङ्गबहादुर राणा
|
राणा पक्ष
|
प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री
|
|
२
|
बबर शमशेर जङ्गबहादुर राणा
|
राणा पक्ष
|
रक्षा मन्त्री
|
|
३
|
विश्वेश्वरप्रसाद कोइराला
|
काङ्ग्रेस पक्ष
|
गृह मन्त्री
|
|
४
|
सुवर्ण शमशेर जङ्गबहादुर राणा
|
काङ्ग्रेस पक्ष
|
अर्थ मन्त्री
|
|
५
|
चूडाराज शमशेर
|
राणा पक्ष
|
वन विभाग मन्त्री
|
|
६
|
गणेशमान सिंह
|
काङ्ग्रेस पक्ष
|
उद्योग वाणिज्य मन्त्री
|
|
७
|
नृपजङ्ग राणा
|
राणा पक्ष
|
शिक्षा मन्त्री
|
|
८
|
भद्रकाली मिश्र
|
काङ्ग्रेस पक्ष
|
यातायात मन्त्री
|
|
९
|
यज्ञबहादुर बस्न्यात
|
राणा पक्ष
|
स्वास्थ्य र स्थानीय स्वायत्तशासन मन्त्री
|
|
१०
|
भरतमणि शर्मा
|
काङ्ग्रेस पक्ष
|
खाद्य र कृषि मन्त्री
|