Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

समसामयिक परिदृश्य २०८३: भदौको पहिलो साता

  • Ajnabee Khadka
  • August 27, 2026
  • 234

समसामयिक परिदृश्य २०८३: भदौको पहिलो साता

Current scenario 2083: First week of Bhadra
मिति (वि.सं.)
घटना र लोकसेवा सान्दर्भिक मुख्य तथ्यहरू
भदौ १
जनकवि दुर्गालाल श्रेष्ठको निधन:
  • लोकप्रिय बालगीत तथा कालजयी गीत 'फूलको आँखामा फूलै संसार' का रचयिता श्रेष्ठको ९३ वर्षको उमेरमा निधन 
  • उनलाई वि.सं. २०६० मा नेपाल भाषा परिषद्ले 'जनकवि' को उपाधि दिएको थियो भने वि.सं. २०७० मा जगदम्बा-श्री पुरस्कार प्रदान गरिएको,
  • उनको पहिलो रचना 'सान्त्वना' कविता 'धर्मोदय' पत्रिकामा छापिएको,
 
भारतीय सेनाप्रमुख जनरल धिरज सेठलाई मानार्थ महारथी पदवी:
  • नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन (शीतल निवास) मा आयोजित विशेष समारोहमा भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको,
भदौ ३
राष्ट्रिय सूचना दिवस, २०८३:
  • नागरिकलाई सूचनाको हकबारे सचेत गराउन हरेक वर्ष भदौ ३ मा यो दिवस मनाइन्छ,
  • वि.सं. २०६४ भदौ ३ गते 'सूचनाको हक सम्बन्धी ऐन, २०६४' लागू भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस तय गरिएको,
  • नेपालको संविधानको धारा २७ मा सूचनाको हकलाई मौलिक हकको रूपमा राखिएको, 
 
विश्व फोटोग्राफी दिवस, २०२६:
  • सन् २०२६ को अन्तर्राष्ट्रिय नारा "HOME — Capture HOME Through Your Lens" का साथ यो दिवस मनाइएको, 
 
विश्व मानवीय सहायता दिवस, २०२६:
  • सन् २०२६ को नारा "Families of Fallen Humanitarians (दिवंगत मानवीय सहायताकर्मीका परिवारहरू)" तय गरिएको, 
 
नेपाल राष्ट्र बैंकको दोस्रो डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त:
  • मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक दीर्घ रावल डेपुटी गभर्नरमा नियुक्त भएका,
  • नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार बैंकमा २ जना डेपुटी गभर्नर रहने व्यवस्था छ, जसमा अर्का बहालवाला डेपुटी गभर्नर किरण पण्डित हुनुहुन्छ, 
भदौ ४
बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा मगर नियुक्त:
  • नेकपा एमालेका किरण थापा मगर बागमती प्रदेशको सातौँ मुख्यमन्त्रीका रूपमा नियुक्त हुनुभएको, 
  • प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एमाले, नेकपा र राप्रपाका कुल ६३ सांसदको समर्थनमा उनलाई नियुक्त गर्नुभएको, 
 
विश्व लामखुट्टे दिवस, २०२६:
  • सन् २०२६ को नारा "Small Bite, Big Threat" रहेको, 
 
बंगलादेशको २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल निर्वाचित:
  • बंगलादेश नेसनलिस्ट पार्टीका मिर्जा फखरुल इस्लाम आलमगीर २३औँ राष्ट्रपतिका रूपमा निर्वाचित भएका,
भदौ ५
नागरिक लगानी कोष (CIT) को कार्यकारी निर्देशकमा पर्वत कुमार कार्की नियुक्त:
  • मन्त्रिपरिषद्ले राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक कार्कीलाई नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४२ को उपदफा (१) बमोजिम नियुक्त गरेको,
 
स्वास्थ्य क्षेत्रका प्रमुख नियमनकारी निकायहरूमा नयाँ नियुक्ति:
  • नेपाल मेडिकल काउन्सिल (NMC) को रजिष्ट्रारमा डा. सुर्पभात श्रेष्ठ, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (NHRC) को सदस्य सचिवमा डा. प्रमोद जोशी र नेपाल स्वास्थ्य व्यवसायी परिषद् (NHPC) को रजिष्ट्रारमा रमेश श्रेष्ठ नियुक्त भएका,
 
नेपाली सङ्गीतकार सौरभ शर्मा भारतमा सम्मानित:
  • युवा नेपाली संगीतकार शर्मालाई नयाँ दिल्लीमा आयोजित शास्त्रीय संगीत महोत्सव 'MALHAR 2026' मा भारतका उपराष्ट्रपति सी. पी. राधाकृष्णनद्वारा 'युथ गुडविल एम्बेसेडर अनर' प्रदान गरिएको,
भदौ ८
हेमबहादुर मल्ल सम्मान प्रदान:
  • नेपाल जनप्रशासन संघ (PAAN) र साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा स्थापित रु. २ लाख राशिको सम्मान प्रदान गरिएको,
  • वर्ष २०८१ को सम्मान धुलिखेल अस्पतालका संस्थापक डा. रामकण्ठ माकजू श्रेष्ठलाई र वर्ष २०८२ को सम्मान पूर्व अर्थसचिव रामेश्वरप्रसाद खनाललाई प्रदान गरिएको,
भदौ/साउन
सिँचाइ गौरवका आयोजनाका लागि 'सेतु' एकाइ गठन:
  • ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय (मन्त्री विराजभक्त श्रेष्ठ) ले मन्त्रालय मातहतका ६ वटा राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरू (सिक्टा, बबई, रानीजमरा, भेरी-बबई, सुनकोशी-मरिण र महाकाली) आगामी ५ वर्षभित्र सम्पन्न गर्ने लक्ष्यका साथ 'सेतु' (सिँचाइ कार्यान्वयन तथा अनुगमन एकाइ) स्थापना गरेको,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 75
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 53
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 97
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 169
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA