Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

खेलकुदसँग सम्बन्धित समसामयिक घटनाहरु (वि.सं. २०८३ को भदौसम्म)

  • Ajnabee Khadka
  • September 09, 2026
  • 33

खेलकुदसँग सम्बन्धित समसामयिक घटनाहरु (वि.सं. २०८३ को भदौसम्म)

Current events related to sports (up to Bhadra, 2083 BS)
क्रम
खेलकुद घटना / विषय
संक्षिप्त तथ्यपत्र (लोकसेवा सान्दर्भिक तथ्यहरू)
१
२३औँ फिफा विश्वकप २०२६
  • अमेरिका, क्यानाडा र मेक्सिकोका १६ सहरमा आयोजना (४८ टोली र १०४ खेलहरू)
  • स्पेनले अर्जेन्टिनालाई १-० ले पराजित गर्दै दोस्रो पटक उपाधि जितेको,
  • फ्रान्सका किलियन एम्बाप्पे (२२ गोल) ले गोल्डेन बुट जितेका भने प्रतियोगिताभर कुल ३०७ गोल भएका,
  • अर्जेन्टिनाका लियोनल मेसी १८ गोलसहित विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बनेका,
  • पोर्चुगलका क्रिस्टियानो रोनाल्डो लगातार ६ वटा विश्वकपमा गोल गर्ने विश्वकै पहिलो खेलाडी बनेका, 
२
एसियन गेम्स पुरुष टी–२० छनोट, २०२६
  • सिङ्गापुरमा आयोजित प्रतियोगितामा नेपाली पुरुष टोली अपराजित रहँदै च्याम्पियन बनेको,
  • नेपालका कुशल भुर्तेल (३४० रन) 'प्लेयर अफ द सिरिज' घोषित भएका (मलेसियाविरुद्ध १२६ रनको शतकीय पारी)
  • शीर्ष ४ टोलीहरू (नेपाल, हङकङ, मलेसिया र ओमान) जापानमा आयोजना हुने २०औँ एसियन गेम्सका लागि छनोट भएका,
  • दीपेन्द्र सिंह ऐरी १०० वटा T20I खेल खेल्ने पहिलो नेपाली खेलाडी बनेका, 
३
एसीसी महिला यु-१९ प्रिमियर कप, २०२६
  • मलेसियामा सम्पन्न प्रतियोगितामा वर्षाका कारण थाइल्यान्ड र युएई संयुक्त विजेता बने भने नेपाल तेस्रो स्थानमा रह्यो,
  • नेपालकी सावित्री धामी २५५ रनसहित सर्वाधिक रनकर्ता बनेकी र साना प्रवीनसँग १९९ रनको ऐतिहासिक साझेदारी गरेकी, 
४
प्रधानमन्त्री कप (पीएम कप) पुरुष राष्ट्रिय क्रिकेट, २०८२/८३
  • सुदूरपश्चिम प्रदेशलाई हराउँदै त्रिभुवन आर्मी क्लब तेस्रो पटक अपराजित रहँदै च्याम्पियन बनेको,
  • सर्वोत्कृष्ट खेलाडी: सन्तोष यादव; उत्कृष्ट बलर: हेमन्त धामी (२७ विकेट); उत्कृष्ट ब्याट्सम्यान: अर्जुन कुमाल (५०४ रन) घोषित भएका, 
५
इन्डियन प्रिमियर लिग (IPL) २०२६
  • गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै रोयल च्यालेन्जर्स बेंगलुरु (RCB) लगातार दोस्रो पटक च्याम्पियन बनेको,
  • भारतका १४ वर्षीय वैभव सूर्यवंशी सहभागी हुने सबैभन्दा कान्छा खेलाडी र सर्वाधिक (७२ वटा) छक्का प्रहार गर्ने खेलाडी बनेका,
  • पर्पल क्याप कागिसो रबाडा (२९ विकेट) ले जितेका, 
६
१०औँ आइसीसी महिला टी-२० विश्वकप, २०२६
  • इङ्गल्याण्ड र वेल्समा आयोजित प्रतियोगितामा अस्ट्रेलियाले आयोजक इङ्गल्याण्डलाई पराजित गर्दै कीर्तिमानी ७औँ पटक उपाधि जितेको,
  • प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी बेथ मुनी घोषित भएकी, 
७
काभा (CAVA) महिला भलिबल, २०२६
काठमाडौँमा आयोजित प्रतियोगितामा इरान विजेता बनेको भने नेपाल चौथो स्थानमा रहेको (नेपालको कप्तानी: निरुता ठगुन्ना)
८
छैटौँ एसियाली बीच गेम्स, २०२६ (चीन)
सान्यामा आयोजित प्रतिस्पर्धामा नेपालको महिला बीच कबड्डी टोलीले १ कांस्य पदक जित्न सफल भएको (टोली कप्तान: मानमती बिष्ट)
९
नेपाली पुरुष भलिबल टोलीको विश्व वरीयता
नेपाली पुरुष भलिबल टोली इतिहासमै पहिलो पटक आधिकारिक रूपमा FIVB को विश्व वरीयतामा ५७ स्थानको छलाङ मार्दै ८३औँ स्थानमा समावेश भएको (नेपाली महिला भलिबल टोली ६८औँ स्थानमा रहेको,)
१०
संदीप लामिछानेको विश्व कीर्तिमान र नयाँ कप्तानी
  • एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) मा मात्र ७३ खेलमा १५० विकेट पूरा गरी अस्ट्रेलियाका मिचेल स्टार्कको (७७ खेल) विश्व कीर्तिमान तोडेका,
  • उनी पुनः नेपालको ओडीआई टोलीको कप्तान नियुक्त भएका,
११
दीपेन्द्र सिंह ऐरीको कप्तानी तथा कीर्तिमान
  • नेपालको टी-२० अन्तर्राष्ट्रिय (T20I) टोलीको नयाँ कप्तान नियुक्त भएका,
  • १०० वटा T20I खेल खेल्ने नेपालको पहिलो खेलाडी बनेका,
१२
वैभव सूर्यवंशीको विश्व कीर्तिमान (T20I)
भारतका वैभव सूर्यवंशीले १५ वर्ष ११८ दिनको उमेरमा जिम्बावे विरुद्ध १८ बलमा अर्धशतक प्रहार गरी नेपालका कुशल मल्लको (१५ वर्ष ३४० दिन) साविक विश्व कीर्तिमान तोडेका, 
१३
अविरल घिमिरे ('हिमालयन चितुवा')
जापानमा आयोजित 'हिट किक बक्सिङ–५९' मा फ्रेन्च बक्सरलाई नकआउट गर्दै विश्व च्याम्पियनसिप उपाधि जित्ने पहिलो नेपाली बक्सर बनेका, 
१४
सुस्मिता थापामगर
भारतको बेंगलुरुमा आयोजित 'रोनिन फाइटिङ च्याम्पियनसिप-३' मा जित हासिल गर्दै व्यावसायिक एमएमए (Professional MMA) मा जित्ने पहिलो नेपाली महिला खेलाडी बनेकी, 
१५
सेबास्टियन सावे (केन्या)
लन्डन म्याराथनमा १ घण्टा ५९ मिनेट ३० सेकेन्डको समय निकाल्दै औपचारिक प्रतिस्पर्धामा २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने विश्वकै पहिलो धावक बनेका, 
१६
२३औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड, २०८२
वर्षका उत्कृष्ट पुरुष खेलाडी: चन्द्रबहादुर थापा मगर (बक्सिङ); वर्षकी उत्कृष्ट महिला खेलाडी: एरिका गुरुङ (कराते); उत्कृष्ट प्रशिक्षक: कुशल श्रेष्ठ (कराते); उत्कृष्ट युवा खेलाडी: मनिषाकुमारी बोहरा (कराते); पिपुल्स च्वाइस: मिना सुनार (भलिबल)
१७
१०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता
  • वि.सं. २०८३ मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने निर्णय भएको,
  • प्रतियोगिताको शुभङ्कर (Mascot) लोपोन्मुख जनावर 'हाब्रे (Red Panda)' रहेको, 
१८
जनकपुर बोल्ट्स (Janakpur Bolts)
बेल्जियमको ईयू टी–२० (EUT20) लिगमा टोली खरिद गरी बहुराष्ट्रिय बन्ने नेपालको पहिलो क्रिकेट फ्रेन्चाइज बनेको, 
१९
आईसीसी (ICC) को नयाँ सदस्य राष्ट्र
मौरिसस आईसीसीको १११औँ समग्र सदस्य तथा ९९औँ सह-सदस्य (Associate) का रूपमा आबद्ध भएको, 
२०
तेस्रो पिकलबल विश्वकप (भियतनाम)
दावासोनाम शेर्पाले पुरुषतर्फ ब्राजिलका खेलाडीलाई हराउँदै नेपाललाई पिकलबल विश्वकपमा पहिलो पदक (कांस्य) दिलाउन सफल भएका, 
२१
कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ('निम्स दाइ') को निधन
  • ४३ वर्षको उमेरमा पाकिस्तानको ब्रड पिक (८,०५१ मिटर) हिमालमा हिमपहिरोमा परी निधन भएको (साउन १४, २०८३)
  • उनले सन् २०१९ मा १४ अग्ला हिमाल ६ महिना ६ दिनमा आरोहण गरी 'प्रोजेक्ट पसिबल' कीर्तिमान बनाएका, 
२२
नेयमारको सन्यास घोषणा
३४ वर्षको उमेरमा फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ (ब्राजिल विरुद्ध नर्वे) खेलपश्चात् अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका, 
२३
विश्व बौद्धिक सम्पत्ति दिवस, २०२६
अप्रिल २६ मा मनाइएको दिवसको मुख्य नारा "बौद्धिक सम्पत्ति र खेलकुद: तयार, सेट, नवप्रवर्तन" (IP and Sports: Ready, Set, Innovate) रहेको, 
२४
२५औँ राष्ट्रिय आईटीएफ तेक्वान्दो च्याम्पियनसिप
त्रिपुरेश्वरमा सम्पन्न प्रतियोगितामा १९ स्वर्ण पदक जित्दै नेपाली सेना (त्रिभुवन आर्मी क्लब) प्रथम (टिम च्याम्पियन) बनेको, 
२५
अल्डिसा भोजिन्हा (Aldisa vozinhai)
फिफा विश्वकप २०२६ मा केप भर्डेका गोलरक्षक भोजिन्हाको सम्मानमा क्यारिबियन सागरमा फेला परेको नयाँ समुद्री चिप्लेकीरा (Sea Slug) को नामकरण गरिएको, 

 

Categories

  • Current Affairs 780
  • Gorkhapatra 341
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Nepal's position in various international indices in 2026 (as of September)
Current Affairs

सन् २०२६ मा विभिन्न अन्तर्राष्ट्रिय सूचकांकहरूमा नेपालले हासिल गरेको स्थान (सेप्टेम्बर सम्म)

  • Sep 09, 2026
  • 11
Current events related to sports (up to Bhadra, 2083 BS)
Current Affairs

खेलकुदसँग सम्बन्धित समसामयिक घटनाहरु (वि.सं. २०८३ को भदौसम्म)

  • Sep 09, 2026
  • 32
Various awards, honors, medals and titles (up to Bhadra, 2083 BS)
Current Affairs

विभिन्न पुरस्कार, सम्मान, पदक तथा उपाधिहरू (वि.सं. २०८३ को भदौसम्म)

  • Sep 09, 2026
  • 41
Major current events as of Bhadra 24, 2083
Current Affairs

भदौ २४, २०८३ सम्मका प्रमुख समसामयिक घटनाहरू

  • Sep 09, 2026
  • 26
Far Western Province, Public Health Officer, Seventh, 2083/05/24
Current Affairs

सुदूरपश्चिम प्रदेश, जनस्वास्थ्य अधिकृत, सातौँ, २०८३/०५/२४

  • Sep 09, 2026
  • 89
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA