Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको सांस्कृतिक जीवन

  • Bikash Shrestha
  • November 14, 2025
  • 539

नेपालको सांस्कृतिक जीवन

Cultural life of Nepal

प्राचीन कालदेखि नै नेपाल विभिन्न धर्म मान्ने मानिसहरूको साझा बसोबासको थलो रहिँदै आएको छ। नेपालमा मुख्यतः हिन्दु धर्म र बौद्ध धर्मका अनुयायीहरूको बहुलता देखिन्छ। यीबाहेक इस्लाम, इसाई, किराँत, वहाई, सिख लगायत अन्य धर्म मान्ने समुदायहरू पनि समान रूपमा स्वतन्त्रतापूर्वक बसोबास गर्दै आएका छन् । हिन्दु धर्मभित्र शैव, वैष्णव, शाक्त, सौर्य आदि प्रमुख सम्प्रदाय पर्दछन् भने बौद्ध धर्ममा हिनयान, महायान, वज्रयान, तन्त्र–मन्त्रयान, सहजयान, बोनपो तथा लामा सम्प्रदाय समावेश हुन्छन्। समयसँगै यी धर्म, सम्प्रदाय तथा उपसम्प्रदायहरूमा विभिन्न परिवर्तन र परिमार्जनहरू आएका छन् । नेपाली समाजमा प्रकृति, पितृ र अदृश्य शक्तिको पूजा गर्ने परम्परा पनि प्रचलित छ। पश्चिम नेपालमा ‘मस्टो’, पूर्वी पहाडमा ‘चण्डी’ वा ‘देवी’, तराई क्षेत्रमा ‘संसारीमाई’ तथा हिमाली क्षेत्रमा हिन्दु तथा स्थानीय देव–देवीप्रतिको गहिरो आस्था पाइन्छ । नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त देश हो। यहाँ सांस्कृतिक विविधताबीच अद्भुत एकता देखिन्छ। प्राचीन समयदेखि नै विभिन्न संस्कृतिहरूबीच मेलमिलाप, सहअस्तित्व र आदान–प्रदान हुँदै आएको छ । यसरी हेर्दा नेपाल साझा संस्कृति विकसित भएको अद्वितीय देश हो भन्न सकिन्छ ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 35
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 248
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 105
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 93
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA