Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा संविधान मस्यौदा समिति

  • Ajnabee Khadka
  • May 25, 2026
  • 537

नेपालको संविधान (२०७२) निर्माण प्रक्रियामा संविधान मस्यौदा समिति

Constitution Drafting Committee in the process of drafting the Constitution of Nepal (2072)
गठन र कानुनी आधार
  • गठन: दोस्रो संविधान सभा नियमावली, २०७० को नियम ६७ बमोजिम यो समिति गठन गरिएको,
  • मुख्य जिम्मेवारी: संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिबाट प्राप्त भएका सहमतिहरू र संविधान सभाले गरेका निर्णयहरूलाई आधार मानी संविधानको एकीकृत मस्यौदा तयार गर्नु यसको मुख्य कार्य,
नेतृत्व र संरचना
  • सभापति: कृष्णप्रसाद सिटौला
  • सदस्य संख्या: यस समितिमा कुल ७३ जना सदस्यहरू रहेका,
  • मस्यौदा लेखन कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन समिति अन्तर्गत ५ वटा उपसमिति र एउटा एकीकृत कार्यदल गठन गरिएको;
    • प्रस्तावना र परिभाषा उपसमिति: जितेन्द्र नारायण देव (संयोजक)
    • मौलिक हक, राज्यका निर्देशक सिद्धान्त र आयोगहरू सम्बन्धी उपसमिति: इन्द्र सुन्दर नेम्वाङ (संयोजक)
    • न्यायपालिका उपसमिति: रमेश लेखक (संयोजक)
    • व्यवस्थापिका उपसमिति: भरतमोहन अधिकारी (संयोजक)
    • कार्यपालिका उपसमिति: हितराज पाण्डे (संयोजक)
    • संविधान मस्यौदा एकीकृत कार्यदल: कृष्णप्रसाद सिटौला (संयोजक)
प्रमुख कोशेढुङ्गा र कार्य प्रगति
  • पहिलो मस्यौदा प्रस्तुतीकरण: सभापति कृष्णप्रसाद सिटौलाले २०७२ असार १५ गते संविधान सभाको बैठकमा "नेपालको संविधानको पहिलो मस्यौदा" पेस गरेका,
  • जनताको राय सुझाव: मस्यौदामाथि देशभरबाट संकलन गरिएका सुझावहरूलाई नागरिक सम्बन्ध तथा संविधान सुझाव समितिले २०७२ साउन ११ गते सभामा पेस गरेको,
  • परिमार्जित विधेयक: प्राप्त राय सुझावहरू र दलहरूबीच भएको १६ बुँदे राजनीतिक सहमति समेतलाई समेटेर समितिले २०७२ भदौ ४ गते "नेपालको संविधानको परिमार्जित विधेयक" सभामा प्रस्तुत,
मस्यौदाको स्वरूप र परिमार्जन
  • प्रारम्भिक स्वरूप: समितिले तयार पारेको सुरुको मस्यौदामा ३७ भाग, ३०२ धारा र ९ अनुसूची रहेका,
  • अन्तिम स्वरूप: परिमार्जन र दफावार छलफलपछि संविधान सभाले पारित गर्दा संविधानमा ३५ भाग, ३०८ धारा र ९ अनुसूची कायम,
ऐतिहासिक उपलब्धि: समितिले तयार पारेको अन्तिम विधेयकलाई संविधान सभाका ५३२ सदस्यमध्ये ५०७ जनाले (दुई-तिहाइभन्दा बढी) समर्थन गरेपछि २०७२ असोज ३ गते ऐतिहासिक रूपमा नेपालको संविधान जारी,

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 46
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA