Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य घटनाक्रमको कालक्रमिक तालिका

  • Ajnabee Khadka
  • May 15, 2026
  • 452

इजरायल, अमेरिका र इरानबीचको द्वन्द्वको मुख्य घटनाक्रमको कालक्रमिक तालिका

Chronological table of the main events of the conflict between Israel, the US and Iran
इजरायल-अमेरिका-इरान युद्धको मुख्य घटनाक्रम (२०२३ - २०२६):
मिति
मुख्य घटना
विवरण
७ अक्टोबर २०२३
हमासको आक्रमण
इजरायलमा हमासद्वारा भीषण आक्रमण, जसले यस २९ महिने तनावको चक्र सुरु गरेको,
सेप्टेम्बर २०२४
हसन नसरल्लाहको हत्या
इजरायलले लेबनानमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरेको,
अक्टोबर २०२४
हवाई प्रतिरक्षामा प्रहार
इजरायलले इरानको रूसी निर्मित S-300 हवाई प्रतिरक्षा प्रणालीमा क्षति पुर्याएको,
१३-२४ जुन २०२५
बाह्र दिने युद्ध
इजरायल र इरानबीच पहिलो प्रत्यक्ष हवाई युद्ध; जुन २२ मा अमेरिका पनि सामेल भई इरानका आणविक केन्द्रहरूमा बमबारी गरेको,
अगस्ट/सेप्टेम्बर २०२५
JCPOA snapback mechanism
युरोपेली राष्ट्रहरूद्वारा इरानमाथि संयुक्त राष्ट्र संघको प्रतिबन्धहरू पुनः लागू गरिएको,
डिसेम्बर २०२५ - जनवरी २०२६
ऐतिहासिक विरोध र दमन
इरानमा सन् १९७९ पछिकै ठूलो जनआन्दोलन र शासनद्वारा हजारौं प्रदर्शनकारीको हत्या,
२८ फेब्रुअरी २०२६
निर्णायक सैन्य अभियान
  • विशेष गरी इरानी नेतृत्व र सैन्य संरचनालाई नष्ट गर्ने उद्देश्यले संयुक्त राज्य अमेरिकाले "अपरेसन एपिक फ्युरी" र इजरायलले "अपरेसन रोयरिङ लायन" नामको सैन्य कारबाही सुरु,
  • इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्या; इरानका रक्षा मन्त्री अजिज नासिरजादेह, IRGC का कमाण्डर मोहम्मद पाकपौर र लेबनानस्थित कुड्स फोर्सका कमाण्डर दाउद अली जादेह पनि मारिएका,
  • यस निर्णायक सैन्य अभियानले मध्यपूर्वको सुरक्षा सन्तुलनलाई पूर्ण रूपमा परिवर्तन गरिदिएको र यस क्षेत्रलाई एक नयाँ र अनिश्चित युद्धको चरणमा धकेलिएको,
१ मार्च २०२६
इरानको प्रतिशोध
इरानले खाडीका विभिन्न देशमा रहेका अमेरिकी सैन्य उपस्थितिमाथि केन्द्रित भई आक्रमण गरेको,
२ मार्च २०२६
हर्मुजको जलडमरू बन्द
इरानले होर्मुजको जलडमरू (Strait of Hormuz) बन्द गर्ने घोषणा गरेको,
११ मार्च २०२६
नयाँ सर्वोच्च नेता
मोज्तबा खामेनीलाई इरानको नयाँ सर्वोच्च नेता चयन गरिएको,
१३ मार्च २०२६
तेल र समुद्री संकट
होर्मुजको जलडमरू (Strait of Hormuz) बाट हुने ढुवानी पूर्ण रूपमा बन्द,
३० मार्च २०२६
शासन परिवर्तनको धम्की
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा इरानमा पूर्ण शासन परिवर्तन (Regime Change) को चेतावनी,
७ अप्रिल २०२६
अल्पकालीन युद्धविराम
होर्मुजको जलमार्ग खोल्ने सर्तमा अमेरिका र इरानबीच दुई हप्ताको युद्धविराम सहमति,
१२ अप्रिल २०२६
शान्ति वार्ता असफल
इस्लामावादमा भएको वार्ता असफल भएपछि अमेरिकाद्वारा इरानमाथि नौसैनिक नाकाबन्दी घोषणा,
१९ अप्रिल २०२६
होर्मुजमा पुनः तनाव
अमेरिकाले नाकाबन्दी नहटाएपछि इरानले होर्मुजको जलमार्गमा पुनः आफ्नो नियन्त्रण कायम गरेको दाबी,
७ मे २०२६
जवाफी हवाई हमला
इरानको आक्रमणको जवाफमा अमेरिकाद्वारा बन्दर अब्बास र केशम टापुमा सैन्य हमला,
 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 80
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 89
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 66
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 150
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 139
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA