Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बिमस्टेकको स्थापना र विकासको कालक्रमिक घटनाक्रम

  • Ajnabee Khadka
  • August 28, 2026
  • 433

बिमस्टेकको स्थापना र विकासको कालक्रमिक घटनाक्रम

Chronological events in the establishment and development of BIMSTEC
मिति (सन्) घटनाक्रम
१९९७ जुन ६
  • थाइल्याण्डको बैंककमा बंगलादेश (Bangladesh), भारत (India), श्रीलंका (Srilanka) र थाइल्याण्ड (Thailand) का प्रतिनिधिहरुद्वारा "बैंकक घोषणापत्र (Bangkok Declaration)" मा हस्ताक्षर गरी बिस्ट-एक (BIST-EC) को स्थापना गरेका,
  • BIMSTEC भनेर नामकरण हुनुअघिको यस संगठनको मूल नाम: BIST-EC — Bangladesh-India-Sri Lanka-Thailand Economic Cooperation

बैंकक घोषणापत्र (सन् १९९७ जुन ६) का हस्ताक्षरकर्ताहरु:

देश हस्ताक्षरकर्ता पद
बंगलादेश अबुल हसन चौधरी परराष्ट्र राज्यमन्त्री
भारत सलिम इकबाल शेरवानी राज्यमन्त्री
श्रीलंका डी.पी. विक्रमासिङ्घे परराष्ट्र उपमन्त्री
थाइल्याण्ड पिटक अन्तर्विद्यन्त परराष्ट्र उपमन्त्री
१९९७ डिसेम्बर २२
  • म्यानमार (Myanmar) पूर्ण सदस्यको रूपमा प्रवेश भएको,
  • म्यानमार (Myanmar) पूर्ण सदस्यको रूपमा भएसँगै संगठनको नाम परिवर्तन गरी BIMST-EC — Bangladesh-India-Myanmar-Sri Lanka-Thailand Economic Cooperation राखिएको,
२००४ फेब्रुअरी ८
  • थाइल्याण्डको फुकेटमा आयोजित छैटौँ मन्त्रीस्तरीय बैठकमा नेपाल (Nepal) र भुटान (Bhutan) पूर्ण सदस्यका रूपमा सामेल भएका,
२००४ जुलाई ३१
  • बैंककमा आयोजित पहिलो शिखर सम्मेलन (First BIMSTEC summit) ले संगठनको नाम परिमार्जन गरी हालको BIMSTEC — The Bay of Bengal Initiative for Multi-Sectoral Technical and Economic Cooperation कायम भएको,
२०१४
  • मार्च ४, २०१४: म्यानमारमा आयोजित तेस्रो शिखर सम्मेलनले बंगलादेशको ढाका (Bnagladesh, Dhaka) मा स्थायी सचिवालय स्थापना गर्ने निर्णय गरेको,
  • सेप्टेम्बर १३, २०१४: बंगलादेशको ढाकामा बिमस्टेक सचिवालयको औपचारिक उद्घाटन,
मार्च ३०, २०२२
  • श्रीलंकामा आयोजित पाँचौँ शिखर सम्मेलनमा ऐतिहासिक बिमस्टेक बडापत्र (BIMSTEC Charter) मा  सदस्य राष्ट्रहरुले हस्ताक्षर गरी यसलाई पारित गरेका,

Categories

  • Current Affairs 858
  • Gorkhapatra 354
  • Others 1203
  • Vacancy 1
  • Past Questions 160
  • Nepal Police 10

Latest Blogs

Beauty pageants (2083 B.S.)
Current Affairs

सौन्दर्य प्रतियोगिताहरू (वि.सं. २०८३)

  • Nov 05, 2026
  • 157
The historical journey of the "Constitutional Basic Law" in Nepal's constitutional development
Others

नेपालको संवैधानिक विकासक्रममा "संविधान मूल कानुन" को ऐतिहासिक यात्रा

  • Nov 05, 2026
  • 102
World Tsunami Awareness Day 2026
Current Affairs

विश्व सुनामी जागरूकता दिवस २०२६

  • Nov 05, 2026
  • 174
Dr. Manoj KC appointed as the 34th Inspector General of Police (IGP) of Nepal Police
Current Affairs

डा. मनोज केसी नेपाल प्रहरीको ३४ औं प्रहरी महानिरीक्षक (IGP) मा नियुक्त

  • Nov 04, 2026
  • 312
Unique and salient features of the Constitution of Nepal (2072)
Others

नेपालको संविधान (२०७२) का अद्वितीय र प्रमुख विशेषताहरू

  • Nov 04, 2026
  • 283
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA