Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

चौबिसी राज्यहरू

  • Ajnabee Khadka
  • June 07, 2026
  • 580

चौबिसी राज्यहरू

Chaubisi Rajya
  • नेपालको एकीकरण हुनुभन्दा अगाडि गण्डकी प्रदेशको भूगोलमा रहेका २४ वटा स-साना स्वतन्त्र राज्यहरूको समूहलाई चौबीसी राज्य भनिन्छ,
  • स्थापना: १४औँ र १५औँ शताब्दीतिर विशाल खस-मल्ल साम्राज्य र नेपाल मण्डलको केन्द्रीय शक्ति कमजोर भएपछि यी राज्यहरू अस्तित्वमा आएका,
  • भौगोलिक क्षेत्र: पूर्वमा त्रिशूली नदीदेखि पश्चिममा राप्ती (रिवाति) नदी वरपरको पहाडी भू-भाग
  • भौगोलिक विस्तार: यो क्षेत्र मुख्यतया हालको गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको केही भागमा फैलिएको,
  • चौबीसी राज्यहरू भित्र मुख्यतया निम्न २४ राज्यहरू पर्दथे: प्युठान, अर्घा, खाँची, गुल्मी चारपाला, धुर्कोट, इस्मा, मुसिकोट (वल्लो), गलकोट, पर्वत, कास्की, लमजुङ, तनहुँ, रिसिङ, घिरिङ, ढोर, सतहुँ, गह्रौँ, भीरकोट, नुवाकोट (पल्लो), पैयूँ, पाल्पा, रामपुर, विनायकपुर र बलिहाङ
  • विशेष जानकारी (नझुक्किनु होला है!) : गण्डकी क्षेत्रकै भूगोलभित्र रहे पनि गोरखा र मुस्ताङ राज्यलाई चौबीसी राज्यहरूभित्र गणना गरिँदैनथ्यो, यी छुट्टै स्वतन्त्र राज्यका रूपमा रहेका,
  • शक्तिशाली राज्य (त्रि-शक्ति): चौबीसी राज्यहरूमध्ये पाल्पा, पर्वत र लमजुङ सबैभन्दा शक्तिशाली र यिनीहरुलाई संयुक्त रुपमा 'त्रि-शक्ति' भनिन्थ्यो,
  • शासन वंश: यी राज्यहरूमा मुख्यतया सेन, शाह, शाही र मल्ल वंशका राजाहरूले शासन गर्दथे,
  • जातीय विविधता: बाइसी राज्यहरू खस जातिको बाहुल्यता भएका राज्यहरू थिए भने चौबीसी राज्यहरूमा स्थानीय खसेत्तर जातिहरूको (मगर आदि) ठूलो बसोबास,
  • धेरैजसो चौबीसी राज्यहरू वि.सं. १८४० को दशकमा एकीकृत नेपालमा गाभिएका थिए भने पाल्पा वि.सं. १८६१ मा अन्तिम पटक एकीकरण भएको,

चौबीसी राज्यहरू, तिनका संस्थापक र स्थापना कालको विवरण:

क्रम संख्या
राज्यको नाम
संस्थापक राजा
स्थापना (वि.सं.)
१
प्युठान
रत्न राज (लठराज)
१५६०
२
अर्घा
जिल्ला राई
१४९०
३
खाँची
जयन्त शाह
१४७२
४
गुल्मी चारपाला
वीर शाह
१४७३
५
धुर्कोट
खड्गराज मल्ल
१६५६
६
इस्मा
रोयवनराज भट्ट अर्जेल
१६५०
७
मुसिकोट (वल्लो)
हरिचन्द्र सिंह
१६५०
८
गलकोट
जितारी मल्ल
१६३१
९
पर्वत
आनन्द बम
१४७३
१०
कास्की
विचित्र खान
१५२४
११
लमजुङ
यशोब्रह्म शाह
१५५०
१२
तनहुँ
भृङ्गी सेन
१६१०
१३
रिसिङ
हरिश्चन्द्र सिंह
१६५०
१४
घिरिङ
खान वंशीय ठकुरीहरू
१६०० तिर
१५
ढोर
दशरथ खान
१५१०
१६
सतहुँ
शिरसिम्ब खान
१५१०
१७
गह्रौँ
दशरथ खान
१५१०
१८
भीरकोट
जैन खान
१५००
१९
नुवाकोट (पल्लो)
मिन्चा खान
१५१०
२०
पैयूँ
रामसिंह सेन
१५९२
२१
पाल्पा
रुद्र सेन
१५५०
२२
रामपुर
खड्ग सेन
१६१० 
२३
विनायकपुर
विनायक सेन
१६१०
२४
बल्लढेङगढी (बलिहाङगढी)
बलिहाङ राना मगर
१४४८

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA