Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

नेपालको जनगणना इतिहास (संक्षेपमा)

  • Ajnabee Khadka
  • April 02, 2026
  • 831

नेपालको जनगणना इतिहास (संक्षेपमा)

Census History of Nepal (in brief)
  • नेपालको जनगणना इतिहासमा हालसम्म १२ वटा जनगणनाहरू सम्पन्न भएका,
  • वि.सं. १९६८ देखि १९९८ सम्मका गणनाहरूलाई सामान्य "टाउको गणना (Head Count)" भनिन्छ भने वि.सं. २००९/११ देखिको गणनालाई आधुनिक वा वैज्ञानिक जनगणना मानिन्छ,
क्रम
जनगणना वर्ष (वि.सं.)
कुल जनसङ्ख्या
मुख्य विशेषता/जानकारी
१
१९६८
५६,३८,७४९
 
  • नेपालको पहिलो जनगणना,
  • यस जनगणनाको मुख्य उद्देश्य, मालिक, कमारा–कमारी र बाँधाहरूको सूची तयार गर्नु,
  • यो जनगणना टाउको गणनामा मात्र सीमित र वैज्ञानिक परिभाषाको अभाव,
२
१९७७
५५,७३,७८८
  • इन्फ्लुएन्जा महामारी र पहिलो विश्वयुद्धमा नेपालीहरूको सहभागिताको कारण पहिलो गणनाको तुलनामा जनसङ्ख्या घटेको पाइएको,
३
१९८७
५५,३२,५६४
  • यस पटक पनि जनसङ्ख्या अघिल्लो गणनाको तुलनामा घटेको,
  • गणनामा "बाँधा" र "कमारा–कमारी" को विवरण समावेश गर्ने यो अन्तिम गणना,
४
१९९८
६२,८३,६४९
  • यस गणनाका लागि "जनसङ्ख्या गोश्वारा" नामक अस्थायी निकाय स्थापना गरिएको,
५
२००९/११
८२,५६,६२५
  • वि.सं. २००९ मा पूर्वी नेपाल र २०११ मा पश्चिम नेपालको गणना,
  • अन्तर्राष्ट्रिय मापदण्ड र वैज्ञानिक पद्धतिको प्रयोग गरिएको पहिलो जनगणना,
६
२०१८
९४,१२,९९६
  • केन्द्रीय तथ्याङ्क विभाग (वि.सं. २०१५ मा स्थापित) द्वारा सञ्चालित पहिलो गणना,
  • यसै समयदेखि जनगणनामा "असार ८" लाई सन्दर्भ मिति मान्न थालिएको,
७
२०२८
१,१५,५५,९८३
  • तथ्याङ्क प्रशोधनका लागि नेपालमा पहिलो पटक कम्प्युटर (IBM 1401) को प्रयोग गरिएको,
८
२०३८
१,५०,२२,८३९
  • जनगणनाको विश्वसनीयता जाँच्न पहिलो पटक "गणना जाँच सर्वेक्षण" (Post Enumeration Survey-PES) सुरु गरिएको,
९
२०४८
१,८४,९१,०९७
  • प्रजातन्त्र पुनःस्थापनापछिको पहिलो जनगणना, 
  • जातजातिको विस्तृत विवरण सङ्कलन गर्ने पहिलो जनगणना,
१०
२०५८
२,३१,५१,४२३
  • पहिलो पटक जनगणनामा "नमुना छनौट विधि" (Sampling) अपनाइएको,
११
२०६८
२,६४,९४,५०४
  • "कोही नछुटुन्, कोही नदोहोरिउन्" भन्ने नाराका साथ सञ्चालित,
  • महिला गणकहरूको सहभागिता ४०% पुर्‍याउने लक्ष्य राखिएको,
१२
२०७८
२,९१,६४,५७८
  • सङ्घीयता पछिको पहिलो गणना,
  • काठमाडौँका ६ स्थानीय तहमा ट्याब्लेट (CAPI) र विदेशस्थित दूतावासमा ई–सेन्सस (CAWI) विधिको प्रयोग,

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 131
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA