Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ब्रिक्स शिखर सम्मेलन (BRICS Summit) - सामन्य तथ्यपत्र

  • Ajnabee Khadka
  • November 23, 2025
  • 500

ब्रिक्स शिखर सम्मेलन (BRICS Summit) - सामन्य तथ्यपत्र

BRICS Summit - General Factsheet
  • विश्वका उदाउँदा अर्थतन्त्र भएका देशहरूको एउटा समूह,
  • यो नाम सदस्य राष्ट्रहरूको अंग्रेजी नामको पहिलो अक्षरबाट बनेको हो:
    • B - ब्राजिल (Brazil)
    • R - रुस (Russia)
    • I - भारत (India)
    • C - चीन (China)
    • S - दक्षिण अफ्रिका (South Africa)
  • यसले विश्वको जनसङ्ख्याको लगभग ४९.५% , विश्वको कुल गार्हस्थ्य उत्पादन (GDP) को लगभग ४०% , र विश्व व्यापारको लगभग २६% प्रतिनिधित्व गर्दछ,
  • ब्रिक (BRIC) नामक शब्दावली पहिलो पटक सन् २००१ मा गोल्डम्यान स्याक्स (Goldman Sachs) ले आफ्नो ग्लोबल इकोनोमिक्स पेपर "The World Needs Better Economic BRICs" मा प्रयोग गरेको; यो शब्दावली अर्थमितीय विश्लेषणको आधारमा प्रयोग गरिएको थियो, जसले यी चार अर्थतन्त्रहरू आगामी ५० वर्ष वा सोभन्दा बढी समयमा विश्वका सबैभन्दा ठूला अर्थतन्त्रहरूमध्ये हुने प्रक्षेपण गरेको
  • औपचारिक समूहको रूपमा, ब्रिकको सुरुवात - सन् २००६ मा सेन्ट पीटर्सबर्ग (St. Petersburg) मा G8 आउटरिच शिखर सम्मेलनमा,
  • पहिलो ब्रिक शिखर सम्मेलन सन् २००९ मा रुसको येकातेरिनबर्ग (Yekaterinburg) मा भएको,
  • सन् २०१० मा न्यूयोर्कमा भएको ब्रिक विदेश मन्त्रीहरूको बैठकमा दक्षिण अफ्रिकालाई समावेश गरी ब्रिकलाई ब्रिक्स (BRICS) मा विस्तार गर्ने सहमति भएको; सोही अनुसार, दक्षिण अफ्रिकाले सन् २०११ मा चीनको सान्या (Sanya) मा भएको तेस्रो ब्रिक्स शिखर सम्मेलनमा भाग लिएको
  • सन् २०२४ मा ब्रिक्सको थप विस्तार भएको;
    • १ जनवरी २०२४ देखि इजिप्ट , इथियोपिया , इरान , र संयुक्त अरब इमिरेट्स (UAE) पूर्ण सदस्य बनेका,
    • जनवरी २०२५ मा इन्डोनेसिया ब्रिक्सको पूर्ण सदस्यको रूपमा सामेल भएको,
  • सन् २०२५ मा निम्न देशहरूलाई ब्रिक्सको साझेदार देश (partner countries) को रूपमा समावेश गरिएको;
    • बेलारुस 
    • बोलिभिया 
    • युगान्डा 
    • काजाकिस्तान 
    • क्युबा 
    • मलेसिया 
    • नाइजेरिया 
    • थाइल्यान्ड 
    • उज्बेकिस्तान
  • आजसम्म १७ वटा ब्रिक्स शिखर सम्मेलनहरू सम्पन्न भइसकेका छन्:
क्रम सङ्ख्या शिखर सम्मेलनको संस्करण मिति आयोजक देश (शहर)
१ १औँ ब्रिक शिखर सम्मेलन १६ जुन २००९ रुस (येकातेरिनबर्ग)
२ २औँ ब्रिक शिखर सम्मेलन १६ अप्रिल २०१० ब्राजिल (ब्रासिलिया)
३ ३औँ ब्रिक्स शिखर सम्मेलन १४ अप्रिल २०११ चीन (सान्या)
४ ४औँ ब्रिक्स शिखर सम्मेलन २९ मार्च २०१२ भारत (नयाँ दिल्ली)
५ ५औँ ब्रिक्स शिखर सम्मेलन २६-२७ मार्च २०१३ दक्षिण अफ्रिका (डरबन)
६ ६औँ ब्रिक्स शिखर सम्मेलन १४-१६ जुलाई २०१४ ब्राजिल (फोर्टालेजा)
७ ७औँ ब्रिक्स शिखर सम्मेलन ८-९ जुलाई २०१५ रुस (उफा)
८ ८औँ ब्रिक्स शिखर सम्मेलन १५-१६ अक्टोबर २०१६ भारत (गोआ)
९ ९औँ ब्रिक्स शिखर सम्मेलन ४-५ सेप्टेम्बर २०१७ चीन (जियामेन)
१० १०औँ ब्रिक्स शिखर सम्मेलन २५-२७ जुलाई २०१८ जोहानेसबर्ग
११ ११औँ ब्रिक्स शिखर सम्मेलन १३-१४ नोभेम्बर २०१९ ब्रासिलिया
१२ १२औँ ब्रिक्स शिखर सम्मेलन १७ नोभेम्बर २०२० मस्को
१३ १३औँ ब्रिक्स शिखर सम्मेलन ९ सेप्टेम्बर २०२१ नयाँ दिल्ली
१४ १४औँ ब्रिक्स शिखर सम्मेलन २३-२४ जुन २०२२ बेइजिङ
१५ १५औँ ब्रिक्स शिखर सम्मेलन २२-२४ अगस्त २०२३ दक्षिण अफ्रिका (जोहानेसबर्ग)
१६ १६औँ ब्रिक्स शिखर सम्मेलन २२-२४ अक्टोबर २०२४ रुस (कजान)
१७ १७औँ ब्रिक्स शिखर सम्मेलन
५-६ जुलाई २०२५
ब्राजिल (रिओ दे जेनेरियो)

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 122
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 125
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 101
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 63
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA