नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०
-
सकारात्मक धारणा भएको कर्मचारीको व्यवहार देहायका मध्ये कस्तो हुन्छ?
-
A) कहिल्यै गुनासो नगरी काम गर्छ
-
B) सधैँ अरूलाई सल्लाह दिन्छ
-
C) समस्याको समाधान खोज्ने प्रयास गर्छ ✓
-
D) अरूको कामको जिम्मेवारी पनि आफ्नै लिन्छ
-
ब्याट्रीले कुन प्रकारको विद्युतधारा दिन्छ?
-
A) AC
-
B) DC ✓
-
C) न्यूट्रल
-
D) AC र DC दुवै
-
दूरसञ्चारमा प्रयोग हुने फाइबर अप्टिक केबलभित्र प्रकाशको कुन सिद्धान्तको प्रयोग गरी डेटा वा सिग्नलहरू तीव्र गतिमा पठाइन्छ?
-
A) नियमित परावर्तन (Regular Reflection)
-
B) पूर्ण आन्तरिक परावर्तन (Total Internal Reflection) ✓
-
C) आंशिक आवर्तन (Partial Refraction)
-
D) प्रकाशको विवर्तन (Diffraction)
-
ट्रान्सफर्मरले कुन धारामा मात्र काम गर्छ?
-
A) AC ✓
-
B) DC
-
C) न्यूट्रल
-
D) DC र AC दुवै
-
१००Ω का चार अवरोधक समानान्तर क्रममा जडान गर्दा कुल अवरोध कति हुन्छ?
-
A) १०Ω
-
B) २५Ω ✓
-
C) १००Ω
-
D) ४००Ω
-
ओहमको नियम (Ohm's Law) अनुसार रेसिस्टेन्स बढाएर भोल्टेज घटाएमा करेन्ट के हुन्छ?
-
A) पहिलेकै करेन्ट बराबर हुन्छ
-
B) करेन्ट बढ्छ
-
C) करेन्ट घट्छ ✓
-
D) ओपन सर्किट बन्छ
-
विन्च मेसिन के गर्न प्रयोग गरिन्छ?
-
A) तामाको तारमा भएको समस्या पत्ता लगाउन
-
B) अप्टिकल फाइबरमा भएको समस्या पत्ता लगाउन
-
C) नट बोल्टहरू कस्न तथा खोल्न
-
D) गह्रौँ भारी तान्न, उठाउन वा सही स्थानमा राख्न ✓
-
OTDR को प्रयोग कुन नेटवर्कमा गरिन्छ?
-
A) PSTN
-
B) FTTH ✓
-
C) GSM
-
D) CDMA
-
टङ् टेस्टरको अर्को नाम के हो?
-
A) Tester Screw Driver
-
B) Thermometer
-
C) Power Meter
-
D) Clamp Meter ✓
-
मेगर (Megger) के मापन गर्न प्रयोग गरिन्छ?
-
A) भोल्टेज
-
B) करेन्ट
-
C) इन्सुलेसन प्रतिरोध ✓
-
D) शक्तिको गति
-
विद्युत परिपथमा जडान भएका कुनै पनि उपकरणमा बहेको विद्युतधाराको मापन गर्न ..... जडान गरिन्छ।
-
A) एमिटर श्रेणीक्रममा ✓
-
B) एमिटर समानान्तरक्रममा
-
C) भोल्टमिटर श्रेणीक्रममा
-
D) भोल्टमिटर समानान्तरक्रममा
-
नेपाल टेलिकमको नेटवर्कमा प्रयोग हुने डक्ट पाइपहरू तलका मध्ये कुन होइन?
-
A) दुईतर्फी (2-way)
-
B) चारतर्फी (4-way)
-
C) आठतर्फी (8-way)
-
D) सोह्रतर्फी (16-way) ✓
-
अप्टिकल लाइन टर्मिनल (OLT) को मुख्य काम के हो?
-
A) प्रयोगकर्ताको डेटा भण्डारण गर्नु
-
B) प्रयोगकर्ताहरू (ONT/ONU) बाट आएको डेटा व्यवस्थापन गरी मुख्य नेटवर्कमा पठाउनु ✓
-
C) प्रकाशलाई ध्वनिमा तथा ध्वनिलाई प्रकाशमा रूपान्तरण गर्नु
-
D) विद्युतीय शक्ति बढाउनु
-
GSM मा प्रयोग हुने Frequency तलका मध्ये कुन हो?
-
A) 900MHz ✓
-
B) 900Hz
-
C) 400Hz
-
D) 50Hz
-
निम्नमध्ये कुन भौतिक सिम (Physical SIM) होइन?
-
A) मिनि सिम
-
B) माइक्रो सिम
-
C) नानो सिम
-
D) इ-सिम ✓
-
नेटवर्क अपरेसन सेन्टरको काम के हो?
-
A) वायर जोड्ने
-
B) लाइन काट्ने
-
C) ग्राहकको बिल बढाउने
-
D) नेटवर्कको निगरानी गर्ने ✓
-
Fusion Splicing Technique मा दुईवटा फाइबर ..... जोडिन्छ।
-
A) केमिकलले
-
B) तताएर ✓
-
C) टेपले टाँसेर
-
D) बिचमा अर्को फाइबर टुक्रा टाँसेर
-
एउटा ग्रामीण पहाडी क्षेत्रमा दुईवटा गाउँहरूबिचको दूरी ५ किलोमिटर छ र बिचमा ठूलो जङ्गल तथा चट्टानी भिर पर्दछ। बजेट र समय दुवै सीमित भएको अवस्थामा उक्त दुई गाउँलाई जोड्न कुन केबल नेटवर्क उपयुक्त हुन्छ?
-
A) अन्डरग्राउन्ड केबल
-
B) आउटडोर पीभीसी केबल
-
C) इन्डोर पीभीसी केबल
-
D) एरियल केबल ✓
-
ड्रप फाइबर के हो?
-
A) मुख्य फाइबर लाइन
-
B) भूमिगत केबल
-
C) ग्राहकको घरसम्म पुग्ने फाइबर ✓
-
D) वायरलेस सिग्नल
-
MDF (Main Distribution Frame) को मुख्य काम के हो?
-
A) विद्युत वितरण
-
B) लाइन व्यवस्थापन र जडान ✓
-
C) फाइबर परीक्षण
-
D) सिग्नल एम्प्लिकेसन
-
Trunk Line कहाँ प्रयोग गरिन्छ?
-
A) दुई एक्सचेञ्ज जोड्न ✓
-
B) ग्राहकको घरभित्र
-
C) मोबाइल चार्ज गर्न
-
D) प्रिन्टर जोड्न
-
उच्च गतिको इन्टरनेट चलाउन कुन ब्याण्डको स्याटलाइट सेवा उपयुक्त हुन्छ?
-
A) L-Band
-
B) C-Band
-
C) KU-Band ✓
-
D) Ka-Band
-
निम्नमध्ये नेपाल टेलिकमले हाल प्रदान गरिरहेका सुविधाहरूमा कुन पर्दैन?
-
A) टेलिफोन
-
B) मोबाइल
-
C) फाइबर टु द होम
-
D) डायलअप इन्टरनेट ✓
-
माइक्रोसफ्ट वर्डमा तयार पारिएको डकुमेन्ट वा फाइललाई प्रिन्ट गर्दा कागजको चौडाइ र उचाइको रूप कस्तो देखिने भन्ने कुरा मिलाउने सेटिङ (Page Orientation) मा तलका मध्ये कुन कुन विकल्प उपलब्ध हुन्छन्?
-
A) A4 and Legal
-
B) Margin and Gutter
-
C) Portrait and Landscape ✓
-
D) Header and Footer
-
Email पठाउन कुन प्रोटोकल प्रयोग हुन्छ?
-
A) SMTP ✓
-
B) FTP
-
C) HTTP
-
D) POP3
-
इन्टरनेट भन्नाले के बुझिन्छ?
-
A) कम्प्युटरको प्रोग्रामिङ ल्याङ्ग्वेज
-
B) विश्वभरका विभिन्न कम्प्युटरहरूलाई जोड्ने सञ्जाल ✓
-
C) डेटा स्थानान्तरण गर्ने कम्प्युटर प्रोग्राम
-
D) एक स्थानबाट अर्को स्थानमा कुरा गर्ने माध्यम
-
नेपालमा कतिवटा गाउँपालिका रहेका छन्?
-
A) २७६
-
B) ३६०
-
C) ४६० ✓
-
D) ४७६
-
विद्युतीय प्रकाशन, प्रसारण तथा छापागायतका माध्यमबाट कुनै समाचार, सम्पादकीय प्रकाशन गर्ने विषय कुन मौलिक हकलीसँग सम्बन्धित छ?
-
A) सूचनाको हक
-
B) समानताको हक
-
C) सञ्चारको हक ✓
-
D) स्वतन्त्रताको हक
-
फिफा विश्वकप-२०२२ को विजेता टोली कुन हो?
-
A) अर्जेन्टिना ✓
-
B) फ्रान्स
-
C) इङ्गल्याण्ड
-
D) स्पेन
-
आयतन (Volume) को SI Unit कुन हो?
-
A) m^2
-
B) m^3 ✓
-
C) m/s
-
D) kg/m^2
-
फोन स्विच अफ, व्यस्त वा पहुँचयोग्य नभएको बेलामा छुटेका कलहरूको बारेमा ग्राहकलाई जानकारी प्रदान गर्ने सेवा कुन हो?
-
A) एम ए सी सेवा
-
B) रोमिङ सेवा
-
C) एफ एन एफ कल सेवा ✓
-
D) एडिएसएल सेवा
-
Wi-Fi को पूरा रूप (full form) कुन हो?
-
A) Wireless Fiber
-
B) Wired Fidelity
-
C) Wireless Fidelity ✓
-
D) Wire-free Finder
-
नेपालमा दूरसञ्चार सेवाप्रदायक संस्थाहरूलाई दूरसञ्चार सेवा सञ्चालन गर्न अनुमतिपत्र प्रदान गर्ने निकाय कुन हो?
-
A) नेपाल सरकार
-
B) सञ्चार तथा सूचना प्रविधि मन्त्रालय
-
C) नेपाल दूरसञ्चार कम्पनी लिमिटेड
-
D) नेपाल दूरसञ्चार प्राधिकरण ✓
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको संस्थापक सदस्य तलका मध्ये कुन होइन?
-
A) कर्मचारी सञ्चय कोष
-
B) नागरिक लगानी कोष
-
C) सूचना तथा प्रसारण विभाग ✓
-
D) महालेखा नियन्त्रक कार्यालय
-
नेपाल दूरसञ्चार कम्पनी लिमिटेड कर्मचारी विनियमावली, २०७८ अनुसार पर्यटन बिदा कति दिनसम्म लिन सकिने व्यवस्था रहेको छ?
-
A) प्रत्येक ६ महिनामा बढीमा ८ दिन
-
B) प्रत्येक आर्थिक वर्षमा बढीमा ८ दिन ✓
-
C) प्रत्येक दुई आर्थिक वर्षमा बढीमा ८ दिन
-
D) प्रत्येक तीन आर्थिक वर्षमा बढीमा १६ दिन
-
भ्रष्टाचार निवारण ऐन, २०५९ मा सरकारी कागजात सच्याउने राष्ट्रसेवक वा अन्य व्यक्तिलाई कसूरको मात्राअनुसार तोकिएको सजाय देहायका मध्ये कुन हो?
-
A) ३ महिनादेखि २ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना
-
B) ३ महिनादेखि १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना
-
C) ६ महिनादेखि १ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिमाना ✓
-
D) ३ महिनादेखि १ वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म जरिमाना
-
कम्पनी ऐन, २०६३ बमोजिम प्राइभेट कम्पनीको शेयरधनीहरूको संख्या कतिसम्म हुनसक्ने व्यवस्था रहेको छ?
-
A) ५०
-
B) ५५
-
C) १०० ✓
-
D) १०१
-
दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति प्राप्त गरेको व्यक्तिले ग्राहकसँग धरौटी रकम लिएको कति समयभित्र सेवा उपलब्ध गराइसक्नुपर्ने व्यवस्था रहेको छ?
-
A) ३ महिना
-
B) ६ महिना
-
C) १ वर्ष ✓
-
D) २ वर्ष
-
नेपालमा दूरसञ्चार सेवामा लगाइने 'दूरसञ्चार सेवा दस्तुर (TSC)' कति प्रतिशत रहेको छ?
-
A) १०
-
B) १३ ✓
-
C) १५
-
D) १८
-
नेपालमा निजी क्षेत्रबाट सञ्चालित पहिलो दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सुरुको नाम के थियो?
-
A) स्मार्ट सेल
-
B) मेरो मोबाइल ✓
-
C)हेलो नेपाल
-
D) युनाइटेड टेलिकम लिमिटेड
-
१२ जनालाई १० दिनका लागि पुग्ने खानाले ३० जनालाई कति दिन पुग्छ?
-
A) ३
-
B) ४ ✓
-
C) ५
-
D) ६
-
एउटा सामान रु २०० मा किनेर रु २५० मा बिक्री गर्दा कति प्रतिशत नाफा हुन्छ?
-
A) १०
-
B) २०
-
C) २५ ✓
-
D) ३०
-
प्रतिवर्ष १० प्रतिशत ब्याजदरले रु ५००० लगानी गर्दा कति समयपछि रु १५०० साधारण ब्याज प्राप्त हुन्छ?
-
A) १ वर्ष
-
B) २ वर्ष
-
C) ३ वर्ष ✓
-
D) ४ वर्ष
-
२० लिटर दूध र ४ लिटर पानी एउटै भाँडोमा मिसाउँदा दूध र पानीको अनुपात कति हुन्छ?
-
A) १:५
-
B) ५:१ ✓
-
C) १०:३
-
D) ३:१०
-
मध्यिका (Median) निकाल्ने सूत्र तलका मध्ये कुन हो?
-
A) $L + \frac{\frac{N}{2} - f}{f} \times h$
-
B) $L + \frac{\frac{N}{2} - cf}{f} \times h$ ✓
-
C) $H + \frac{\frac{N}{2} - c}{f} \times l$
-
D) $l + \frac{\frac{N}{2} - cf}{f} \times h$
-
३.५ मिटर चौडाइ र ४ मिटर लम्बाइ भएको कोठाको परिमिति (perimeter) कति हुन्छ?
-
A) १४ वर्गमिटर
-
B) १४ मिटर
-
C) १५ वर्गमिटर
-
D) १५ मिटर ✓
-
सर्वसाधारणको गुनासो सुनुवाईसँग सम्बन्धित हेलो सरकारको समग्र व्यवस्थापन कुन निकायबाट भइरहेको छ?
-
A) प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ✓
-
B) गृह मन्त्रालय
-
C) भूमि व्यवस्था, सहकारी, संघीय मामला तथा सामान्य प्रशासन मन्त्रालय
-
D) सूचना तथा सञ्चार मन्त्रालय
-
नेपालमा पहिलो पटक निजी क्षेत्रको सेवा प्रदायकलाई इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमतिपत्र कहिले जारी गरिएको हो?
-
A) विसं २०५५
-
B) विसं २०५६
-
C) विसं २०५७ ✓
-
D) विसं २०५८
-
नेपाल टेलिकमका सेवाहरूको प्रचारप्रसार, व्यापार प्रवर्धन तथा ब्राण्ड संरक्षण गर्ने कार्यको लागि नेपाल टेलिकमले नियुक्त गरेका 'ब्राण्ड एम्बेसडर' तलका मध्ये को हुन्?
-
A) प्रियंका कार्की
-
B) आँचल शर्मा
-
C) समीक्षा अधिकारी
-
D) स्वस्तिमा खड्का ✓
-
समूहकार्यको विशेषता तलका मध्ये कुन होइन?
-
A) कार्य विभाजन
-
B) समन्वय
-
C) प्रतिस्पर्धा ✓
-
D) सीप र ज्ञानको आदानप्रदान