Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

बिम्स्टेकको छैठौ सम्मेलन: सन् २०२५  अप्रिल ०४, थाइल्याण्ड

  • Ritisha Shakya
  • April 06, 2025
  • 914

बिम्स्टेकको छैठौ सम्मेलन: सन् २०२५  अप्रिल ०४, थाइल्याण्ड

BIMSTEC's Sixth Summit: April 04, 2025, Thailand

बिम्स्टेकको छैठौ सम्मेलन: सन् २०२५  अप्रिल ०४, थाइल्याण्ड

यो सम्मेलनको नारा बिम्स्टेक: समृद्धि, लचिलोपन र खुलापन (BIMSTEC: Prosperous, Resilient and Open)

 बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलन बैंकक, २०३०  (Bangkok Vision 2030) जारी गर्दै सम्पन्न भएको छ।

यस क्षेत्रको व्यापार विस्तार, सम्पर्क सञ्जाल र मानवीय सुरक्षालाई केन्द्रमा राखेर सम्मेलनले समृद्धि, लचिलोपन र खुलापनको नारा अन्तर्गत बिमस्टेक बैंकको बिभिन्न सहित ६ बुँदे प्रस्ताव पारित गरेको छ ।

बिमस्टेकलाई प्रभावकारी बनाउन कार्यसूची समय सापेक्ष गर्न, यसको भविष्य निर्धारणका लागि प्रबुद्ध व्यक्तिहरूको समूह (ईपीजी) गठन, म्यारिटाइम ट्रान्सपोर्ट सम्झौता, पर्यटन र संस्कृतिलाई प्राथमिकता दिँदै जनता–जनताको सम्पर्क विस्तारका विषयहरू अगाडि बढाउने रहेका छन् ।

सम्मेलनको दौरान २०२५  अप्रिल ४ मा सामुद्रिक यातायात सहयोग (म्यारिटाइम ट्रान्सपोर्ट कोअपरेसन) को समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

२०२५  अप्रिल २ मा बिमस्टेकका सिनियर अफिसियलको बैठक भएको थियो ।

२०२५  अप्रिल ३ मा बिमस्टेकका विदेशमन्त्रीहरूको बैठक बसेको थियो ।

 सम्मेलनमा भाग लिन थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चा (प्रोत्साहित चान–ओ–चा) को निमन्त्रणामा प्रधानमन्त्री के.पी. ओली चैत्र २० (अप्रिल २) मा थाइल्याण्ड तर्फ प्रस्थान गरेका थिए । छैटौं सम्मेलनमा सहभागी विभिन्न देशका प्रमुख व्यक्तिहरू :

  • नेपालः के.पी. शर्मा ओली, प्रधानमन्त्री
  • भारतः नरेन्द्र दामोदर दास मोदी, प्रधानमन्त्री
  • बंगलादेशः मोहम्मद युनुस, अन्तरिम सरकार प्रमुख सल्लाहकार
  • श्रीलंकाः हरिनी अमरासुरिया, प्रधानमन्त्री
  • भुटानः छिरिङ तोब्गे, प्रधानमन्त्री
  • थाइल्याण्डः प्रयुत चान–ओ–चा (प्रोत्साहित चान–ओ–चा), प्रधानमन्त्री
  • म्यानमारः राज्य प्रशासन परिषद्का अध्यक्ष तथा म्यानमार राष्ट्रिय राज्य प्रमुख प्रधानमन्त्री मिन आङ ह्लाइङ

२०२५  अप्रिल ४  मा थाइल्याण्डले बंगलादेशलाई औपचारिक रूपमा आगामी दुई वर्षका लागि बिमस्टेकको अध्यक्षता हस्तान्तरण गर्यो । हाल बिमस्टेकको अध्यक्ष राष्ट्र बंगलादेश हो ।

सातौं सम्मेलनः सन् २०२७  मा बंगलादेशमा हुने ।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 77
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 56
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 135
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 127
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA