Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

बिमस्टेकका सहयोग क्षेत्र (Cooperation Area)

  • Ajnabee Khadka
  • August 21, 2026
  • 235

बिमस्टेकका सहयोग क्षेत्र (Cooperation Area)

BIMSTEC Cooperation Area
  • बिमस्टेकले पहिचान गरेको कुल सहयोगका मुख्य क्षेत्रहरु (Sectors) को संख्या: ७ वटा
  • बिमस्टेकले पहिचान गरेको कुल सहयोगका मुख्य क्षेत्रहरु अन्तर्गतको उपक्षेत्रहरु (Sub-sectors) को संख्या: १४ वटा

बिमस्टेकका सहयोग क्षत्रको विस्तार:

मिति विस्तारको विवरण
सन् १९९७ जुन ०६ बिमस्टेकको स्थापना (बैंकक घोषणापत्र) को प्रारम्भमा यो क्षेत्रीय समूहले आफ्नो सहयोगलाई मुख्यतः ६ वटा क्षेत्रहरू (व्यापार, प्रविधि, ऊर्जा, यातायात, पर्यटन, र मत्स्यपालन) मा केन्द्रित गरेको, 
सन् १९९८ नोभेम्बर १८ ढाका, बंगलादेशमा सम्पन्न भएको दोस्रो मन्त्रीस्तरीय बैठकले आधिकारिक रूपमा ६ वटा प्राथमिकताका क्षेत्रहरू – व्यापार र लगानी (Trade and Investment), यातायात र सञ्चार (Transport and Communication), ऊर्जा (Energy), प्रविधि (Technology), पर्यटन (Tourism) र मत्स्यपालन (Fisheries) पहिचान गरी घोषणा गरेको,
सन् २००५ डिसेम्बर १८-१९
ढाका, बंगलादेशमा सम्पन्न भएको आठौँ मन्त्रीस्तरीय बैठकमा पहिलो बिमस्टेक शिखर सम्मेलन (३१ जुलाई २००४) ले पहिचान गरेका थप ७ वटा क्षेत्रहरू – गरिबी निवारण (Poverty Alleviation), कृषि (Agriculture), सांस्कृतिक सहयोग (Cultural Cooperation), आतंकवाद र अन्तरदेशीय अपराध विरुद्धको अभियान (Counter-Terrorism and Transnational Crimes),  वातावरण र विपद् व्यवस्थापन (Environment and Disaster Management), जनस्वास्थ्य (Public Health) र जनता-जनताबीचको सम्पर्क (People-to-People Contacts) लाई प्राथमिकताको सूचीमा समावेश गर्ने निर्णय गरिएको, जसले गर्दा सहयोगका क्षेत्रहरू १३ वटा पुगेको,
सन् २०१४ मार्च ०३
नेपिडो, म्यानमारमा सम्पन्न भएको चौधौँ मन्त्रीस्तरीय बैठकमा वरिष्ठ अधिकारीहरूको १३औँ बैठकको सिफारिसमा थप १ क्षेत्र थपिएको र कुल सहयोग क्षेत्र १४ वटा पुगेको (थपिएको १ क्षेत्र: जलवायु परिवर्तन (Climate Change))
सन् २०१८ अगस्ट ३०-३१
काठमाडौँ, नेपालमा सम्पन्न बिमस्टेकको चौथो शिखर सम्मेलनमा बिमस्टेकका नेताहरूले ठोस परिणाम प्राप्तिका लागि विद्यमान १४ क्षेत्रहरूलाई पुनरावलोकन, पुनर्गठन र सुदृढीकरण (review, restructure and rationalize) गर्नुपर्ने आवश्यकतामा जोड दिएका,
सन् २०२२ मार्च ३०
  • कोलोम्बो, श्रीलंकामा सम्पन्न पाँचौँ शिखर सम्मेलनमा सन् २०२१ अप्रिल १ मा सम्पन्न १८औँ मन्त्रीस्तरीय बैठकको सिफारिसमा १४ क्षेत्रहरूलाई पुनर्गठित र एकीकृत गरी ७ वटा मुख्य क्षेत्रहरू (Sectors) र तिनका उपक्षेत्रहरू (Sub-sectors) स्वीकृत गरिएको र प्रत्येक क्षेत्रको नेतृत्व एक-एक सदस्य राष्ट्रलाई सुम्पिएको,
  • पुनर्गठित क्षेत्र (७ वटा मुख्य क्षेत्रहरु) र नेतृत्वकर्ता देशहरू:
    १.) व्यापार, लगानी र विकास
    (नेतृत्व: बंगलादेश)
    २.) वातावरण र जलवायु परिवर्तन
    (नेतृत्व: भुटान)
    ३.) सुरक्षा
    (नेतृत्व: भारत)
    ४.) कृषि र खाद्य सुरक्षा
    (नेतृत्व: म्यानमार)
    ५.) जनता-जनताबीचको सम्पर्क
    (नेतृत्व: नेपाल)
    ६.) विज्ञान, प्रविधि र नवप्रवर्तन
    (नेतृत्व: श्रीलंका)
    ७.) सम्पर्क सञ्जाल / कनेक्टिभिटी
    (नेतृत्व: थाइल्याण्ड)
सन् २०२३ मार्च ०९
  • बैंकक, थाइल्याण्डमा सम्पन्न १९औँ मन्त्रीस्तरीय बैठकमा आगामी छैटौँ बिमस्टेक शिखर सम्मेलनबाट अनुमोदन हुने गरी विद्यमान मुख्य क्षेत्रहरू अन्तर्गत ३ वटा नयाँ उपक्षेत्रहरू (Sub-sectors) स्वीकृत गरिएको,
  • थपिएका नयाँ उपक्षेत्रहरू:
    १.) नीलो अर्थतन्त्र (Blue Economy): व्यापार, लगानी र विकास क्षेत्र अन्तर्गत 
    २.) पर्वतीय अर्थतन्त्र (Mountain Economy): वातावरण र जलवायु परिवर्तन क्षेत्र अन्तर्गत
    ३.) गरिबी निवारण (Poverty Alleviation): जनता-जनताबीचको सम्पर्क क्षेत्र अन्तर्गत    

बिमस्टेकका सहयोग क्षत्रको ७ मुख्य क्षेत्रहरू र नेतृत्वकर्ता देशहरू (Lead Countries):

मुख्य क्षेत्र नेतृत्व गर्ने सदस्य राष्ट्र उप-क्षेत्र
व्यापार, लगानी र विकास (Business, Investment and Development) बंगलादेश नीलो अर्थव्यवस्था (Blue Economy)
वातावरण र जलवायु परिवर्तन (Environment and Climate Change) भुटान पर्वतीय अर्थतन्त्र (Mountain Economy)
सुरक्षा (Security) भारत काउन्टर-आतंकवाद र अन्तर्राष्ट्रिय अपराध, विपद् व्यवस्थापन, ऊर्जा (Counter-Terrorism and Transnational Crime, Disaster Management, Energy)
कृषि र खाद्य सुरक्षा (Agriculture and Food Security) म्यानमार कृषि, मत्स्यपालन र पशुधन (Agriculture, Fisheries & Livestock)
जनता-जनताबीचको सम्पर्क (People to People contact) नेपाल संस्कृति, पर्यटन, गरिबी उन्मूलन, व्यक्ति-व्यक्तिसम्पर्क (Culture, Tourism, Poverty Alleviation, People-to-People Contact)
विज्ञान, प्रविधि र नवप्रवर्तन (Science, Technology and Innovation) श्रीलंका प्रविधि, स्वास्थ्य, मानव संसाधन विकास (Technology, Health, Human Resource Development)
सम्पर्क सञ्जाल / जडान (Contact network / connection) थाइल्याण्ड –

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 132
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 73
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 50
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 94
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 29
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 166
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA