Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

एसियाली जलपन्छी गणना, २०२६

  • Ajnabee Khadka
  • February 18, 2026
  • 478

एसियाली जलपन्छी गणना, २०२६

Asian Waterbird Census, 2022
  • एसियाली जलपन्छी गणना (Asian Waterbird Census) सन् १९८७ देखि Wetlands International को पहलमा सुरु भएको एक अन्तर्राष्ट्रिय कार्यक्रम हो।
  • नेपालले स्थापनाकाल देखि नै यसमा निरन्तर सहभागिता जनाउँदै आएको छ, जसलाई नेपालको सबैभन्दा लामो नियमित वन्यजन्तु अनुगमन कार्य मानिन्छ।

मुख्य उद्देश्यहरू

  • बसाईँ सराई गर्ने र रैथाने जलपन्छीहरूको संख्या र प्रजातिको अनुगमन गर्ने।
  • सिमसार क्षेत्रहरूको वर्तमान अवस्था र संरक्षणको आवश्यकता पहिचान गर्ने।
  • जलपन्छी र सिमसार संरक्षणमा आम नागरिक र वैज्ञानिकहरूलाई सहभागी गराउने।
  • चराहरूको प्रजनन् नहुने समयमा (हिउँदमा) तिनीहरूको अवस्थाको तथ्याङ्क सङ्कलन गर्ने।

२०२६ को गणना विवरण

  • अवधि: सन् २०२६ जनवरी ३ देखि १८ सम्म
  • नतिजा सार्वजनिक: विश्व सिमसार दिवस (२ फेब्रुअरी २०२६) को अवसरमा आधिकारिक रूपमा सार्वजनिक गरिएको
  • नेतृत्व: राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग
  • संयोजन: नेपाल पन्छीविद् संघ (Bird Conservation Nepal (BCN))
  • सहभागी स्वयंसेवक: ४११ जना (कर्मचारी, चराविद्, नागरिक वैज्ञानिक र प्रकृतिप्रेमी)
  • समेटिएका क्षेत्र: १८ प्रमुख सिमसार क्षेत्र र ७८ वटा साना क्षेत्रहरू

तथ्याङ्कीय तुलना (२०२५ vs २०२६)

विवरण सन् २०२५ (गत वर्ष) सन् २०२६ (यस वर्ष)
कुल रेकर्ड भएका प्रजाति ९४ ८९
कुल चराको संख्या ९६,५६५ ९०,६८८
गणना गरिएका स्थान ७८ वटा सिमसार क्षेत्र ७८ वटा (१८ प्रमुख क्लस्टर सहित)

प्रमुख गणना स्थलहरू

  • पूर्व: कोशीटप्पु वन्यजन्तु आरक्ष, कमला नदी, धनुषाधामका तालहरू
  • मध्य: काठमाडौं उपत्यका, चितवन (बिसहजारी ताल), हेटौंडा
  • पश्चिम: पोखरा उपत्यका, लुम्बिनी क्षेत्र, जगदीशपुर रिजर्भबयर
  • सुदूरपश्चिम: बाँके, बर्दिया, शुक्लाफाँटा, रारा ताल, घोडाघोडी ताल

जलपक्षी गणना सन् २०२५ र सन् २०२६ को तुलनात्मक तालिका

क्र.सं. गणना क्षेत्र सन् २०२६ को संख्या (प्रजाती) सन् २०२६ को संख्या (चरा) सन् २०२५ को संख्या (प्रजाती) सन् २०२५ को संख्या (चरा) सन् २०२५ को तुलनामा घटी वा बढी (प्रजाती) सन् २०२५ को तुलनामा घटी वा बढी (चरा)
१ कोशीटप्पु वन्यजन्तु आरक्ष र सो वरपर ५६ ५८९० ६७ १०१८५ घटी घटी
२ बर्जुताल ३३ ४०५२ ३४ ६२३८ घटी घटी
३ धनुषाधाम र कमला नदी ३३ २०५१ २४ ६९२ बढी बढी
४ हेटौंडाका ताल तलैया र नदी २२ ३७९ १६ २०० बढी बढी
५ चितवन राष्ट्रिय निकुञ्ज र वरपर ६३ २५३५८ ६१ २७५६४ बढी घटी
६ लुम्बिनी क्षेत्र ४७ ४२०९ ४४ ३१५४ बढी बढी
७ जगदीशपुर जलाशय ४१ १०२८२ ४८ १२८३२ घटी घटी
८ राप्ती नदी दाङ ३० ११९४ २७ ५७१ बढी बढी
९ बाँके राष्ट्रिय निकुञ्ज र वरपर २५ ५३६ ३२ १६७८ घटी घटी
१० बर्दिया राष्ट्रिय निकुञ्ज र वरपर ५८ ५५४४ ५४ ५८७२ बढी घटी
११ घोडाघोडी ताल क्षेत्र २४ ११५० २६ ११५० घटी -
१२ नाख्खोडी ताल कैलाली १५ ३१४ १५ १६५ - बढी
१३ शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र वरपर ७० २२८१७ ६९ २०४८६ बढी बढी
१४ पुरैनी र बन्धताल बेलौरी कञ्चनपुर ५६ २३५२ ४८ १३४९ बढी बढी
१५ रारा ताल (रारा राष्ट्रिय निकुञ्ज) १३ २५३ १४ ५०२ घटी घटी
१६ पोखरा उपत्यकाका सिमसार ४६ ३७६४ ५५ ३४४१ घटी बढी
१७ मनहराफाँट, काठमाडौँ उपत्यका १४ ३७९ ११ २८२ बढी बढी
१८ टौदह र बागमती नदी काठमाडौँ १६ १६४ १८ २०४ घटी घटी
  कुल जम्मा ८९ ९०६८८ ९४ ९६५६५ घटी घटी

 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 72
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 83
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 62
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 144
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 133
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA