आसियान (ASEAN) को सदस्य राष्ट्रहरु
- हाल ११ सदस्य राष्ट्रहरू,
- ८ अगस्त १९६७ मा ५ वटा दक्षिणपूर्वी एशियाली राष्ट्रहरू मिलेर आसियानको स्थापना गरेका,
- सन् १९९९ मा कम्बोडिया सामेल भएपछि लामो समयसम्म १० सदस्य राष्ट्र रहेकोमा, २६ अक्टोबर २०२५ मा मलेसियाको क्वाललम्पुरमा सम्पन्न ४७औँ आसियान शिखर सम्मेलनका क्रममा पूर्वी टिमोर (Timor-Leste) आधिकारिक रूपमा ११औँ सदस्यको रूपमा थपिएको,
- पर्यवेक्षक राष्ट्र (Observer State): पपुवा न्युगिनी (Papua New Guinea) हाल यस संगठनको पर्यवेक्षक राष्ट्रको रूपमा रहेको,
आसियान (ASEAN) राष्ट्रहरुको सुची:
| राष्ट्र | सामेल मिति |
|---|---|
| इन्डोनेसिया, मलेसिया, फिलिपिन्स, सिंगापुर र थाइल्याण्ड | ८ अगस्त १९६७ |
| ब्रुनाई दारुसलाम | जनवरी ७, १९८४ |
| भियतनाम | जुलाई २८, १९९५ |
| लाओस र म्यानमार | जुलाई २३, १९९७ |
| कम्बोडिया | अप्रिल ३०, १९९९ |
| टिमोर-लेस्ते | अक्टोबर २६, २०२५ |