Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Bikash Shrestha
  • October 19, 2025
  • 1005

लिच्छविकालीन प्रशासनिक निकायहरू

Administrative bodies of the Lichchhavi period
  • कुथेरः त्रिकर (कर) उठाउने अड्डा

  • पूर्वाधिकरणः पूर्वी भागको प्रशासन हेर्ने अड्डा

  • पश्चिमाधिकरणः पश्चिम भागको प्रशासन हेर्ने अड्डा

  • मट्टाधिकरणः जात र धर्म सम्बन्धी विषय हेर्ने अड्डा

  • पिटल्जाधिकरणः विशेष प्रयोजनका लागि प्रयुक्त अड्डा

  • महाधिकरणः पुख्र्यौली परम्परा कायम गर्न लगाउने अड्डा

  • विष्टिः श्रम बन्दोबस्त गर्ने अड्डा

  • कुथेराधिकरणः जग्गा–जमिनको कर उठाउने वा मालपोत सम्बन्धी कार्य गर्ने

  • माप्चोकः विवाह र पारपाचुके सम्बन्धी कार्य हेर्ने

  • लिंगवलः कुलो, पैनी, बाँध, बाटो–घाटो सम्बन्धी कार्य हेर्ने

  • शुल्ली/शोल्ल अधिकरणः पञ्चपराध (चोरी, हत्या, परस्त्रीगमन, राजद्रोह र यसमा सघाउने) को छानबिन गरी न्याय दिने

लिच्छविकालमा त्रिकर प्रणाली प्रचलित थियो, जसमा कृषि, पशुपालन र उद्योग–वाणिज्यका आधारमा कर असुल गरिन्थ्यो।


त्रिकरका प्रकारहरू

  • भागकरः भूमि वा कृषिमा लाग्ने कर

  • भोगकरः पशुपालनमा लाग्ने कर

  • करः उद्योग, वाणिज्य वा व्यापारमा लाग्ने कर

कृषिमा कर प्रणाली लिच्छविकालमै व्यवस्थित रूपमा सुरु भएको पाइन्छ।


अन्य करहरू

  • सिकरः फर्निचरमा लाग्ने कर

  • चैलकरः कपडामा लाग्ने कर

  • तैलकरः तेलमा लाग्ने कर

  • आपणकरः पसलमा लाग्ने कर

  • मल्लयुद्धकरः साँढे जुधाउने वा मनोरञ्जनमा लाग्ने कर


लिच्छविकालका न्यायिक, सैनिक र प्रशासनिक पदहरू

पद कार्य / भूमिका
दूतक मन्त्रीस्तरीय पदाधिकारी
द्वारे दरबार वा ढोका सम्हाल्ने
चाटभट कर उठाउने कर्मचारी
महासर्वदण्डनायक प्रधान न्यायाधीश
सर्वदण्डनायक न्यायाधीश
दण्डनायक प्रहरी प्रमुख
भट्ट सैनिक (सिपाही)
प्रधान गाउँ प्रशासक
सामन्त प्रशासक
प्रसादाधिकृत कार्यालय प्रमुख
भट्टनायक सेनाध्यक्ष
बलाध्यक्ष सेनापति
महाबलाध्यक्ष प्रधान सेनापति
गोल्मिक सेनानायक
अमात्य मन्त्रीस्तरीय अधिकारी
प्रतिहार राजदरबार हेर्ने अधिकारी
महाप्रतिहार दरबार प्रमुख
ढुटक राजघोषणा तथा प्रचार प्रसार गर्ने
युवराज भावी राजा
दूत कृषि, वन, सिँचाइ र व्यापार हेर्ने अधिकारी

मल्लकालीन न्यायिक, सैनिक र प्रशासनिक पदहरू

पद कार्य / भूमिका
चौतारा प्रधानमन्त्री
महामात्य मन्त्रीसरहको पद
द्वारे गाउँको झगडा हेर्ने अधिकारी
प्रधान टोल हेर्ने अधिकारी
खरदार देशभर भ्रमण गरी न्याय दिने
थकाली पञ्चको प्रमुख व्यक्ति
उमराः सैनिक अधिकारी
कोटनायक किल्ला रक्षक
सामन्त प्रशासक
उभय सैनिक अधिकारी
छेभण्डेल राजाको अन्न तथा भण्डार व्यवस्थापक
चरिदार अनुसन्धान अधिकारी
कोतवाल शान्ति–सुरक्षा हेर्ने अधिकारी
टक्सारी सिक्का छाप्ने अधिकारी
महायात्र (पात्र) स्थानीय शासक
परमात भारदार / बडाहाकिम
प्रजापञ्च गाउँ वा नगर शासक
जिम्मेवाल दरबारको प्रशासकीय कर्मचारी
मुखिया गाउँस्तरको प्रशासक
भण्डारी ढुकुटी हेर्ने व्यक्ति
अधिकारी प्रशासन हेर्ने व्यक्ति
जोशी ज्योतिषी (दरबारका ज्योतिषाचार्य)
लेखक सरकारी कागजात लेख्ने व्यक्ति

प्राचीन कालमा परिभाषित गम्भीर अपराधहरू

  • चोरी

  • परस्त्रीहरण

  • राजद्रोह

  • गौहत्या

  • बालहत्या

  • स्त्रीहत्या

  • पितृहत्य

  • गुरूहत्या

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 37
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 266
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 107
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 94
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA