Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

लिच्छविकालीन प्रशासनिक निकायहरू

  • Bikash Shrestha
  • June 30, 2025
  • 1329

लिच्छविकालीन प्रशासनिक निकायहरू

Administrative bodies of the Lichchhavi period

लिच्छविकालीन प्रशासनिक निकायहरू

लिच्छविकालमा विभिन्न प्रशासनिक कार्यहरूका लागि छुट्टाछुट्टै निकाय तथा अड्डाहरूको व्यवस्था गरिएको थियो। ती निकायहरू निम्नानुसार छन्:

🔷 प्रमुख प्रशासनिक अड्डा/निकायहरू:

  1. कुथेर – त्रिकर (तीन प्रकारका कर) उठाउने अड्डा

  2. पूर्वाधिकरण – राज्यको पूर्वी भागको प्रशासन हेर्ने अड्डा

  3. पश्चिमाधिकरण – राज्यको पश्चिमी भागको प्रशासन हेर्ने अड्डा

  4. मठ्ठाधिकरण – जात र धर्मसम्बन्धी कार्य तथा देखरेख गर्ने अड्डा

  5. पिरलजाधिकरण – विशेष प्रयोजनका लागि प्रयोग हुने अड्डा

  6. महाधिकरण – पुख्र्यौली परम्परा र परम्परागत अभ्यासहरू गर्न लगाउने अड्डा

🔷 अन्य प्रशासनिक निकायहरू:

  1. विष्टि – श्रम व्यवस्थापन तथा जबरजस्ती श्रम (forced labour) को बन्दोबस्त गर्ने

  2. कुथेर अधिकरण – जग्गा-जमिनको कर (कुत) वा मालपोत उठाउने कार्य गर्ने

  3. माप्चोक – विवाह र पारिवारिक सम्बन्ध (जस्तै: पारपाचुके) सम्बन्धी कार्य हेर्ने

  4. लिंगवल – कुलो, पैनी, बाँध, बाटो–घाटो जस्ता सार्वजनिक संरचना हेर्ने

  5. शुल्ली/शोल्ल अधिकरण – पाँच प्रकारका अपराध (पञ्चपराध):

    • चोरी

    • हत्या

    • परस्त्रीगमन

    • राष्ट्रद्रोह

    • ती अपराधमा संलग्नहरूलाई सहयोग गर्ने
      यी अपराधहरूको छानबिन गरी न्याय दिने निकाय


🔷 लिच्छविकालीन कर प्रणाली (त्रिकर):

लिच्छविकालमा त्रिकर प्रणाली प्रचलित थियो। त्रिकर भन्नाले तीन प्रकारका कर बुझिन्छ:

  1. भागकर – भूमिमा वा कृषिमा लाग्ने कर

  2. भोगकर – पशुपालनमा लाग्ने कर

  3. कर – उद्योग, व्यापार, र वाणिज्यमा लाग्ने कर

कृषिमा लाग्ने करहरूको व्यवस्थित सुरुआत पनि यही कालदेखि भएको पाइन्छ।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1174
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 199
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 128
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 76
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 106
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 43
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA