Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

  • Bikash Shrestha
  • November 11, 2025
  • 672

राष्ट्रिय योजना आयोगले सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपालको आगामी तीन वर्षको आर्थिक वृद्धिदर कति हुने अनुमान छ ?

According to the report released by the National Planning Commission, what is the estimated economic growth rate of Nepal for the next three years?

● ७.१ प्रतिशत । 
● आयोगले २०८२ असारमा आर्थिक वर्ष २०८२/८३ देखि २०८४/८५ सम्म लागु हुने मध्यकालीन खर्च संरचना सार्वजनिक गरेको । 
● संरचनाले तीन वर्षभित्र सङ्घीय सरकारले खर्च गर्ने योजना, प्राथमिकताका आयोजना, स्रोत व्यवस्थापन र बजेटको विनियोजन प्रक्रिया स्पष्ट पारेको । यसले '१६ औं योजना' तथा दिगो विकास लक्ष्यसँग समन्वय हुने सार्वजनिक खर्च प्रणालीको आधार तयार गरेको ।
● आव २०८२/८३ देखि २०८४/८५ मा मुलुकको औसत आर्थिक विकास ७.१ प्रतिशत रहने अनुमान गरिएको ।
● प्रतिवेदनले चालु आव २०८१/८२ मा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.९९ प्रतिशत र उपभोक्ताको मूल्यमा ४.६१ प्रतिशत रहने अनुमान गरेको ।
● चालु आवमा कुल गार्हस्थ उत्पादन (जिडिपी) ६१ खर्ब ७ अर्ब पुगेको ।
● आव २०६७/६८ मा १५ खर्ब ५९ अर्ब रहेको जिडिपी १५ वर्षमा पाँच गुणाले बढेको आयोगले जनाएको ।
● यो अवधिमा जिडिपीको वार्षिक वृद्धिदर सबैभन्दा धेरै आव २०७३/७४ मा ८.९८ प्रतिशत र सबैभन्दा कम आव २०७६/७७ मा २.३७ प्रतिशतमा सीमित रही औसत ४.३० प्रतिशत रहेको ।
● विगत १५ वर्षमा नेपालीको प्रतिव्यक्ति आय ८१८ अमेरिकी डलरबाट बढेर यस वर्ष १५१७ अमेरिकी डलर पुग्ने अनुमान रहेको ।

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 29
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 185
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 97
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 88
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA