Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०८१ अशोज महिनाको समसमायिक विशेष

  • GhokSewa
  • November 06, 2024
  • 483

२०८१ अशोज महिनाको समसमायिक विशेष

२०८१ अशोज महिनाको समसमायिक विशेष

१. राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीको घोषणा - वि.सं. २०८१ असोज १

 

२. नेपाल टेलिभिजनद्वारा संस्कृत भाषामा समाचार प्रसारण  - वि.सं. २०७५ असोज ६

 

३. साउथ एसिया रिजन फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (एसएआरएफआइआई) को अध्यक्षमा चयन - गभर्नर महाप्रसाद अधिकारी

  • सार्फीको नेतृत्व नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको छ । नेतृत्व हस्तान्तरणसँगै बैङ्कका तर्फबाट गभर्नर अधिकारी सार्फीको अध्यक्ष चयन भएका छन् ।
  • मध्य अमेरिकी मुलुक एल्साल्भाडोरको राजधानी सान्साल्भाडोरमा सन् २०२४ सेप्टेम्बरमा भएको एलायन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई)–ग्लोबल पोलिसो फोरम को बैठक अन्तर्गत आयोजित पाँचौँ सार्फी लिडर्स रुटिनेबलका क्रममा सार्फीको अध्यक्षता नेपाल राष्ट्र बैङ्कमा हस्तान्तरण भएको हो ।
  • बैठकले स्टेट बैङ्क अफ पाकिस्तानलाई सार्फीको उपाध्यक्ष चयन गरेको छ ।
  • यस अघि सार्फीको नेतृत्व माल्दिभ्स मनिटरी अथोरिटीमा थियो भने राष्ट्र बैङ्कका तर्फबाट गभर्नर अधिकारी उक्त सञ्जालको उपाध्यक्ष थिए ।
  • सन् २०२२ सेप्टेम्बरमा जोर्डनको डेडसीमा सम्पन्न ‘ग्लोबल पोलिसी फोरम’ को बाह्रौँ बैठकका क्रममा सार्फी स्थापना भएको ।
  • नेपाल राष्ट्र बैङ्कसहित बङ्गलादेश, भुटान, माल्दिभ्स, पाकिस्तान र श्रीलङ्काका केन्द्रीय बैङ्कहरू उक्त सञ्जालमा आबद्ध छन् ।
  • क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीय स्तरका असल अभ्यासको अनुसरण गर्दै सबै वित्तीय समावेशीकरणलाई प्रवर्धन गर्नेलगायतका उद्देश्यसहित सार्फीको स्थापना भएको हो ।

 

४. बेलायतस्थित ग्लोबल बैङ्किङ एन्ड फाइनान्स रिभ्यु म्यागेजिनले बैङ्किङ सिइओ अफ द इयर २०२४ बाट सम्मानित - अनिर्भन घोष दस्तिदार (सिइओ, स्ट्यान्डर्ड चार्टर्ड बैङ्क)

 

५. दि एकेडेमी अफ मोसन पिक्चर आर्टस् एन्ड साइन्सेज (अस्कर) द्वारा सन् २०२५ मा घोषणा गरिने ९७ औँ एकेडेमी अवार्डका लागि नेपालका तर्फबाट छनोट भएको चलचित्र - शाम्बाला

  • मीनबहादुर भाम निर्देशित चलचित्र कर्णालीको हिमाली गाउँमा प्रचलित बहुपति प्रथाको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ ।

 

६. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार प्रदान - अखण्ड भण्डारी (अन्नपूर्ण पोष्ट दैनिकका सम्पादक) र नेपाल प्रेस इन्स्टिच्युट (संयुक्त रूपमा)

  • पुरस्कार राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार बद्री सिग्देललाई प्रदान गरियो । पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ ।
  • प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गरिएको छ ।

 

७. बालसाहित्यको महत्व उजागर तथा पठन संस्कृति प्रवर्धन गर्ने उद्देश्यसहित राजधानी काठमाडौँमा प्रथम अन्तर्राष्ट्रिय बालसाहित्य सम्मेलन सम्पन्न - वि.सं. २०८१ असोज ४–५

  • सम्मेलनमा नेपालबाट दुई सयभन्दा बढी र बाहिरबाट १० देशका ३१ जना विदेशी सर्जकको सहभागिता रह्यो ।
  • नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल बाल साहित्य समाज र रुम टु रिडद्वारा संयुक्त रूपमा आयोजित सम्मेलनमा बालसाहित्यसम्बन्धी पुस्तक प्रदर्शनी, कथा वाचन, बालचित्रकला प्रदर्शनी तथा समूहगत छलफल गरियो ।

८. प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन कहिले न्युयोर्क प्रस्थान - वि.सं. २०८१ असोज ४ (स्वदेश फिर्ता : असोज १४)

 

९. सन् २०२४ सेप्टेम्बरमा रसियामा सम्पन्न किनो चलचित्र महोत्सवमा पहिलो पुरस्कार प्राप्त गर्न सफल लघु चलचित्र - दि स्कुल वाल (नेपाल)

  • लाइट अफ दी वल्र्ड नाराका साथ आयोजित सो फेस्टिभलमा सहभागी विभिन्न १२१ देशका ३४९१ चलचित्रमध्ये ‘दि स्कुल वाल’ ले पहिलो स्थान हासिल गरेको हो ।
  • प्रतियोगितामा भारत दोस्रो र अमेरिकाको चलचित्रले तेस्रो स्थान प्राप्त गरे ।
  • दि स्कुल वालमा पर्खालका रूपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ ।
  • यस लघु चलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराई मूलका बालकको सङ्घर्षको कथालाई प्रस्तुत गरिएको छ ।

 

१०. एसियाली विकास बैङ्क (एडिबी) ले सन् २०२४ सेप्टेम्बरमा सार्वजनिक गरेको तथ्याङ्क अनुसार आ.व. २०८१/८२ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरिएको,

  • एडिबीद्वारा सेप्टेम्बर २५ मा सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट आउटलुकमा उक्त प्रक्षेपण गरिएको हो ।
  • आ.व. २०८०/८१ का लागि एडिबीको प्रक्षेपण अनुमानित ३.९ प्रतिशत थियो ।

 

११. चिकित्साशास्त्रतर्फको नोबल पुरस्कार विजेता वैज्ञानिक - अमेरिकी वैज्ञानिकद्वय भिक्टर ........... पूर्ण सामग्रीका लागि GhokSewa Mobile App मा subscribe गर्नुहोस्

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 53
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 76
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 52
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 131
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 122
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA