Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

  • Ritisha Shakya
  • October 25, 2024
  • 162

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (७ कात्तिक २०८१, बुधबार)

१.  दुबईमा सम्पन्न नवौँ संस्करणको महिला टि–२० विश्वकपको उपाधि कसले जित्यो ? 

➤ युजिल्यान्ड

  • –  दक्षिण अफ्रिकालाई ३२ रनले हराउँदै न्युजिल्यान्डले सो उपाधि जितेको हो । न्युजिल्यान्डले १५९ रनको लक्ष्य दिएकोमा दक्षिण अफ्रिकाले १२६ रन मात्र बनाउन सक्यो । लगातार दोस्रो पटक फाइनल खेलेको दक्षिण अफ्रिका यस पटक पनि उपाधि जित्न असफल रह्यो । 
  • महिला टि–२० विश्वकपमा न्युजिल्यान्ड चौथो टिमको रूपमा च्याम्पियन बनेको हो । यसअघि अस्ट्रेलियाले ६ पटक उपाधि जित्दा इङ्ल्यान्ड र वेस्ट इन्डिजले एक एक पटक उपाधि जितेका छन् ।

२.  ग्रिन प्रो प्रमाणपत्रबाट सम्मानित (सन् २०२४ अक्टोबर) हुने नेपाली कम्पनी कुन हो ? 

➤ पञ्चकन्या प्रालि

  • पञ्चकन्याले उत्पादन गर्दै आएको ५०० एक्सडी र ५५० एक्सडी टिएमटी रिब्डबारलाई कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्री (सीआईआई) सोराब्जी गोदरेज ग्रिन बिजनेस सेन्टरले उक्त प्रमाणपत्र प्रदान गरेको हो । 
  • वातावरणीय स्थिरताका लागि मापदण्ड पूरा गर्ने उत्पादनलाई सो प्रमाणपत्र प्रदान गरिन्छ । साथै यसको मान्यता संसारभर लागु हुन्छ । 

३.  प्रदेश लोकसेवा आयोग बागमती प्रदेशको अध्यक्षमा कसलाई नियुक्त गरियो ? 

➤ महेश्वर श्रेष्ठ (विसं २०८१ कार्तिक)

४.  राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रमको सुरुवात पाँचथर जिल्लाबाट भएको हो भने कृषक परिचयपत्र वितरण कार्यक्रमको सुरुवात कुन जिल्लाबाट भएको हो ?

➤ बागलुङ

 

५.  आइएसओ आइइसी २७००१:२०२२ को प्रमाणपत्र प्राप्त गर्ने नेपाली जीवन बिमा कम्पनी कुन हो ?

➤ नेपाल लाइफ (सन् २०२४ अक्टोबर) 

 

६.  विश्व खाद्य दिवस कहिले मनाइन्छ ?

➤ २ अक्टोबर १६

–  सन् २०२४ (४४ औँ) को नारा : राइट टु फुड्स फर अ बेटर लाइफ एन्ड अ बेटर फ्युचर 

–  नेपालमा ‘सुखी जीवन र समुन्नत भविष्यका लागि खाद्य अधिकार भन्ने नाराका साथ यो दिवस मनाइएको छ । 

–  नेपालमा करिव ६२ प्रतिशत परिवार कृषिमा संलग्न रहेको भए पनि खाद्यान्नको अभाव परिपूर्तिका लागि आयात गर्नुपर्ने अवस्था रहेको छ । 

–  नेपालमा अझै पनि १३ पतिशत जनसङ्ख्या खाद्य असुरक्षाको स्थितिमा रहेका छन् । 

 

७.  इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) २०२४ मा सर्वश्रेष्ठ फिल्म घोषित हुन सफल चलचित्र कुन हो ?

➤ एनिमल 

  • सर्वोत्कृष्ट फिल्म : एनिमल 
  • सर्वोत्कृष्ट अभिनेता : शाहरुख खान (चलचित्र : जवान) 
  • सर्वोत्कृष्ट अभिनेत्री : रानी मुखर्जी (चलचित्र : मिसेस चटर्जी भर्सेस नर्वे)
  • सर्वोत्कृष्ट निर्देशक : विधु विनोद चोपडा 
  • (चलचित्र : ट्वेल्भ्थ फेल) 
  • सर्वोत्कृष्ट सहअभिनेता : अनिल कपुर (चलचित्र : एनिमल) 
  • सर्वोत्कृष्ट सहअभिनेत्री : सबाना आजमी (चलचित्र : रकी और रानीकी प्रेम कहानी)
  • सर्वोत्कृष्ट खलनायक : बबी देओल (एनिमल) 
  • सर्वोत्कृष्ट कथा : रकी और रानीकी प्रेम कहानी 
  • सर्वोत्कृष्ट कथा (एडप्टेड) : ट्वेल्भ्थ फेल
  • सर्वोत्कृष्ट सङ्गीत : एनिमल
  • सर्वोत्कृष्ट शब्द रचना : सिद्धार्थ/गरिमा (एनिमलको गीत सतरङ्गा)
  • सर्वोत्कृष्ट गायक : भुपिन्दर बब्बल (एनिमलको गीत अर्जन भेली) 
  • सर्वोत्कृष्ट गायिका : शिल्पा राव (जवानको गीत चलेया) 
  • सिनेमा क्षेत्रमा दिएको योगदानका लागि सम्मान : जयन्तीलाल गडा, हेमा मालिनी 

८.  विश्वमा सबैभन्दा बढी हुलाक कार्यालय भएको देश कुन हो ?

➤ भारत (एक लाखभन्दा बढी हुलाक कार्यालय रहेका छन् ।)

 

९.  सतार/सन्थाल जातिको बसोबास कहाँ रहेको छ ?

➤ झापा, मोरङ, सुनसरी 

  • मेहनती र सोझो जाति सतार आफुलाई सन्थाल भन्न रुचाउँछन् । 
  • २०३८ सालको जनगणनाले सतार र सन्थाललाई बेग्लाबेग्लै भाषिक जातिमा राखेको थियो । त्यो समय सतारको जनसङ्ख्या २२,४०३ र सन्थालको ५,८०४ थियो । 
  • २०७८ सालको जनगणनामा सन्थालको जनसङ्ख्या ५७,३१० पुगेको छ ।
  • सन्थाल जातिको भाषा सन्थाली र लिपि अलचिकी हो ।

 

१०.  यायावर कृतिका लेखक ब्रजेस हुन् भने समयको आँखा कृतिका लेखक को हुन् ?

➤ राजेन्द्र विमल

 

११.  जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२९) को पूर्वतयारी र जलवायु परिवर्तनले कर्णालीमा पारेको असरका सम्बन्धमा दुई दिने कार्यशाला कहिले र कहाँ सम्पन्न भयो ?

➤ वि.सं. २०८१ कात्तिक, रारा ताल क्षेत्र

  • वन तथा वातावरण मन्त्रालय र जलवायु परिवर्तनका क्षेत्रमा काम गर्दै आएको संस्था ‘साथसाथै’ को संयुक्त आयोजनामा सो कार्यशाला सम्पन्न भएको हो । 
  • कार्यशालाले पाँचबुँदे घोषणापत्र जारी गरेको छ । 

१२.  हाल रेडियो नेपालबाट कति भाषामा समाचार प्रसारण हुन्छ ?

➤ २५

  • २५ औँ भाषा दनुवार (२०८१ असोज ३० देखि) 
  • रेडियो नेपालबाट समाचार प्रसारण गर्न थालिएको २३ औँ र २४औँ भाषा राजवंशी र बैतडेली (२०८१ असार ३०) हुन् । 
  • रेडियो नेपालबाट हाल विभिन्न २३ भाषामा कार्यक्रम प्रसारण गर्ने गरिएको छ ।

 

१३.  हाल गोरखापत्रमा प्रकाशन हुने मातृभाषाको सङ्ख्या कति पुगेको छ ?

➤ ४४ 

  • ४४ औँ भाषा : रानाथारु

 

१४. मुलुककै लामो झोलुङ्गे पुल कहाँ बनेको छ ?

➤ सुस्ता (परासी) 

  • २०८१ असोज १० गते राष्ट्रपति रामचन्द्र पौडेलद्वारा यो पुल उद्घाटन गरिएको हो ।
  • पुलको लम्बाइ १५५८ मिटर रहेको छ । 
  • विगतमा सो क्षेत्रका बासिन्दा आफ्नै देशको भूमिभित्र जान पनि भारतको बाटो भएर जानुपर्ने बाध्यता थियो । पुलको निर्माणसँगै सो बाध्यता हटेको छ । 
  • नारायणी नदीमा पुल बनेपछि सुस्ता पारि पहिलो पटक बिजुली पुगेको छ । पुलकै बाटो भएर बिजुली लगिएको हो । झोलुङ्गे पुलको भार व्यवस्थापन र विद्युतीय सुरक्षाको मापदण्ड पालना हुने गरी दायाँ–बायाँबाट ११ केभी लाइन निर्माण गरी सुस्तामा विद्युत् पु¥याइएको हो । 

१५.  लोकतन्त्र योद्धा सम्मान २०८० कसलाई प्रदान गरियो ? 

➤ मुकेश कायस्थ

 

१६.  पहिचान पुरस्कार, २०८१ बाट सम्मानित हुने स्रष्टा को हुन् ? 

➤ प्रगति राई (थाङ्ग्रा) र प्रकाश गुरागाईं (जक्सन पिपलबोट) 

 

१७.  स्थानीय नेतृत्वमा आधारित जलवायु अनुकुलन छैटौँ राष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भएको हो ?

➤ वि.सं. २०८१ असाजे ८, बर्दीबास

  • सम्मेलन पाँचबुँदे घोषणापत्र र नौबुँदे अपिल जारी गर्दै सम्पन्न भएको छ । 
  • मानिस, न्याय र सुशासन भन्ने मुख्य नाराका साथ सम्पन्न सो सम्मेलनमा स्थानीय नेतृत्वमा आधारित जलवायुमैत्री विकास गर्न जरुरत देखिएको प्रति जोड दिइएको छ ।

१८.  भिसा इन्टरनेसनलद्वारा आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२४’ मा ‘एक्सिलेन्स इन कन्जुमर क्रेडिट कार्ड विजनेस’ र ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ अवार्डबाट सम्मानित नेपाली बैङ्क कुन हो ?

➤ प्रभु बैङ्क लिमिटेड (विसं २०८१ असोज)

  • प्रभुले यसअघि ‘बैङ्क अफ द इयर, २०२३’ उपाधि पनि पाएको थियो । 
  • लिडरसिप कन्क्लेभ नेपाल–२०२४ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कले ‘एक्सिलेन्स इन न्यु पेमेन्ट फ्लोज इस्युअर’ अवार्ड प्राप्त गरेको हो ।

१९.  राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार (२०८१) कसलाई प्रदान गरियो ?

➤ गीतकार किरण खरेल 

  • पुरस्कार राशि एक लाख रुपियाँ रहेको छ । 

२०.  भारतीय सन्त पाइलट बाबाको निधन कहिले भएको हो ?

➤ सन् २०२४ अगस्ट २०

 

२१.  नेपाल टेलिभिजनबाट नेपाल भाषामा समाचार प्रसारण कहिलेदेखि सुरु भएको हो ?

➤ वि.सं २०८१ असोज ३० 

  • यससँगै नेपाल टेलिभिजनबाट प्रसारित हुने समाचारको माध्यम भाषाको संख्या छ वटा पुगेको छ । 
  • प्रत्येक प्रदेशमा बढीभन्दा बढी जनताले बोल्ने कम्तीमा दुई वटा भाषाबाट समाचार प्रसारण गर्ने लक्ष्य अनुरूप यसअघि नेपाल टेलिभिजनबाट नेपाली र अङ्ग्रेजी भाषाबाहेक मैथिली, तमु, लिम्बू र तामाङ र डोटेली भाषामा समाचार प्रसारण भइरहेको छ । 
  • राष्ट्रिय समाचार समिति (रासस) ले विसं २०८१ असोज २९ देखि नेपाल भाषा र मैथिली भाषामा समाचार प्रसारण र प्रकाशन गर्ने कार्य सुरुवात गरेको छ । 
  • नेपाल टेलिभिजनमा स्थापना गरिएको समावेशी समाचार कक्षको असाजे ३० मा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङद्वारा शुभारम्भ गरिएको हो । 

२२.  फ्रान्सको राज्यक्रान्तिपछि त्यहाँको शासनसत्ता कसले समालेका थिए ?

➤ नेपोलियन बोनापार्ट

 

२३.  नवीकरणीय ऊर्जाको विश्वव्यापी रूपमा व्यापक प्रयोग र दिगो उपयोग गर्ने उद्देश्यका साथ इन्टरनेसनल रिन्युएबल इनर्जी एजेन्सी (आइरेना) को स्थापना कहिले भएको हो ?

➤ सन् २००९ जनवरी २९

 

२४.  उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) को स्थापना कहिले भएको हो ?

➤ सन् १९४९ अप्रिल ४

  • यस संस्थामा हाल ३१ सदस्य राष्ट्र रहेका छन् ।
  • पछिल्लो सदस्य राष्ट्र (३१ औँ) फिनल्यान्ड रहेको छ ।
  • स्थापना कालमा यसका सदस्य राष्ट्रको सङ्ख्या १२ रहेका थिए ।
  • नेटोको प्रधान कार्यालय बेल्जियमको ब्रसेल्समा रहेको छ ।
  • यसको प्रथम शिखर सम्मेलन सन् १९५७ मा सिङ्गापुरमा भएको हो ।

 

२५.  नेपालको तराई, भावर, दुन, भित्री मधेश टार आदिमा कुन प्रकारको हावापानी पाइन्छ ?

➤ उष्ण मनसुनी हावापानी 

 

२६.  नेपालको उत्तर–दक्षिण अधिकतम चौडाइ २४१ किलोमिटर रहेको छ भने न्यूनतम चौडाइ कति छ ?

➤ १४५ किमी 

  • उत्तर–दक्षिण औसत चौडाइ १९३ किमी

 

२७.  गोल्डम्यान इनभाइरोमेन्टल प्राइज, २०२४ कसलाई प्रदान गरियो ? 

➤  एन्ड्री भिडौरे (अमेरिका), मार्सेल गोमेज (ब्राजिल), मुरावाह मारुची जोनसन (अस्ट्रेलिया, टेरेसा भिसेन्ट (स्पेन), नोन्ले बुथुमा एन्ड सिनेगुगु जुकुलु (दक्षिण अफ्रिका र आलोक शुक्ला (भारत)

  • यसलाई ग्रिन नोबल पुरस्कार भनेर पनि चिनिन्छ । 
  • यस पुरस्कारको स्थापना सन् १९८९ मा भएको हो । 
  • यसको मुख्यालय सनफ्रान्सिस्को (अमेरिका) मा रहेको छ । 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA