नेपालको पर्यटन क्षेत्रसँग सम्बन्धित केही जानकारीहरु

आर्थिक सर्वेक्षण २०८० / ८१ अनुसार नेपालमा पर्यटन सम्बन्धी केही तथ्याङ्कहरु
- आ.व.२०८०/८१ को कुल ग्राहस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ०.७५ प्रतिशत रहने अनुमान
- राष्ट्रिय पर्यटन रणनीतिक योजना : २०१६ देखि २०२५
- राष्ट्रिय पर्यटन रणनीतिक योजनाको लक्ष्य: सन् २०२५ सम्म २५ लाख पर्यटक भित्र्याउने
- पर्यटन दशक: २०२३ देखि २०३२ सम्म मनाइने
- पर्यटन दशकको लक्ष्य : प्रति पर्यटक प्रतिदन खर्च १२५ अमेरिकी डलर पुर्याउने
- सन् २०२३ मा प्रति पर्यटक खर्च: ४१.० अमेरिकी डलर
- सन् २०२३ मा प्रति पर्यटक औषत बसाई : १३.२ दिन
- पर्यटकको प्रमुख गन्तव्यस्थल : लुम्बिनी
- तारे होटलको संख्या: १८२ वटा
- क्यासिनोको संख्या : ३० वटा ( जसमध्ये- क्यासिनो : १३ र मिनि क्यासिनो : १७ )
सन् २०२३ मा पर्यटक बढी आउने प्रमुख मुलुकहरु
देश | प्रतिशत |
भारत | ३१.५ प्रतिशत |
अमेरिका | ९.९ प्रतिशत |
चीन | ६.० प्रतिशत |
बेलायत | ५. २ प्रतिशत |
अष्ट्रेलिया | ३.८ प्रतिशत |
बंगलादेश | ३.६ प्रतिशत |
अन्य मूलुकबाट | ४० प्रतिशत |
सन् २०२३ पर्यटकको भ्रमण गर्नुको उद्वेश्य
उद्वेश्य | प्रतिशत |
मनोरञ्जन / बिदा / यात्रा | ६२.५ प्रतिशत |
पर्वतारोहण / साहसिक यात्रा | १५.९ प्रतिशत |
तीर्थयात्रा | १३.१ प्रतिशत |
अन्य | ९.२ प्रतिशत |