Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२०८१ भाद्र महिनाको समसमायिक

  • GhokSewa
  • October 02, 2024
  • 470

२०८१ भाद्र महिनाको समसमायिक

२०८१ भाद्र महिनाको समसमायिक

१.) ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र - अमेरिका

  • प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।
  • नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो ।
  • पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।
  • ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ।

 

२.) बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता) चयन,

  • सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।
  • आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो ।
  • हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।

 

३.) सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि विजेता - भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट

 

४.)   ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना - सन् २०२४ अगस्ट ९

  • ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।

 

५.) साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान -  कवि मणि लोहनी

  • सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो ।
  • व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो ।

 

६.) एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना - वि.सं. २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८)

  • एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

 

७.) लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी - मिजान लोपेज (क्युबा)

  • क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।

 

८.) उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी - क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)

  • मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् ।

 

९.) चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा - वि.सं. २०८१ साउन ३२...... For Full Notes Subscribe GhokSewa App

Categories

  • Current Affairs 422
  • Gorkhapatra 249
  • Others 730
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Description of literary sources on the beginning of human settlement and statehood in Nepal
Current Affairs

नेपालमा मानव बसोबास र राज्य व्यवस्थाको आरम्भसम्बन्धी साहित्यिक स्रोतको वर्णन

  • Oct 13, 2025
  • 49
Which homestay village has been declared the best in the country?
Current Affairs

देशकै उत्कृष्ट घोषित हुन सफल होमस्टे गाउँ कुन हो ?

  • Oct 13, 2025
  • 64
The People's Movement of 1991 and subsequent politics
Others

२०४६ सालको जनआन्दोलन र त्यसपछिको राजनीति

  • Oct 12, 2025
  • 54
Entrepreneur honored with Lifetime Achievement Award at NewBiz Business Women Summit & Awards 2025
Current Affairs

न्युबिज विजनेस वुमन समिट एन्ड अवार्डस् २०२५ मा लाइफाटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित उद्यमी

  • Oct 12, 2025
  • 71
Political developments after the Rana period
Others

राणाकालपछिको राजनीतिक विकासक्रम

  • Oct 10, 2025
  • 71
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA