Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 28, 2024
  • 407

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (१२ भदौ २०८१, बुधबार)

१. नेपाल राष्ट्र बैङ्कद्वारा विसं २०८१ भाद्र २ मा सार्वजनिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा नेपालमा विप्रेषण आप्रवाह कति भयो ? 

➤ रु. १४ खर्ब ४५ अर्ब ३२ करोड

  • अघिल्लो आवको तुलनामा रेमिट्यान्स आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको छ ।
  • राष्ट्र बैङ्कद्वारा सार्वजनिक आव २०८०/८१ को वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार आव २०८०/८१ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत– नयाँ) लिने नेपालीको सङ्ख्या चार लाख ६० हजार १०३ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या दुई लाख ८१ हजार १९९ रहेको छ ।
  • शोधनान्तर स्थिति पाँच खर्ब दुई अर्ब ४९ करोड बचत रहेको छ ।
  • वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत छ ।
  • आयात १.२ प्रतिशत र ३.० प्रतिशतले घट्यो ।
  • विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ ।

२. नेपालमा आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने पहिलो बैङ्क कुन हो ? 

➤ नबिल बैङ्क

  • आइएसओ ९००१:२०१५ गुणस्तर चिह्न प्राप्त गर्ने प्रथम संस्थाहरू
  • वाणिज्य बैङ्क : नबिल बैङ्क
  • विभाग : राहदानी विभाग
  • जिल्लास्थित सरकारी प्रशासनिक कार्यालय : जिल्ला प्रशासन कार्यालय, रुपन्देही
  • स्थानीय तह : तिलोत्तमा नगरपालिका, रुपन्देही
  • जलविद्युत् आयोजना : हाइड्रोपावर कम्पनी लि.

३. अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा एकै ओभरमा सर्वाधिक रन बनाई नयाँ विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ? 

➤ डारियस भिसेर (समोआ)

  • भिसेरले २०२४ अगस्ट १९ मा एकै ओभरमा सर्वाधिक ३९ रनको विश्व कीर्तिमान कायम गरेका हुन् ।
  • आइसिसी टी–२० विश्वकप अन्तर्गत पूर्वी एसिया प्रशान्त क्षेत्र छनोटमा भिसेरले भानुआटुविरुद्धको खेलमा एकै ओभरमा ६ छक्कासहित ३ नो बलमा ३९ रन जोड्न सफल भएका छन् ।
  • एकै ओभरमा ३६ भन्दा बढी रन बनाएको यो पहिलो पटक हो ।

४. भारतका चर्चित सन्त पाइलट बाबाको निधन कहिले भएको हो ? 

➤ सन् २०२४ अगस्ट २०

५.  नेपालमा आयुर्वेदिक औषधी उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?

➤ सिंहदरबार वैद्यखाना

  • राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको हो ।
  • शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्ग बहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
  • सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको हो ।
  • वि.सं. २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको छ ।

६.  नेपालमा मन्ट्रियल सन्धि –१९९९ कहिलेदेखि लागु भएको हो ?

➤ वि.सं. २०७५ मङ्सिर २९

७.  मदन पुरस्कार प्राप्त गर्ने पहिलो विदेशी सर्जक को हुन् ?

➤ फादर विलियम वर्क

  • वर्कको कृति सही शब्दले विसं २०५१ मा मदन पुरस्कार प्राप्त गरेको हो ।
  • वर्कको सन् २०१९ नोभेम्बरमा निधन भयो।

८. निजामती सेवामा हाल सबैभन्दा बढी आकर्षण कुन प्रदेशको रहेको छ ? 

➤ मधेश प्रदेश

  • लोक सेवा आयोगको पछिल्लो प्रतिवेदन अनुसार आव २०७९÷८० मा आयोगद्वारा सञ्चालित विभिन्न परीक्षामा दरखास्त दिने चार लाख ८३ हजार २०३ जनामध्ये सबैभन्दा बढी मधेश प्रदेशका (१,२०,३८९ जना) रहेका छन् ।
  • दरखास्त दिने कुन प्रदेशका कति?
    • मधेश प्रदेश: १,२०,३८९
    • लुम्बिनी प्रदेश: ८१,९९५
    • कोशी प्रदेश: ६९,१२१
    • कर्णाली प्रदेश: ६४,२९०
    • सुदूरपश्चिम प्रदेश :  ५८,०४९
    • बागमती प्रदेश: ४६,२७१
    • गण्डकी प्रदेश: ४२,९९७
    • जम्मा: ४,८३,२०३

९. थाइल्यान्डको सबैभन्दा कम उमेरको प्रधानमन्त्री को हुन् ? 

➤ पेतोङतार्न सिनावात्रा (सन् २०२४ अगस्ट)

  • सिनावात्रा थाइल्यान्डको दोस्रो महिला प्रधानमन्त्री हुन् ।
  • यसअघि उनकी काकी यिङलक सिनावात्रा थाइल्यान्डको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् ।

१०.  अखिल नेपाल फुटबल सङ्घको स्थापना कहिले भएको हो ?

➤ वि.सं. २००८

  • नेपालमा विसं २०३६ चैत देखि एन्फा कप सुरुवात भएको हो ।
  • नेपालको फुटबलमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व जनरल नरशम्शेरको नाममा विसं २०२५ मा ‘नर ट्रफी’ स्थापना गरिएको हो ।
  • अखिल नेपाल फुटबल सङ्घको नयाँ लोगो वि.सं. २०७५ फागुन २० (सन् २०१९ मार्च ४) मा सार्वजनिक भएको छ । यसका डिजाइनर सन्दीप तिवारी हुन् ।
  • नेपालले विश्व फुटबल महासङ्घको (फिफा) को सदस्यता सन् १९७३ मा लिएको हो ।

११.  जिब्रो भएर पनि आवाज निकाल्न नसक्ने जीव कुन हो ?

➤ जिराफ

१२.  संयुक्त राष्ट्रसङ्घले सन् २०४० सम्म प्लास्टिकजन्य प्रदुषण कति प्रतिशत कटौती हुने आकलन गरेको छ ? 

➤ ८० प्रतिशत (सन् २०२३ मेमा प्रकाशित प्रतिवेदन अनुसार)

१३.  युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?

➤ रियो द जेनिरियो (ब्राजिल)

१४.  मेचे जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?

➤ झापा

  • सिउँडीको बोटलाई कुल देवता मान्ने यस जातिको पुरोहितलाई ‘दिउसी’ भनिन्छ ।

१५.  बहुमूल्य धातु सुनलाई निक्षेपका रूपमा राख्न पाइने व्यवस्था नेपाल राष्ट्र बैङ्कले कहिले गरेको हो ?

➤ वि.सं. २०७६ फागुन २२

१६.  रिराइटेबल पेपरको विकास कुन देशका वैज्ञानिकहरूले गरेका हुन् ?

➤ चीन (सन् २०१८)

१७. दक्षिण एसियाली मुलुक माल्दिभ्स राष्ट्रमण्डलमा पुनः प्रवेश कहिले भएको हो ?

➤ सन् २०२० फेब्रुअरी

  • माल्दिभ्सले करिब तीन वर्षअघि मानव अधिकारको मामिलामा राष्ट्रमण्डलबाट आफूलाई अलग गरेको थियो । राष्ट्र मण्डलमा पुनःआबद्ध हुनका लागि उसले सन् २०१८ डिसेम्बरमा अनुरोध गरेको थियो ।
  • मानव अधिकारको रेकर्ड तथा लोकतान्त्रिक सुधारमा प्रगति नभएको भनी निलम्बित गर्ने चेतावनी पछि माल्दिभ्स राष्ट्रमण्डलबाट अलग भएको थियो ।

१८. हरित पेटिका अभियानका संस्थापक को हुन् ?

➤ वांगारी माथाई

१९. विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन कति वर्षको अन्तरमा आयोजना गरिन्छ ?

➤ प्रत्येक १० वर्षमा

२०. मुसा प्रजातिमा पाइने ‘माइट’ (किर्ना जस्तो मसिनो जीवाणु) ले मानिसमा टोकेपछि देखापर्ने रोगलाई के भनी चिनिन्छ ?

➤ स्क्रब टाइफस

२१.  प्रसिद्ध गोकर्णेश्वर महादेव मन्दिर कहाँ रहेको छ ?

➤ काठमाडौँ

–  पितृतीर्थका रूपमा समेत प्रख्यात गोकर्णेश्वर महादेव मन्दिर काठमाडौँदेखि करिब १० किलोमिटर उत्तर–पूर्वबागमती नदी किनारमा रहेको छ ।

२२. सरकारले सामाजिक सञ्जाल टिकटकमाथिको प्रतिबन्ध हटाउने निर्णय कहिले गर्यो ? 

➤ वि.सं. २०८१ भदौ ६

  • सामाजिक सद्भाव भड्काएको भन्दै १० महिनाअघि तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
  • टिकटकको प्यारेन्ट कम्पनी बाइटडान्सले प्रतिबन्ध फुकुवा गरिदिन र आफू नेपालको कानुनबमोजिम चल्न तयार रहेको भन्दै पत्र बुझाएसँगै सरकारले प्रतिबन्ध हटाएको हो ।
  • वि.सं. २०८० कात्तिक २७ को मन्त्रीपरिषद्ले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

२३.  सरकारले विदेशस्थित नेपाली राजदूतावासको नाम अङ्गे्रजी भाषामा एम्बेसी अफ नेपाल र छोटकरीमा नेपाली एम्बेसी लेख्ने निर्णय कहिले गरेको हो ?

➤ वि.सं. २०७३ भदौ १२

२४.  “म चित्र बनाइरहेको सपना देख्छु । त्यसपछि मात्र सो सपनाको चित्र बनाउँछु ।” भन्ने चित्रकार को हुन् ?

➤ भिन्सेन्ट भ्यानगग

२५.  विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?

➤ जुम्ला

  • गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।
  • कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।
  • उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।
  • प्रोटिन र फाइबरलगायतका तत्व बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ । जुम्ली मार्सीको बिउ राख्न निश्चित दिनबार नै तोकिएको हुन्छ ।

२६.  सूचनाको हक सम्बन्धमा अभ्यास गर्ने विश्वको पहिलो राष्ट्र कुन हो ?

➤ स्विडेन

  • स्विडेनले सन् १७६६ मा सूचना पहुँचका लागि संविधानमै व्यवस्था गरेको छ ।
  • संयुक्त राष्ट्रसङ्घले स्थापनाको दोस्रो वर्षमै सन् १९४६ मा पारित गरेको प्रस्ताव ५९(१) मा सूचनाको हकसम्बन्धी व्यवस्था रहेको छ ।
  • संयुक्त राज्य अमेरिकाले सन् १९६६ मा सूचनाको हकको कानुन बनाई लागु गरेको ।
  • सूचनाको अधिकारमा युरोपेली सङ्घले सन् १९८० को दशकमा सदस्य राष्ट्रहरूलाई तिनीहरूका सार्वजनिक संस्थाहरूलाई निर्देश गरेको छ ।

२७.  गौरा पर्व नेपालको कुन क्षेत्रमा प्रचलित पर्व हो ?

➤ सुदूरपश्चिम

  • विशेष गरी नेपालको सुदूरपश्चिम प्रदेशमा यो पर्वलाई ऐतिहासिक मौलिक पर्वका रूपमा धुमधाम साथ मनाउने गरिन्छ ।

२८.  सङ्गीत प्रवीण भनी नरराज ढकाललाई चिनिन्छ भने सङ्गीत शिरोमणि भनी कसलाई चिनिन्छ ?

➤ यज्ञराज शर्मा

२९.  दुई मुलुकबिचको सीमारेखामा स्थापित सीमास्तम्भबाट दुवैतर्फ दस–दस गज चौडा खाली छाडिएको जमिनलाई के भनिन्छ ?

➤ दसगजा क्षेत्र

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 440
  • Gorkhapatra 255
  • Others 746
  • Vacancy 1
  • Past Questions 61

Latest Blogs

Mountainous Region
Others

पहाडी क्षेत्र

  • Nov 06, 2025
  • 38
Contribution of various provinces to GDP (percentage)
Current Affairs

जिडीपी मा विभिन्न प्रदेशको योगदान (प्रतिशत)

  • Nov 06, 2025
  • 36
Public Service Delivery: Topical Q&A (19 Kartik 2082, Wednesday)
Gorkhapatra

सार्वजनिक सेवा प्रवाह : विषयगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 19
Public Service Preparation Special: Objective Question and Answer (19 Kartik 2082, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१९ कात्तिक २०८२, बुधबार)

  • Nov 05, 2025
  • 17
Himalayan region
Others

हिमाली प्रदेश

  • Nov 05, 2025
  • 41
COPYRIGHT © 2025. ALL RIGHTS RESERVED. GHOKSEWA