Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ भदौ २०८१, बुधबार)

  • Ajnabee Khadka
  • August 21, 2024
  • 812

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ भदौ २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (५ भदौ २०८१, बुधबार)

१.  ३३ औँ संस्करणको पेरिस ओलम्पिक २०२४ मा पहिलो हुन सफल राष्ट्र कुन हो ? 

➤अमेरिका

  • प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय क्रमशः अमेरिका (४० स्वर्ण, ४४ रजत र ४२ कास्य), चीन (४० स्वर्ण, २७ रजत र २४ कास्य) र जापान (२० स्वर्ण, १२ रजत र १३ कास्य) भएका । त्यस्तै चौथोदेखि १० औँ स्थानसम्म रहन सफल राष्टहरू क्रमशः अस्ट्रेलिया, फ्रान्स, नेदरल्यान्डस्, बेलायत, दक्षिण कोरिया, इटाली र जर्मनी हुन् ।
  • नेपाललगायत ११४ राष्ट्र पदकविहीन बन्न पुगे । नेपालको प्रदर्शन यसपालि पनि सहभागितामा नै सीमित रह्यो ।
  • पेरिस ओलम्पिकमा नेपालबाट ७ खेलाडी– एलेक्जेन्डर शाह (पौडी), स्यान्टु श्रेष्ठ (टेबलटेनिस), सुस्मिता नेपाल (सुटिङ), डुबाना लामा (पौडी), प्रिन्स दाहाल (व्याडमिन्टन), मनिता श्रेष्ठ प्रधान (जुडो) र सन्तोषी श्रेष्ठ (दौड) को सहभागिता रहेको थियो ।
  • ३४ औँ संस्करणको ग्रिष्मकालीन ओलम्पिक सन् २०२८ मा अमेरिकाको लस एन्जलसमा हुने भएको छ ।

२.  बङ्गलादेशमा अन्तरिम सरकार प्रमुखका रूपमा को चयन भएका छन् ? 

➤मोहम्मद युनुस (नोबेल शान्ति पुरस्कार विजेता)

  • सन् २०२४ अगस्ट ८ मा उनी अन्तरिम सरकार प्रमुखका रूपमा चयन भएका हुन् । युनुसले सोही दिन राष्ट्रपति मोहम्मद शाहवुद्दिनबाट नयाँ सरकार प्रमुखका रूपमा शपथ लिएका छन् ।
  • आरक्षणको विरोधमा सुरु भएको आन्दोलन बङ्गलादेशी सरकारको दमनकारी शासनविरुद्ध मोडिएर प्रधानमन्त्री शेख हसिना राजीनामा दिई देश छाड्न बाध्य भएपछि नयाँ सरकारको चयन भएको हो ।
  • हसिनालाई हटाउन प्रमुख भूमिका खेलेको विद्यार्थी आन्दोलनका नेतृत्वकर्ता विद्यार्थी नेताहरूको प्रस्तावमा युनुसलाई अन्तरिम सरकारको नेतृत्व प्रदान गरिएको हो । नयाँ सरकारको नेतृत्व लिनकै लागि युरोपमा निर्वासित जीवन बिताउँदै आएका युनुस अगस्ट ८ का दिन स्वदेश फर्किएका थिए । युनुसलाई हसिनाको सरकारले १०० भन्दा बढी आपराधिक मुद्दाको आरोप लगाएपछि उनी फ्रान्सको राजधानी पेरिसमा निर्वासनमा बस्दै आएका थिए ।

३.  सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेसन्स लिगको उपाधि कसले जित्यो ? 

➤भारत (उपविजेता : नेपाल), सन् २०२४ अगस्ट

४.  ब्राजिलमा ६१ जनाको ज्यान जाने गरी विमान दुर्घटना कहिले भयो ? 

➤सन् २०२४ अगस्ट ९

  • ब्राजिलको साओ पाउलो राज्यमा विमान दुर्घटना हुँदा ५७ जना यात्रु र चालक दलका ४ सदस्यसहित ६१ जनाको निधन भएको छ ।

५.  प्रहरी सङ्ग्रहालयको निर्माण कहाँ गरिने भएको छ ? 

➤वसन्तपुर, काठमाडौँ

  • वसन्तपुरको हनुमानढोकास्थित तत्कालीन जिल्ला प्रहरी परिसर काठमाडौँको भवन भत्काएर उक्त स्थानमा प्रहरी म्युजियम बनाइने भएको छ ।

६.  साहित्यिक पत्रकार सङ्घले २०८१ को व्यथित काव्य सम्मान कसलाई प्रदान ग¥यो ? 

➤कवि मणि लोहनी

  • सङ्घले २०३० सालमा व्यथित काव्य पुरस्कार स्थापना गरेको हो ।
  • व्यथित काव्य डायस्पोरा सम्मान सुरेन उप्रेतीलाई प्रदान गरियो ।

७.  एसियाली फुटबल महासङ्घद्वारा दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता आयोजना गर्न कहिले अनुमति प्रदान गरियो ?

➤वि.सं. २०८१ साउन २४ (सन् २०२४ अगस्ट ८)

  • एएफसीले केही समयदेखि दशरथ रङ्गशालामा अन्तर्राष्ट्रिय स्तरका फुटबल प्रतियोगिता आयोजना गर्न अयोग्य भनेको थियो ।

८.  लगातार पाँच ओलम्पिकसम्म गोल्ड मेडल जितेर कीर्तिमान कायम गर्ने खेलाडी को हुन् ? 

➤मिजान लोपेज (क्युबा)

  • क्युबाका लोपेजले पेरिस ओलम्पिक्स अन्तर्गत कुस्तीको १३० केजी तौल समूहको फाइनलमा चिलीका रेस्लर यास्मिन अकोस्टालाई हराएर दुर्लभ कीर्तिमान कायम गरेका हुन् । यसअघि उनले सन् २००८, २०१२, २०१६ र २०२० मा गोल्ड मेडल जितेका थिए ।

९.  उत्तर अमेरिकी मुलुक मेक्सिकोमा पहिलो पटक महिला राष्ट्रपति बन्न सफल राजनीतिकर्मी को हुन् ?

➤क्लोडिया सेन्बाउम (सन् २०२४ जुन)

  • मेक्सिको सिटीकी ६१ वर्षीय पूर्वमेयर सेन्बाउमले ६० प्रतिशत मत प्राप्त गरिन् भने निकटतम प्रतिद्वन्द्वी सोचिट्ल ग्यालभेजले ३० प्रतिशत मत ल्याइन् ।

१०.  ‘दादानी प्रथा’ कस–कसको बिचमा प्रचलित व्यापारिक प्रथा हो ?

➤अलैँची उत्पादक किसान र खरिद गर्ने व्यापारीबिच

११.  सवारीसाधनको धुवाँको मात्रा नाप्ने एकाइ एचएसयु को पुरा रूप के हो ?

➤हाट्र्रिज स्मोक युनिट

१२.  नेपालको सबैभन्दा पुरानो अस्पतालका रूपमा चिनिने वीर अस्पतालको स्थापना कहिले भएको हो ?

➤वि.सं. १९४६ साउन १२

१३.  अन्तरिक्षमा सबैभन्दा बढी समय बिताई कीर्तिमान कायम गर्ने अन्तरिक्ष यात्री को हुन् ? 

➤ओलेग कोनोने

  • रुसी अन्तरिक्ष एजेन्सी रस्कोमसले कोनोने अन्तरिक्षमा एक हजार दिन बिताउने पहिलो व्यक्ति भएको घोषणा गरेको छ ।
  • ५९ वर्षीय कोनोनेले आफ्नो पाँचौँ अन्तरिक्ष यात्रामा हजार दिनको कोसेढुङ्गा पार गरेका हुन् ।
  • कोनोनेले यसअघि सबैभन्दा लामो समयसम्म अन्तरिक्षमा बिताउने रुसकै अर्को अन्तरिक्ष यात्री गेनाडी पेडाल्काको कीर्तिमान भङ्ग गरेका हुन् । पेडाल्काले अन्तरिक्षमा ८७८ दिन बिताएका थिए ।
  • आगामी सेप्टेम्बर २३ मा कोनोने पृथ्वीमा फर्कने कार्यक्रम छ । योसँगै कोनोनेले अन्तरिक्षमा कुल एक हजार ११० दिन बिताउने छन् ।

१४.  चितवन जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना भएको जिल्ला घोषणा कहिले गरियो ? 

➤वि.सं. २०८१ साउन ३२

१५.  हिमाली जिल्ला सोलुखुम्बुको थामेमा ठुलो क्षति हुने गरी कहिले बाढी आयो ? 

➤वि.सं. २०८१ साउन ३२

  • बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे गाउँका दर्जनौँ घर एवं होटल, विद्यालय बगायो ।
  • बाढीको वितण्डापछि थामे गाउँ बगरमा परिणत भयो ।
  • हिमताल विष्फोटनका कारण सो बाढी आएको जनाइएको छ ।

१६.  गाईखुरे झरना कुन जिल्लामा पर्छ ? 

➤लमजुङ

१७.  थाइल्यान्डको संवैधानिक अदालतले पदीय मर्यादामा आँच आउने कार्य गरेको भन्दै प्रधानमन्त्री श्रेथा थामिसिनालाई पदमुक्त गर्ने आदेश कहिले दिएको हो ?

➤सन् २०२४ अगस्ट १४

  • फौजदारी अभियोग लागेका व्यक्तिलाई मन्त्री नियुक्त गर्ने निर्णयबाट अगस्ट १४ मा भएको अदालतको फैसलापछि प्रधानमन्त्री श्रेथा पदमा रहन नसक्ने भएका हुन् ।
  • यही अदालतले राज्यको प्रमुख प्रतिपक्षी दल मुभ फरवार्ड पार्टीलाई विघटन गरी पार्टीका पूर्वनेता लिम्जारोएनरातलाई एक दशकका लागि राजनीतिमा प्रतिबन्ध लगाएको एक सातापछि यो मुद्दाबारे फैसला आएको हो ।

१८.  पेरिस ओलम्पिक २०२४ मा फुटबलको स्वर्णपदक जित्न सफल राष्ट्र कुन हो ? 

➤स्पेन

  • स्पेनले घरेलु टिम फ्रान्सलाई हराएर अतिरिक्त समयमा ५–३ ले हराएर स्वर्ण पदक जित्यो ।
  • एक महिनाको अन्तरालमा स्पेन दुई प्रमुख प्रतियोगिता जित्न सफल भएको छ ।
  • इङ्ल्यान्डलाई हराएर स्पेन युरोपेली च्याम्पियन भएको एक महिना पनि भएको छैन ।
  • फाइनलमा घरेलु टिम फ्रान्सविरुद्ध ५–३ को जित निकाल्दै स्पेनले पुरुष फुटबलमा स्वर्ण जितेको हो ।
  • स्पेनले टोकियो ओलम्पिक २०२० मा पुरुष फुटबलतर्फ रजत पदक जितेको थियो ।

१९.  सरकारले सार्वजनिक प्रशासनलाई चुस्त र प्रभावकारी बनाउने उद्देश्यका साथ १० वर्षे रणनीतिक योजना कहिले सार्वजनिक गरेको हो ?

➤वि.सं. २०७७ चैत २५

  • सबल सङ्घीयता, सक्षम, सुदृढ र उत्तरदायी सार्वजनिक प्रशासनको सोचसहित ल्याइएको रणनीतिक योजनामा स्थानीय तहको सबलीकरण, तहगत अन्तरसम्बन्धको सुदृढीकरण एवं व्यावसायिक, सदाचारी र उत्प्रेरित कर्मचारीतन्त्रको विकास गरी सार्वजनिक सेवा प्रवाहमा उत्कृष्टता ल्याउने उद्देश्य राखिएको छ ।
  • सार्वजनिक प्रशासनको सुधारका लागि पहिलो पटक यस्तो रणनीतिक योजना तर्जुमा गरिएको हो ।
  • सरोकारवालाहरूमा सङ्घीयताका सम्बन्धमा समान बुझाइ र समझदारी कायम गर्नु, जनप्रतिनिधि र कर्मचारीबिच सहयोगात्मक भावनाबाट कार्यसम्पादन गर्नु, नागरिकमा सार्वजनिक प्रशासनप्रति विश्वास अभिवृद्धि गर्नु, सार्वजनिक सेवा प्रशासनमा प्रतिभावान् जनशक्तिलाई आकर्षण गर्नु र टिकाइराख्नु जस्ता विषयलाई योजनाका प्रमुख चुनौतीका रूपमा लिइएको छ।

२०.  नेपालको इतिहासमा कुन काललाई पहिलो अभिलेखीकृत शासनकाल मानिन्छ ?

➤लिच्छवि काल

२१. विश्व स्वास्थ्य सङ्गठनका अनुसार वातावरणीय स्वच्छताका हिसाबले एयर क्वालिटी इन्डेक्स (एक्युआई) कति हुनु पर्छ ?

➤५० एक्युआईभन्दा तल

  • विश्व स्वास्थ्य सङ्गठनले ५० एक्युआईभन्दा तल भएको अवस्थालाई स्तरीय मानेको छ । नेपाल सरकारले भने त्यसलाई एक सयमुनि निर्धारण गरेको अर्थात् एक्युआई एक सयसम्मको अवस्थालाई सामान्य मानेको छ ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 47
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 127
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 113
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA