Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ साउन २०८१, बुधबार)

  • Ajnabee Khadka
  • July 17, 2024
  • 738

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ साउन २०८१, बुधबार)

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर (२ साउन २०८१, बुधबार)

१.  नेकपा एमालेका अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य केपी शर्मा ओली चौँथो पटक प्रधानमन्त्री पदमा कहिले नियुक्त हुनुभएको हो ? 

  • वि.सं. २०८१ असार ३०
  • राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम अध्यक्ष ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गरिएको हो ।
  • राष्ट्रपति पौडेलले सङ्घीय संसद्बाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पदमुक्त हुनुभएको पत्र असार २८ मा राष्ट्रपति कार्यालयमा प्राप्त भएपश्चात् उहाँले संविधानको धारा ७६ को उपधारा (२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री पदमा नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गर्नुभएको थियो ।
  • प्रतिनिधि सभाको पहिलो दल नेपाली कांग्रेसको समर्थनमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त गर्नुभएका एमाले अध्यक्ष ओली कांग्रेस र एमालेबिच असार १७ गते भएको सहमति अनुसार चौँथो कार्यकालका लागि प्रधानमन्त्री पदमा नियुक्त हुनुभएको हो ।
  • उहाँले २०८१ असार ३१ मा प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

२. धनकुटा र ओखलढुङ्गा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित कहिले भएका हुन् ? 

  • वि.सं. २०८१ असार २५

३. द मिसेस नेसनल २०२४ को उपाधि कसले जितिन् ? 

  • सुजाता सुब्बा (इलाम)
  • उनले प्रतियोगितामा वेस्ट फिगरको उपाधि पनि चुमेकी छन्।
  • प्रतियोगितामा मञ्जु आचार्य मस्ट इनरजेटिकसहित फस्ट रनर्सअप तथा मञ्जिल रञ्जितकार मस्ट पपुलर र मस्ट इन्टेलिजेन्ट उपाधिसहित सेकेन्ड रनर्सअप घोषित भएका छन्।

४. नेपालमा कृषि तथा पशु बिमाको सुरुवात कहिलेदेखि भएको हो ?

  • वि.सं. २०६९ माघ

५.  सम्राट अशोकले निर्माण गरेको लुम्बिनीको अशोक स्तम्भ कसले पत्ता लगाएका हुन् ?

  • डा. फुहरर 

६. लामिन यमाल (स्पेन) कुन खेलसँग सम्बन्धित छन् ? 

  • फुटबल

७.  भ्रष्टाचार निवारणका सम्बन्धमा प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा स्थापित अड्डाको नाम के हो ? 

  • धर्म कचहरी 

८.  नेपालमा धामी झाँक्रीले गजाले हिर्काएर बजाउने बाजालाई के भनिन्छ ?

  •  ढ्याङ्ग्रो 

९. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाकवि देवकोटा पुरस्कार–२०८० कसलाई प्रदान गर्यो ? 

  • श्रीहरि फुयाँल (कविता), रोशन थापा ‘नीरव’ (निबन्ध), अविनाश श्रेष्ठ (गद्याख्यान÷नाटक), प्रमोद प्रधान (बालसाहित्य÷लोकसाहित्य) र गोविन्दराज विनोदी (भाषा साहित्य)
  • गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार ः स्वप्निल स्मृति र सुनील पोखरेल
  • बिपी पुरस्कार ः किशोरकुमार अधिकारी (राजनीति), होमनाथ दाहाल, प्राडा हरिप्रसाद पराजुली र प्राडा योगेन्द्रप्रसाद यादव
  • इतिहास शिरोमणि बाबुराम आचार्य पुरस्कार ः इतिहासकार प्राडा जगदीशचन्द्र रेग्मी
  • योगमाया पुरस्कार ः प्राडा गोविन्दमान सिंह कार्की
  • आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार ः नारायण शर्मा
  • युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार ः डा. फडिन्द्रराज निरौला
  • सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार ः छत्रबहादुर कायस्थ
  • पुष्पलाल राष्ट्रिय पुरस्कार ः सिद्धिलाल सिंह (राजनीति), चतुर्भुज आत्रेय (साहित्य, संस्कृति र विज्ञान) र डा. विश्वनाथ सिंह (इतिहास)
  • भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार ः राजु परियार (सिप, कला, साहित्य र संस्कृति), आनन्दस्वरूप बर्मा (मानव अधिकार) र मञ्जुल (मेघराज नेपाल) र झविन्द्रबहादुर जिसी (समाजसुधार, संयुक्त रूपमा)
  • मन्त्रालयले भाषा एवं साहित्यतर्फको राष्ट्रिय प्रतिभा पुरस्कार गण्डकीका वसन्तबहादुर बराकोटीलाई प्रदान ग¥यो । संस्कृतितर्फ केदारप्रसाद पाठक (नुवाकोट), ललितकलामा सन्तकुमार शाक्य (ललितपुर) र सङ्गीत तथा नाट्य विधाको राष्ट्रिय पुरस्कार माइला लामा (काठमाडौँ) लाई प्रदान गरियो ।
  • प्रादेशिक प्रतिभा पुरस्कारतर्फ चार विधामा २८ जनालाई पुरस्कार प्रदान गरियो ।

१०. लेप्चा भाषाको लिपिलाई रोङ भनिन्छ भने तामाङ भाषाको लिपिलाई के भनिन्छ ? 

तमहिग

११.  भलिबलको आविष्कार गर्ने व्यक्ति को हुन् ?

  • विलियम जर्ज मोर्गन (सन् १८९५)
  • (अमेरिकाको म्यासाच्युसेट्सका मोर्गनले सन् १८९५ अप्रिल १८ मा भलिबल आविष्कार गरेका हुन् ।)

१२. प्राथमिक रङ्ग भन्नाले कुन कुन रङलाई बुझिन्छ ?

  • रातो, निलो र हरियो 

१३.  कुन हिमाललाई अफ्रिकाको छानो भनेर पनि सम्बोधन गरिन्छ ?

  • किलिमञ्जरो
  • अफ्रिकी महादेशको तान्जानियामा अवस्थित यो हिमाल त्यहाँको आकर्षक पर्यटकीय गन्तव्य पनि हो ।
  • यो अफ्रिकाको सबैभन्दा अग्लो हिमालका रूपमा रहेको छ ।
  • यो हिमाल आरोहण गर्दा विशेष तयारी र हिमाल चढ्दा चाहिने विशेष उपकरणहरू आवश्यक नपर्ने तर उचाइका कारण हुने ‘अल्टिच्युड सिकनेस’ भने लाग्न सक्ने हुन्छ ।

१४.  निपा भाइरस पहिलो पटक कहिले र कहाँ फेला परेको हो ?

  • सन् १९९९, मलेसिया
  • निपा भाइरस पहिलो पटक सन् १९९९ मा मलेसियामा फेला परेको । सन् २००१ देखि भारत र बङ्गलादेशका विभिन्न ठाउँमा यो सङ्व्रmमण बेला बेला देखिँदै आएको । सन् २०१८ अप्रिल÷मे मा भारतको केरलामा फैलिएको सङ्व्रmमणमा एक नर्ससहित १४ जनाको ज्यान गएको ।
  • यो भाइरसको सङ्व्रmमण भएको ५–१० दिनमा मानिसमा ज्वरो आउने, रिँगटा लाग्ने, बान्ता हुने, घाँटी दुख्ने हुन्छ, र सोपश्चात् रिँगटा लाग्ने, स्मरण शक्ति हराउने, श्वासप्रश्वासमा समस्या एवं मस्तिष्क सुनिने जस्ता समस्या देखा पर्छन् ।
  • निपा भाइरस फैलाउने जातको चमेरा नेपालमा पनि पाइने साथै भारतबाट सुँगुरहरू आयात हुने हुँदा नेपालमा पनि यस रोगको सङ्व्रmमणको जोखिम उच्च रहेको ।

१५.  अस्वीकार्य व्यक्ति  भन्नाले के बुझिन्छ ?

  •  कूटनीतिक शिष्टाचार अन्तर्गत विशेष सुविधा प्रदान गरिएकोमा त्यस्तो सुविधाको दुरुपयोग गर्ने एवं कूटनीतिक मर्यादाको उल्लङ्घन गर्ने व्यक्तिलाई होस्ट कन्ट्रीद्वारा अस्वीकार भनी घोषणा गरिएको व्यक्ति
  • अस्वीकार भएको व्यक्तिले निर्धारित समयमा त्यस्तो मुलुक छोड्नु पर्छ ।

१६.  ‘ए हाउस फर मिस्टर विश्वास’ र ‘इन अ फ्री स्टेट’ नामक कृतिका सर्जक को हुन् ?

  • भिएस नायपाल
  • उत्तर औपनिवेशकालीन परिवर्तनका पीडाका बारेमा प्रखर वक्ताका रूपमा परिचित नायपाल (सर विद्याधर सुरजप्रसाद नायपाल) ले सन् २००१ मा साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरेका हुन् ।
  • सन् १९३२ मा ट्रिनिडाडमा जन्मेका नायपालले नोबेल पुरस्कार ग्रहणका क्रममा दिएको मन्तव्यमा आफ्ना पुर्खा नेपालबाट आएको हुन सक्ने वताएका छन् ।

१७.  नेपालका चार धाम भन्नाले कुन कुन धार्मिक क्षेत्रलाई बुझाउँछ ?

  • बराह क्षेत्र, मुक्ति क्षेत्र, रुरु क्षेत्र र हरिहर क्षेत्र

 १८.  नेपालमा भारोपेली परिवार अन्तर्गतका भाषामध्ये सबैभन्दा बढी जनसङ्ख्याले बोल्ने भाषा कुन हो ? 

  • नेपाली 

१९.  विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ रहेको छ ?

  • जुम्ला
  • गुरु चन्दननाथ बाबाले भारतको काश्मिरबाट मार्सी धानको बिउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको छ ।
  • कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिन्छ ।
  • उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको छ ।
  • प्रोटिन र फाइबरलगायतका तìव बढी पाइने मार्सी चामल पोषिलो एवं स्वास्थ्यबर्धक रहेको छ ।

२०. “यदि तपाईं बदमास मान्छेको कुरा सुन्नुहुन्छ भने यहीँबाट बदमासी सुरु भइसक्यो भन्ने सम्झनुहोस् ।” भन्ने विचारक को हुन् ?

  • कन्फ्युसियस 

२१.  नेपालमा व्यावसायिक शिक्षाको सुरुवात गर्ने राजा को हुन् ?

  • जयस्थिति मल्ल

२२. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

  • दोलखा
  • सुन्द्रावती सेतीदेवी मन्दिर आसपास रहेको पहराको एउटै ढुङ्गामा सात वटा अद्भूत र आकर्षक कुण्ड रहेका छन् ।
  • सुन्द्रावती सेतीदेवी कुण्डमा एकादशी, रामनवमी, फागु पूर्णिमा जस्ता पर्वमा ठुलो मेला लाग्ने गरेको छ ।

२३.  काठको प्रयोग गरी विभिन्न मूर्ति, भाँडा एवम् झ्यालढोका, टुँडाल, फर्निचर आदि निर्माणसम्बन्धी कलालाई के भनिन्छ ?

  • काष्ठकला

२४.  ‘समरजङ्ग कम्पनी’ स्थापना गर्ने राजा को हुन् ?

  • रणबहादुर शाह
  • राणा कालमा यसलाई चप्रासीहरूको कम्पनी भनेर चिनिन्थ्यो ।
  • भीमसेन थापाले यो कम्पनीलाई जेल र अन्य सार्वजनिक महìवका कार्यालयहरूको सुरक्षाका लागि खटाएका थिए ।
  • चन्द्रशमशेरले यसलाई सडक र राणाहरूको दरबार निर्माण गर्ने काममा लगाएका थिए ।

२५.  ‘पार्लियामेन्ट अफ नेपाल’ नामक मोबाइल एप कहिलेदेखि सञ्चालनमा आएको हो ?

  • वि.सं. २०७४ साउन १२
  • युएनडीपीको सहयोगमा बनाइएको यो एपमार्फत संसदीय गतिविधि अर्थात् संसदको बैठक प्रत्यक्षरूपमा हेर्न र सुन्न सकिन्छ ।

२६.  इन्टरपोलको सदस्यता नेपालले कहिले प्राप्त गरेको हो ?

  • सन् १९६७ सेप्टेम्बर २७

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 691
  • Gorkhapatra 319
  • Others 1078
  • Vacancy 1
  • Past Questions 93
  • Nepal Police 7

Latest Blogs

United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 134
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 210
Federal Parliamentary Service, Overseer (Electrical) Written Examination - 2083/03/10
Past Questions

सङ्घीय संसद सेवा, ओभरसियर (इलेक्ट्रिकल) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 105
Staff Nurse (Fifth Level) Written Examination, 2083/03/09
Past Questions

स्टाफ नर्स (पाँचौं तह) लिखित परीक्षा, २०८३/०३/०९

  • Jun 25, 2026
  • 69
Education Service, Technical Assistant (P.A.) Written Examination - 2083/03/10
Past Questions

शिक्षा सेवा, प्राविधिक सहायक (प्रा.स.) लिखित परीक्षा - २०८३/०३/१०

  • Jun 25, 2026
  • 198
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA