Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर २०८१ असाढ १२

  • Ajnabee Khadka
  • June 26, 2024
  • 533

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर २०८१ असाढ १२

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर २०८१ असाढ १२

१.  राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सङ्गठनको उच्चस्तरीय बैठकमा सहभागी हुन कहिले स्विट्जरल्यान्ड प्रस्थान गर्नुभयो ? 

  • वि.सं. २०८१ जेठ २९
  • उक्त सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल २०८१ असार १ गते सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा जानुभएको थियो ।
  • उहाँ २०८१ असार ५ गते स्वदेश फर्किनु भयो ।

२.  टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबभन्दा कम बलमा शतक प्रहार गरी विश्व कीर्तिमान कायम गर्ने क्रिकेटर को हुन् ?

  • साहिल चौहान (इस्टोनिया) 
  • सन् २०२४ जुन १७ मा चौहानले साइप्रसविरुद्धको टी–२० अन्तर्राष्ट्रिय खेलमा २७ बलमै शतक प्रहार गरेर कीर्तिमान राखेका हुन् ।
  • साहिलले छिटो शतकको कीर्तिमान राख्नुका साथै एकै खेलमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमानसमेत रचेका छन् । उनले अफगानिस्तानका हज्रतुल्लाह जजाई र न्युजिल्यान्डका फिन एलेनको समान १६ छक्काको कीर्तिमान तोड्दै १८ छक्का प्रहार गरेका हुन् ।
  • एक दिवसीय क्रिकेटमा सर्वाधिक छिटो शतक प्रहार गर्ने क्रिकेटर दक्षिण अफ्रिकाका एबी डिभिलियर्स हुन् । उनले सन् २०१५ मा वेस्टइन्डिज विरुद्धको खेलमा ३१ बलमा शतक प्रहार गरेका थिए ।
  • यसै गरी टेस्ट क्रिकेटमा भने न्युजिल्यान्डका पूर्व खेलाडी ब्रेन्डन म्याककुलमले सन् २०१६ मा अस्ट्रेलिया विरुद्धको खेलमा ५४ बलमा शतक प्रहार गरी कीर्तिमान रचेका थिए।

३.  युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया ग्रुप काठमाडौँको सहआयोजनामा राजधानीमा सम्पन्न (२०८१ असार) राष्ट्रिय युवा गायन प्रतियोगितामा प्रथम हुन सफल प्रतिभा को हुन् ?

  • दीपकराज कालिराज (मकवानपुर) 
  • प्रतियोगितामा धनुषाका राजा राजपुत द्वितीय र रूपन्देहीका सुरज खाती तृतीय भए ।

४.  आइएमई समूहले अगाडि बढाएको मध्य कालीगण्डकी जल विद्युत् परियोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?

  • ६६.३ मेगावाट
  • म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकाको कालीगण्डकी नदीमा निर्माण गर्न लागिएको यो परियोजनामा लागत अनुमान ब्याजसहित १४ अर्ब ८३ करोड ९७ लाख रुपियाँ रहेको छ ।
  • आयोजनाका लागि ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट लगानी जुटाइएको छ ।
  • परियोजनामा ४.३ किलोमिटर सुरुङ निर्माण गरिने छ ।
  • परियोजनाबाट उत्पादित विद्युत् दाना सबस्टेसनमा जोडिने छ ।
  • आगामी अक्टोबरदेखि परियोजना निर्माण सुरु गरेर चार वर्षमा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

५.  विश्व बैङ्क अन्तर्गतको अन्तर्राष्ट्रिय विकास सङ्घ (आइडिए–२१) को बैठक कहिले र कहाँ सम्पन्न भयो ?

  • वि.सं. २०८१ असार ४–७, काठमाडौँ (सन् २०२४ जुन १८–२१) 

६.  प्रतिभा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • आख्यानकार भुवन ढुङ्गाना
  • महेश संस्कृत गुरुकुलम्, देवघाट, तनहुँलाई लीलानाथ विश्व मञ्जरी बराल प्रतिभा पुरस्कार, हास्य व्यङ्ग्यकार लक्ष्मण नेवटियालाई ज्वालाप्रसाद पोखरेल प्रतिभा पुरस्कार र कथाकार वनमाली निराकारलाई दीनवन्धु उषादेवी गोयल प्रतिभा पुरस्कार प्रदान गरिएको छ ।
  • चार वटै पुरस्कारको राशि जनही ५० हजार रुपियाँ रहेको छ ।
  • विराटलक्ष्मी प्रतिभा पुरस्कार गजलकार मधु पोखरेललाई प्रदान गरिएको छ ।
  • षडानन्द प्रतिभा पुरस्कार कविद्वय शकुन्तला मञ्जरी र चेतना अधिकारीलाई संयुक्त रूपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि २१ हजार रुपियाँ रहेको छ ।

७.  गायन रियालिटी सो नेपाल आइडल सिजन–५ को उपाधि जित्ने प्रतिभा को हुन् ?

  • करण परियार (बर्दिया) 
  • २०८१ असार ८ मा भएको ग्रान्ड फिनालेमा उनी बिजेता बनेका हुन् ।
  • उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपियाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन् ।
  • प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनर अप बनिन् । उनले ट्रफीसहित नगद १० लाख रुपियाा पुरस्कार प्राप्त गरिन् ।
  • दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने । उनले नगद पाँच लाख रुपियाँ प्राप्त गरे ।
  • थर्ड रनर अप बनेका दार्जिलिङकै मोहित भुजेलले स्कुटर पुरस्कार प्राप्त गरे ।
  • एपीवान टेलिभिजनले यो कार्यक्रम निर्माण गर्दै आएको हो । सिजन–५ चार महिनादेखि जारी थियो ।

८.  नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार नेपालको साक्षरता दर कति पुगेको छ ?

  • ७७.४ प्रतिशत

९.  दक्षिण अफ्रिकाको राष्ट्रपतिमा चयन हुन सफल राजनीतिज्ञ को हुन् ? 

  • सिरिल रामाफोसा (सन् २०२४ जुन)
  • दक्षिण अफ्रिकी संसद्ले अफ्रिकी राष्ट्रिय कङ्ग्रेस (एएनसी) का अध्यक्ष रामाफोसालाई राष्ट्रपतिको रूपमा पुनः निर्वाचित राष्ट्रपति रामाफोसाको यो दोस्रो कार्यकाल हो ।

१०.  ‘युनाइटेड नेसन पब्लिक सर्भिस डे’ कहिले मनाइन्छ ?

  • जुन २३

११.  हाल (2024 June) अतिकम विकसित राष्ट्र सबैभन्दा बढी कुन महादेशमा रहेका छन् ?

  • अफ्रिका 

१२.  विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन आरोहण गरी कीर्तिमान कायम गर्ने आरोही को हुन् ? 

  • निर्मल पुर्जा

१३.  अन्तर्राष्ट्रिय कृषि सम्मेलन हालै नेपालमा कहिले सम्पन्न भयो ? 

  • वि.सं. २०८१ असार ४–५
  • नेपालसहित विश्वका विभिन्न देशका कृषि र वातावरणसँग सम्बद्ध विज्ञ सहभागी सो सम्मेलन चितवनमा सम्पन्न भएको थियो ।
  • कृषि तथा वन विज्ञान विश्वविद्यालयको अनुसन्धान प्रसार निर्देशनालयद्वारा आयोजित सम्मेलन दिगो कृषिमा सहकार्य गर्ने निष्कर्षसहित सम्पन्न भएको छ ।

१४.  प्रदेश सभामा देशकै पहिलो महिला सभामुखमा चयन हुने नेतृ को हुन् ?

  • नन्दा गुरुङ (कर्णाली प्रदेश, नेकपा एमालेबाट, समानुपातिक) 
  • प्रदेश सभाको २०७९ माघ १ मा बसेको बैठकमा सत्तारूढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी कर्णाली प्रदेशको दोस्रो सभामुख र नेपालको इतिहासमै पहिलो महिला प्रदेश सभा सभामुख बन्न सफल भएकी छन् ।
  • प्रदेश सभाको पहिलो कार्यकालमा सात वटै प्रदेशमा सभामुख पुरुष चुनिएका थिए ।
  • गुरुङ सभामुखमा निर्वाचित भएपछि महिला सांसदहरूले ‘समावेशी अभ्यासको सुन्दर नमुना’ भन्दै यसले महिलामा ऊर्जा थप्ने विश्वास व्यक्त गरेका छन् ।

१५.  नेपाल स्रष्टा समाजले यस वर्षको योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान कसलाई प्रदान गर्यो ? 

  • शान्ता चौधरी (दाङ)
  • संस्थाले योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान विराटनगरकी कविता चापागाईंलाई प्रदान गरेको छ ।
  • योगमाया राष्ट्रिय नारी स्रष्टा सम्मान (राशि : रु. २५,१११।–) २०६५ सालदेखि प्रदान गरिँदै आएको छ ।
  • योगमाया न्यौपाने अभियन्ता राष्ट्रिय सम्मान (राशि : रु. ५०,००१।–) २०७५ सालमा स्थापना भएको हो ।

१६.  विश्व बैङ्कको नेपाल निर्देशकमा को नियुक्त भएका छन् ? 

  • डेभिड सिस्लेन (सन् २०२४ जुन)
  • सिस्लेनले काठमाडौंस्थित विश्व बैङ्कको उपक्षेत्रीय कार्यालयमार्फत माल्दिभ्स र श्रीलङ्काको राष्ट्रिय निर्देशकको समेत जिम्मेवारी निर्वाह गर्ने छन् ।

१७.  अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगितामा सय विकेट लिने पहिलो नेपाली बलर को हुन् ? 

  • सन्दीप लामिछाने
  • सन्दीपले सन् २०२४ जुन १७ मा टी–२० विश्वकप अन्तर्गत बङ्गलादेशविरुद्ध दुई विकेट लिँदै एक सय विकेट पुराएका छन् ।
  • उनले ५४ इनिङमा सयौँ विकेट लिएका छन् । यो टी–२० अन्तर्राष्ट्रियमा दोस्रो छिटो सय विकेटमा पुगेको क्षण हो ।
  • यो फम्र्याटमा सबभन्दा छिटो अफगानिस्तानका राशिद खानले ५३ इनिङमा १०० विकेट लिने कीर्तिमान राखेका छन् ।

१८.  विश्वको सबभन्दा पुरानो टेनिस प्रतियोगिता कुन हो ?

  • विम्वल्डन टेनिस प्रतियोगिता 
  • सन् १८७७ मा अल इङ्ल्यान्ड लन टेनिस एन्ड क्रोक्वेट क्लबमा पहिलो पटक खेलिएको हो ।

१९.  विश्वव्यापार सङ्गठनमा नेपालको व्यापार नीतिको समीक्षा पहिलोपल्ट कहिले गरियो ?

  • सन् २०१२ 
  • नेपालको व्यापार नीतिको दोस्रो समीक्षा सन् २०१८ डिसेम्बर ३ देखि ५ मा भएको हो । यसै गरी नेपालको आगामी व्यापार नीतिको समीक्षा सन् २०२५ मा हुने भएको छ ।
  • डब्लुटीओमा अल्पविकसित सदस्य राष्ट्रको व्यापार नीतिको समीक्षा हरेक छ–छ वर्षमा हुने गरेको छ ।

२०. ‘स्मार्ट गोरखापत्र’ को औपचारिक शुभारम्भ कहिले भएको हो ?

  • वि.सं. २०७४ फागुन २

२१.  विश्वमा लैङ्गिक उत्तरदायी बजेटको सुरुवात कुन राष्ट्रबाट भएको हो ?

  • अस्ट्रेलिया 

२२.  सबभन्दा धेरै स्थानीय तह भएको जिल्ला कुन हो ?

  • सर्लाही (११ नगरपालिका र ९ गाउँपालिका गरी २० स्थानीय तह) 
  • सबभन्दा धेरै स्थानीय तह भएको प्रदेश : कोशी (१३७)
  • सबभन्दा कम स्थानीय तह भएको प्रदेश : कर्णाली (७९)
  • दुई दुई वटा उपमहानगरपालिका भएको जिल्लाको सङ्ख्या : तीन । सुनसरी (धरान र इटहरी), बारा (जितपुर र कलैया) र दाङ (तुलसीपुर र घोराही)

२३.  नागरिक एप सञ्चालन तथा एपमार्फत सेवा प्रवाह गर्ने सम्बन्धमा समन्वय कायम गर्न गठित समन्वय समितिको संयोजक के हुने व्यवस्था छ ?

  • सञ्चार तथा सूचना प्रविधि मन्त्री 

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA