Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल विधुत प्राधिकरण ५ औँ तह प्रशासन २०८१/०३/०८ लोकसेवामा सोधिएको प्रश्न

  • Engineering Nepal
  • June 26, 2024
  • 1096

नेपाल विधुत प्राधिकरण ५ औँ तह प्रशासन २०८१/०३/०८ लोकसेवामा सोधिएको प्रश्न

नेपाल विधुत प्राधिकरण ५ औँ तह प्रशासन २०८१/०३/०८ लोकसेवामा सोधिएको प्रश्न

विद्युत प्राधिकरण प्रशासन पाँचौ तह २०८१/०३/०८

१. नेपालभित्र फेला परेको मातृत्व, पितृत्वको ठेगाना पत्ता नलागेको बेवारिसे नाबलक कुन आधारमा नेपालको नागरिक ठहर्छ?

  1. जन्म
  2. अङ्गीकृत
  3. वंशज
  4. मानार्थ

२. संघ प्रदेश र स्थानीय तहले आफ्नो अधिकार क्षेत्रभित्रको विषयमा कर लगाउन र ती स्रोतबाट राजस्व उठाउन सक्ने व्यवस्था नेपालको संविधानको कुन धारामा रहेको छ?

  1. ५७
  2. ५८
  3. ५९
  4. ६०

३. नेपाल सरकार (कार्य विभाजन) नियमावली २०७४ अनुसार संघीय तहमा मन्त्रालयको सङ्ख्या कति रहेको छ?

  1. २०
  2. २१
  3. २२
  4. २३

४. Father of Bureaucracy भनेर कसलाई चिनिन्छ?

  1. विड्रो विल्सन
  2. म्याक्स वेवर
  3. जोन मेजर
  4. हेनरी फियोल

५. नेपाल विद्युत प्राधिकरणको सहायक पाँचौं तहको पदको कार्य विवरण कसले स्वीकृत गर्ने व्यवस्था रहेको छ?

  1. मुख्य प्रशासकीय अधिकृत
  2. प्रशासन महाशाखा प्रमुख
  3. विभागीय प्रमुख
  4. कार्यालय प्रमुख

६. नेपाल विद्युत प्राधिकरणमा नयाँ स्थायी नियुक्ति हुने कर्मचारीलाई कति अवधि परीक्षणकालमा राखिन्छ?

  1. सबैलाई एक वर्ष
  2. पुरुषलाई एक वर्ष र महिलालाई छ महिना
  3. सबैलाई छ महिना
  4. परीक्षणकालमा राखिँदैन

७. नेपाल विद्युत प्राधिकरणको सहायक पाँचौं तहको रिक्त पदमा कति प्रतिशत खुला प्रतियोगिताद्वारा पूर्ति गरिने व्यवस्था रहेको छ।?

  1. ४५
  2. ५०
  3. ६०
  4. ७०

८. नेपाल विद्युत प्राधिकरणको लेखा परीक्षण समितिले आफ्नो कार्यसम्पादन प्रतिवेदन वर्षमा कति पटक सञ्चालक समिति समक्ष पेश गर्नुपर्दछ?

  1. कम्तिमा एकपटक
  2. कम्तिमा दुईपटक
  3. कम्तिमा तीनपटक
  4. कम्तीमा चारपटक

९. महालेखा परीक्षकको ६० औँ प्रतिवेदनअनुसार नेपालमा हालसम्मको अध्यावधिक बेरुजी रकम कति रहेको छ?

  1. ५ खर्ब ८७ अर्ब ३३ करोड ९४ लाख
  2. ५ खर्ब ८८ अर्ब ३३ करोड ९५ लाख
  3. ५ खर्ब ८० अर्ब ३० करोड ९० लाख
  4. ५ खर्ब ८८ अर्ब २० करोड ९४ लाख

१०. खरिद कार्यलाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन कहिलेदेखि लागू गरियो?

  1. विसं २०७५ फागुन १९
  2. विसं २०७३ असार २३
  3. विसं २०७२ फागुन १३
  4. विसं २०६३ पुस ३०

११. Plan Holiday भन्नाले के बुझिन्छ?

  1. कर्मचारीले वर्षभरिमा लिने बिदाको योजना
  2. योजनाविहीन वर्ष
  3. योजना तर्जुमा गर्न दिइने छुट्टी
  4. वित्तीय व्यवस्था नभएको योजना

१२. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार हाल नेपालमा वन क्षेत्रले कति प्रतिशत भूभाग ओगटेको छ?

  1. ४१.१४
  2. ४२.५०
  3. ४३.१०
  4. ४५.३१

१३. नेपालमा हालसम्म सञ्चालित आवधिक योजनाहरूमध्ये कुन आवधिक योजनामा झन्डै ९९% रकम खर्च गरिएको थियो?

  1. आठौं
  2. चौथो
  3. तेस्रो
  4. दोस्रो

१४. कुम्भकर्ण हिमाल कुन हिम श्रृङ्खला अन्तर्गत पर्दछ?

  1. कञ्चनजङ्गा
  2. खुम्बु
  3. रोल्वालिङ
  4. धवलागिरी

१५. नेपालसँग सिमाना नजोडिएको नेपालबाट सबैभन्दा नजिकको मुलुक र दूरी तलकामध्ये कुन हो?

  1. भुटान ३२ किलोमिटर
  2. बङ्गलादेश ३२ किलोमिटर
  3. भुटान २७ किलोमिटर
  4. बङ्गलादेश २७ किलोमिटर

१६. नेपालको जस्तै नक्सा भएको जिल्ला कुन हो?

  1. संखुवासभा
  2. पर्वत
  3. बाग्लुङ
  4. रोल्पा

१७. किलर माउन्टेन भनेर चिनिने हिमाल कुन हो?

  1. मनास्लु
  2. चोयु
  3. मकालु
  4. माछापुछ्रे

१८. ताल र सम्बन्धित जिल्ला बीच जोडा मिलाई सही विकल्प छनोट गर्नुहोस्।

ताल

क)जगदुल्ला ताल

ख)बराहा ताल

ग) घोडाघोडी ताल

घ) बाह्रकुने ताल

स्थान

१) दाङ

२) डोल्पा

३) खोटाङ

४) कैलाली

  1. क-२ ख-३ ग-४ घ-१
  2. क-३ ख-४ ग-२ घ-१
  3. क-२ ख-१ ग-४ घ-३
  4. क-४ ख-२ ग-१ घ-३

१९. रेड पाण्डाको लागि प्रसिद्ध राष्ट्रिय निकुञ्ज कुन हो?

  1. लाङटाङ राष्ट्रिय निकुञ्ज
  2. सगरमाथा राष्ट्रिय निकुञ्ज
  3. शिवपुरी राष्ट्रिय निकुञ्ज
  4. मकालु वरुण राष्ट्रिय निकुञ्ज

२०. धौवादी फलाम खानी कति क्षेत्रफलमा फैलिएको छ?

  1. १००० हेक्टर
  2. १०० हेक्टर
  3. १० हेक्टर
  4. १ हेक्टर

६० अर्ब लागतको धौवादी फलाम खानीको डीपीआर बन्दै

२१. सप्तकोशीका सहायक नदीहरूमध्ये सबैभन्दा पश्चिमबाट बग्ने कुन हो?

  1. इन्द्रावती
  2. सुनकोशी
  3. लिखु
  4. तामाकोशी

२२. नेपालको चुरे पहाड र महाभारत पर्वतको १२०० देखि २१०० मिटरसम्मको उचाइमा पाइने हावापानीलाई के भनिन्छ?

  1. उष्ण मनसुनी
  2. न्यानो समशीतोष्ण
  3. ठण्डा समशीतोष्ण
  4. लेकाली

२३. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रति वर्ग किलोमिटर कति रहेको छ?

  1. २०६
  2. २०२
  3. १९८
  4. १९२

२४. सबभन्दा न्यून जनघनत्व भएको भौगोलिक क्षेत्र कुन हो?

  1. तराई
  2. पहाडी
  3. हिमाली
  4. भित्री मधेश

२५. हरिसिद्धि नाच हेर्दाहेर्दै मर्ने राजा को हुन्?

  1. योगेन्द्र मल्ल
  2. प्रताप मल्ल
  3. भुपालेन्द्र मल्ल
  4. सिद्धि नरसिंह मल्ल

२६. गौतम बुद्ध काठमाडौँ उपत्यका आएको समयमा काठमाडौँ उपत्यकामा कुन वंशका राजाहरूको शासनकाल थियो?

  1. किरात
  2. लिच्छवी
  3. मल्ल
  4. गोपाल

२७. लिच्छवी कालमा व्यापार वाणिज्यमा लगाइने करलाई के भनिन्थ्यो?

  1. विषय
  2. कर
  3. भोग
  4. चैल कर

२८. किराँत वंशका अन्तिम राजा को थिए?

  1. जितेदस्ती
  2. स्थुँ
  3. बिरुपाक्ष
  4. गस्ती

२९. काठमाडौँ उपत्यकामा हर्न बजाउन निषेध कहिलेदेखि गरिएको हो?

  1. विसं २०७३ फागुन ७
  2. विसं २०७४ वैशाख १
  3. विसं २०७४ साउन १
  4. विसं २०७४ असोज २८

३०. सहिद गंगालाल श्रेष्ठलाई कहिले मारिएको थियो?

  1. विसं १९९७ माघ १४
  2. विसं १९५७ माघ १४
  3. विसं २००४ माघ १४
  4. विसं २००७ फागुन ४

३१. नेपालको प्रथम जननिर्वाचित संसदका प्रमुख सभामुख कृष्णप्रसाद भट्टराई थिए भने उपसभामुख को थिए?

  1. मोहम्मद मोहसिन
  2. गोपाल मानसिंह कार्की
  3. विश्वबन्धु थापा
  4. महेन्द्र नारायण निधि

३२. नेपालको जनगणना गर्ने कार्य कहिलेदेखि सुरु भएको हो?

  1. विसं २००८
  2. विसं १९५८
  3. विसं १९७८
  4. विसं १९६८

३३. सुन्धाराको निर्माण कसले गरेका थिए?

  1. पृथ्वीनारायण शाह
  2. बहादुर शाह
  3. भीमसेन थापा
  4. प्रताप सिंह शाह

३४. नेपालमा सबैभन्दा धेरै वडा भएको महानगरपालिका कुन हो?

  1. काठमाडौँ
  2. भरतपुर
  3. विराटनगर
  4. पोखरा

३५. ‘सबै जातको फूलबारी’ नामक कृतिका लेखक को हुन्?

  1. गोपाल प्रसाद रिमाल
  2. लक्ष्मीप्रसाद देवकोटा
  3. डोरबहादुर बिष्ट
  4. बालकृष्ण सम

३६. नेपालको सबैभन्दा ठूलो हिमताल कुन हो?

  1. खुम्बु
  2. च्छोरोल्पा
  3. तिलिचो
  4. गोसाइँकुण्ड

३७. ह्योल्मो जातिको बसोबासको मूल थलोको रूपमा कुन जिल्ला चिनिन्छ?

  1. ताप्लेजुङ
  2. सोलुखुम्बु
  3. सिन्धुपाल्चोक
  4. मुस्ताङ

३८. थारु जातिले लगाउने काठको जुत्तालाई के भनिन्छ?

  1. दोचा
  2. खराउ
  3. बुट
  4. पोलो

३९. आर्थिक वर्ष २०८०/८१ को बजेटले वार्षिक आर्थिक वृद्धि दर कति प्रतिशत हुने लक्ष्य राखेको छ?

  1. ४.५
  2. ५.०
  3. ५.५
  4. ६.०

४०. आर्थिक वर्ष २०८०/८१ को बजेटको अर्धवार्षिक मूल्याङ्कन पश्चात बजेट रकम संशोधन गरी कति कायम गरिएको छ?

  1. रू. १५३०२६६२ लाख
  2. रू. १४२१३२६९ लाख
  3. रू. १५९३८६७३ लाख
  4. रू. १५३०८३७३ लाख

४१. सरकारी बजेट प्रणालीसँग जोडिएको MTEF को उद्देश्य के हो?

  1. वार्षिक बजेट र आवधिक योजना बीचमा तालमेल गर्ने
  2. सरकारी खर्च स्रोत जुटाउने
  3. सार्वजनिक बजेट तर्जुमा मापदण्ड निर्धारण गर्ने
  4. सरकारलाई बजेट खर्चको लागि सुझाव दिने

४२. नेपालको मुख्य व्यापारिक साझेदार मुलुक कुन हो?

  1. चीन
  2. अमेरिका
  3. भारत
  4. बङ्गलादेश

४३. सार्क वडापत्रमा कतिवटा धारा रहेका छन्?

  1. १०
  2. ११
  3. १५
  4. २०

४४. सन् २०२२ देखि हालसम्म BIMSTEC बिमस्टेकको अध्यक्षता कुन राष्ट्रले गरिरहेको छ?

  1. म्यानमार
  2. नेपाल
  3. बङ्गलादेश
  4. थाइल्याण्ड

४५. सार्कको अङ्ग तलकामध्ये कुन होइन?

  1. शिखर सम्मेलन
  2. मन्त्रिपरिषद्
  3. आर्थिक परिषद्
  4. प्राविधिक समिति

४६. ASEAN का वर्तमान महासचिवको नाम के हो?

  1. Lim Jock Hoi
  2. Kao Kim Hourn
  3. Le Luong Minh
  4. Jack Kao Hoi

४७. राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालमा कतिवटा जातजाति रहेका छन्?

  1. १२३
  2. १२५
  3. १३५
  4. १४२

४८. विश्व स्वास्थ्य संगठनले कोभिड १९ को विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा कहिले गर्यो?

  1. मे ५ २०२३
  2. जुन ५ २०२३
  3. डिसेम्बर ५ २०२३
  4. जनवरी ५ २०२४

४९. अन्तर्राष्ट्रिय फुटबलमा ५० भन्दा बढी गोल गरेर रेकर्ड राख्ने नेपाली महिला खेलाडी को हुन्?

  1. एन्जिला तुम्वा पो सुब्बा
  2. सावित्रा भण्डारी
  3. अन्जना राणा मगर
  4. निरु थापा

५०. नेपालको संविधान अनुसार कसैलाई मृत्युदण्डको सजाय हुनेगरी कानुन बनाइने छैन भन्ने व्यवस्था कुन हक अन्तर्गत पर्दछ?

  1. सम्मानपूर्वक बाँच्न पाउने हक
  2. स्वतन्त्रताको हक
  3. न्याय सम्बन्धी हक
  4. समानताको हक

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 68
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 80
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 60
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 139
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 130
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA