Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Past Questions

नेपाल विधुत प्राधिकरण प्रशासन चौथो तहमा सोधिएका प्रश्नहरू

  • Susmita Shrestha
  • June 17, 2024
  • 806

नेपाल विधुत प्राधिकरण प्रशासन चौथो तहमा सोधिएका प्रश्नहरू

नेपाल विधुत प्राधिकरण प्रशासन चौथो तहमा सोधिएका प्रश्नहरू

1. राष्ट्रिय कृषि गणना, २०७८ अनुसार नेपालमा जम्मा घरपरिवार मध्ये कति प्रतिशत कृषक परिवार रहेको छ?

A) ७१

B) ६५

C) ६२

D) ५९

2. नेपालको पहिलो होम स्टे ( Home Stay) कहाँ स्थापना भएको हो?

A) कास्की

B) स्याङ्जा

C) पर्वत

D) बाग्लुङ

3. आर्थिक वर्ष २०७९/८० मा नेपालको विद्युत उत्पादनको जडित क्षमता कति मेगावाट पुगेको थियो ?

A) २२८४.४

B) २४८४.४

C) २६८४.४

D) २८८४.४

4. आर्थिक सर्वेक्षण २०७९/८० अनुसार कुल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कति प्रतिशत रहेको छ?

A) १०.१

B) १३.५

C) १८.५

D) २४.१

5. करेन्ट प्रवाहको लागि तलका मध्ये कुन तत्व आवश्यक पर्दछ ?

A) Proton

B) Electron

C) Nucleus

D) Neutron

6. आ.व. २०७९/८० सम्ममा नेपालको सौर्य ऊर्जाबाट विद्युत उत्पादनको क्षमता कति मेगावाट पुगेको थियो?

A) ५५

B) ७३

C) ८७

D) ९९

7. नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष को रहने व्यवस्था छ ?

A) ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वा नेपाल सरकारको विशिष्ट श्रेणीको कर्मचारी

B) जलस्रोत तथा सिंचाइ सचिव

C) अर्थ सचिव

D) नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक

8. नेपालमा वैकल्पिक ऊर्जाको मुख्य स्रोतका रूपमा केलाई लिइन्छ ?

A) सूर्यको प्रकाश

B) जलस्रोत

C) हावा

D) डिजेल

 9. नेपाल विद्युत प्राधिकरणको स्थापना कहिले भएको हो ?

A) वि.सं. २०४२ भदौ १

B) वि.स. २०४३ भदौ १

C) वि.सं. २०४४ भदौ १

D) वि.सं. २०४५ भदौ

10. संयुक्त राष्ट्रसंघमा बेलायतले सर्वप्रथम Veto कहिले प्रयोग गरेको थियो?

A) सन् १९४६

B) सन् १९५०

C) सन् १९५३

D) सन् १९५६

11. नोबेल पुरस्कार प्राप्त गर्ने संयुक्त राष्ट्रसंघका महासचिव को हुन् ?

A) ड्याग ह्यामर सोल्ड

B) कोफी अन्नान

C) बान कि मुन

D) A र B दुवै

12. जोडा मिलाउनुहास् ।

समूह (अ)                                                                                        समूह (आ)

क) सार्क रजत जयन्ती                                                                        १) चौधौं शिखर सम्मेलन

ख) सार्क शिखर सम्मेलन २/२ वर्षमा बस्ने व्यवस्था                              २) बाहौ शिखर सम्मेलन

ग) अफगानिस्तान सार्कमा प्रवेश                                                        ३) सोही शिखर सम्मेलन

घ) SAFTA को बडापत्रमा हस्ताक्षर                                                    ४) अठारौ शिखर सम्मेलन

A) क-३, ख-१, ग-४, घ-२

B) क-३, ख-४, ग-१, घ-२

D) क-३, ख-१, ग-२, घ-४

C) क-३, ख-४, ग-२, घ-१

13. गायक भक्तराज आचार्यको निधन कहिले भएको हो?

A) वि.सं. २०८० माघ १४

B) वि.सं. २०८० फागुन ७

C) वि.सं. २०८० फागुन १४

D) वि.सं. २०८० फागुन २१

14. नेपाल सरकारले जयपृथ्वीबहादुर सिंहलाई राष्ट्रिय विभूति कहिले घोषणा गरेको हो ?

A) वि.सं. २०७९ वैशाख २

B) वि.सं. २०७९ जेठ ६

C) वि.सं. २०७९ असार ६

D) वि.सं. २०७९ साउन २

15. हालै नेपाल भ्रमण गर्ने कतारका राजा को हुन् ?

A) शेख तमिम विन खालिफ अल थानी

B) शेख अहमद विन खालिफ अल थानी

C) शेख हमद विन खालिफ अल थानी

D) शेख मोहम्मद विन खालिफ अल थानी

16. प्रतिनिधि सभामा विद्युतीय हाजिरीको सुरुवात कहिलेबाट भएको हो ?

A) विसं २०८० माघ २०

B) विस २०८० माघ २१

C) विसं २०८० माघ २२

D) वि.सं. २०८० माघ २३

संसद सचिवालयले यसअघि सांसदहरूले हाजिरी पुस्तिका र विद्युतीय हाजिरीमध्ये कुनै एकमा हाजिर गरे हुने व्यवस्था मिलाउँदै आएको थियो। माघ २२ गतेदेखिको अधिवेशनबाट भने अनिवार्य रूपमा विद्युतीय हाजिरीको व्यवस्था गरिएको ।

17. विकल्पमा दिइएको कुन भिन्नमा ५/८ जोड्दा १ बराबर हुन्छ ?

A) ६ / २४

B) 4/2

C) ६/१६

D) ६/३

18. १६.६४ लाई २० ले भाग गर्दा कति हुन्छ ?

A) ०.८३२

B) ०.२०

C) ०.०२

D) ०.३२०

19. एउटा गाडीमा ३५ प्रतिशत महिला यात्रु थिए, यदि उक्त गाडीमा २६ जना पुरुष यात्रुहरू थिए भने जम्मा यात्रुहरूको संख्या कति थियो?

A) ४०

B) ४४

C) ४८

D) ५२

20. रु. ४,००० को वार्षिक १२ प्रतिशतका दरले ४ वर्षको साधारण ब्याज पत्ता लगाउनुहोस् । 

A) रू.१,९८०

B) रू.१,९६०

C) रू. १९४०

D) रू.१,९२०

21. एउटा व्यापारमा भएका ८ जना साथीहरूको  शेयरको औषत रू. १०० छ । प्रत्येकको रू. ८० शेयर सहित कति जना व्यापारीहरूलाई मिलाउँदा शेयरको औषत रू. ९० हुन्छ ? 

A) ५

B) ६

C) ७

D) ८

Question not celar.

22. Thesaurus tool in MS-Word is used for …….

A) Spelling suggestions

B) Grammar options

C) Synonym and Antonym words

D) Auto-correction

23. In MS-Excel, which function is used to count the number of cells that meet specific criteria within a specific range?

A) countif

B) count

C) average

D) max

24. Which of the following is an absolute cell reference?

A) IDI6

B) #D#6

C) %D%6

D) $D$6

25. Which view in MS PowerPoint allows to see multiple slides at once for editing purpose?

A) Slide Show View

B) Normal View

C) Slide Sorter View

D) Editing View

26. What is a URL in internet?

A) Search engines

B) Web browser

C) Address of the web pages

D) Data transfer technology in internet

27. चन्द्रज्योती विद्युतगृहको विद्युत उत्पादन क्षमता कति किलोवाट थियो?

A) ४००

B) ५००

C) ६००

D) ७००

28. निम्न कथनहरू अध्ययन गरी सही विकल्प रोज्नुहोस् ।

क) जैन धर्मको धार्मिक ग्रन्थ वचनामृत हो ।

ख) इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद हुन् ।

ग) बौद्ध धर्मको प्रमुख धार्मिक ग्रन्थ त्रिपिटक हो ।

घ) मुस्लिमहरूको धार्मिक स्थानलाई मस्जिद भनिन्छ

A) क र ग ठिक, ख र घ बेठिक

B) क बेठिक, ख, ग र घ ठिक

C) क, ख, ग र घ सबै ठिक

D) क, ग र घ ठिक, ख बेठिक

29. पाटनको कृष्ण मन्दिर कुन शैलीमा निर्माण गरिएको छ ?

A) गुम्बज

B) मुगल

C) शिखर

D) प्यागोडा

30. बैजनाथ धाम कुन जिल्लामा अवस्थित छ ?

A) अछाम

B) डोटी

C) बैतडी

D) दैलेख

31. उर्वशी खण्डकाव्यका लेखक को हुन् ?

A) लेखनाथ पौड्याल

B) सिद्धिचरण श्रेष्ठ

C) माधवप्रसाद घिमिरे

D) भिमनिधि तिवारी

32. निम्न तालहरूलाई तिनीहरू अवस्थित जिल्लासँग जोडा मिलाउनुहोस् ।

ताल                                                   जिल्ला

क) तिलिचो ताल                                   १) मुगु
ख) रारा ताल                                        २) मनाङ
ग) फोक्सुण्डो ताल                                ३) डोल्पा

A) क-१, ख-२, ग-३

B) क-३, ख-२, ग-१

C) क-१, ख-३, ग-२

D) क-२ ख-१, ग-३

33. Hill Station of Nepal भनेर तलका मध्ये कुनलाई चिनिन्छ ?

A) चुरे पर्वत

B) महाभारत पर्वत

C) मध्य भूमि

D) सीमान्त हिमाल

34. उपमहानगरपालिकासँग सम्बन्धित तलका मध्ये कुन विकल्प सही छ ?

क) उपमहानगरपालिका हुनका लागि कम्तीमा २ लाख स्थायी बासिन्दा भएको हुनुपर्छ ।

ख) उपमहानगरपालिका हुनका लागि पछिल्लो ५ वर्षको वार्षिक औषत आन्तरिक आय कम्तीमा २५ करोड रूपैयाँ भएको हुनुपर्छ ।

A) क मात्र ठिक

B) ख मात्र ठिक

C) क र ख दुवै ठिक

D) क र ख दुवै बेठिक

सुविधा/मानक विवरण
१. स्थायी बासिन्दा कम्तीमा दुई लाख स्थायी बासिन्दा भएको
२. वार्षिक औसत आन्तरिक आय पछिल्ला पाँच वर्षको वार्षिक औसत आन्तरिक आय कम्तीमा २५ करोड रुपैयाँ भएको
३. अस्पताल सुविधा कम्तीमा एक सय शैयाको एक अस्पताल सहित कम्तीमा दुई सय शैयाको अस्पताल सुविधा भएको
४. फोहरमैला प्रणाली फोहरमैला प्रशोधन तथा व्यवस्थापन प्रणाली भएको
५. सभाहल सभाहल भएको
६. रंगशाला र खेलकुद हल राष्ट्रिय स्तरको रंगशाला, व्यायामशाला तथा खेलकुद हल भएको
७. विद्युत, खानेपानी र सञ्चार सेवा विद्युत, खानेपानी र सञ्चार सेवाको उपलब्धता भएको
८. पक्की सडक नगरभित्रका प्रमुख सडकहरू पक्की भएको
९. उच्चस्तरीय शिक्षा उच्चस्तरीय शिक्षा तथा प्राविधिक शिक्षाको सुविधा भएको
१०. सार्वजनिक उद्यान र सभागृह सार्वजनिक धनक उद्यान र नगर सभागृहको व्यवस्था भएको
११. पुस्तकालय र व्यावसायिक स्थल आधुनिक पुस्तकालय र व्यवस्थित व्यावसायिक स्थल भएको
१२. अपाङ्गतामैत्री भवन सार्वजनिक प्रयोगका स्थल र भवनहरू अपाङ्गतामैत्री तथा भौतिक रूपमा पहुँचयोग्य भएको
१३. पर्यटकीय होटल, मोटल र रिसोर्ट पर्यटकीय स्तरको होटल, मोटल तथा रिसोर्ट भएको
१४. अन्य पूर्वाधार नगरपालिकालाई आवश्यक अन्य पूर्वाधार भएको
१५. अन्य सुविधा आवश्यक बमोजिमका अन्य सुविधा भएको

35. तलेजु मन्दिरको निर्माण कुन मल्ल राजाको पालामा भएको थियो ?

A) रत्न मल्ल

B) महिन्द्र मल्ल

C) लक्ष्मीनरसिंह मल्ल

D) जयप्रकाश मल्ल

36. भक्तपुरको अन्तिम मल्ल राजा को हुन् ?

A) भूपतिन्द्र मल्ल

B) रणजीत मल्ल

C) तेजनरसिंह मल्ल

D) महेन्द्र मल्ल

37. उपत्यकाका मल्ल राज्यहरूको विभाजन पूर्व एकीकृत मल्ल राज्यको राजधानी कहाँ थियो ?

A) कीर्तिपुर

B) ललितपुर

C) कान्तिपुर

D) भक्तपुर

38. समूह (अ) र समूह (आ) बीच जोडा मिलाइ सही विकल्प रोज्नुहोस् ।

समूह (अ)                                               समूह (आ)

क) शान्ति श्री                                          १) श्रीनिवास मल्ल

ख) स्वामी महाराज                                 २) यक्ष मल्ल

ग) नेपालेश्वर                                          ३) प्रचण्डदेव

घ) नेपाल मण्डलेश्वर                              ४) रणबहादुर शाह

A) क-३, ख-४, ग-१, घ-२

B) क-३, ख-१, ग-४, घ-२

C) क-३, ख-२, ग-४, घ-१

D) क-२, ख-१, ग-४, घ-३

39. नेपालमा ठण्डा समशीतोष्ण हावापानी कति उचाइमा पाइन्छ ?

A) १२०० मिटर देखि २१०० मिटरसम्म

B) २१०१ मिटर देखि ३३०० मिटरसम्म

C) ३३०१ मिटर देखि ५००० मिटरसम्म

D) ५००० मिटरभन्दा माथि

40. कोदो खेतीका लागि कुन किसिमको माटो उपयुक्त हुन्छ ?

A) बलौटे पत्थरिलो

B) रातो फुस्रो

C) तलैया

D) पाँगो

पानी नजम्ने बलौटे दोमट र रातो माटोमा उपयुक्त

41. नेपालको संविधानको अनुसूची ७ मा के व्यवस्था रहेको छ ? 

A) संघको अधिकार सूची

B) प्रदेशको अधिकार सूची

C) संघ र प्रदेशको साझा अधिकार सूची

D) संघ, प्रदेश र स्थानीय तहको साझा अधिकार सूची

42. सामाजिक न्यायको हक सम्बन्धी व्यवस्था नेपालको संविधानको कुन धारामा उल्लेख छ ?

A) ४०

B) ४१

C) ४२

D) ४३

43. नेपालको संविधान बमोजिम निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त कति वर्ष पूरा भएमा पद रिक्त हुने व्यवस्था रहेको छ?

A) ५८

B) ६०

C) ६३

(D) ६५

धारा २४५. निर्वाचन आयोग
(१) नेपालमा एक निर्वाचन आयोग रहनेछ जसमा प्रमुख आयुक्त र अन्य चार जना आयुक्त रहनेछन् । प्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगको अध्यक्ष भई काम गर्नेछ ।
(२) राष्ट्रपतिले संवैधानिक परिषदको सिफारिसमा प्रमुख निर्वाचन आयुक्त र आयुक्तको नियुक्ति गर्नेेछ ।
(३) प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदावधि नियुक्ति भएको मितिले छ वर्षको हुनेछ ।
(४) उपधारा (३) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहायको कुनै अवस्थामा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पद रिक्त हुनेछ ः–
(क) निजले राष्ट्रपतिसमक्ष लिखित राजीनामा दिएमा,
(ख) निजको उमेर पैंसठ्ठी वर्ष पूरा भएमा,
(ग) निजको विरुद्ध धारा १०१ बमोजिम महाभियोगको प्रस्ताव पारित भएमा,
(घ) शारीरिक वा मानसिक अस्वस्थताको कारण सेवामा रही कार्य सम्पादन गर्न असमर्थ रहेको भनी  संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपतिले पदमुक्त गरेमा,
(ङ) निजको मृत्यु भएमा ।

44. नेपालको संविधान हालसम्म कति पटक संशोधन भएको छ ?

A) ५

B) ४

C) 3

D) २

 45. नेपालको संविधान बमोजिम नागरिकको कर्तव्यमा तलका मध्ये कुन पर्दैन ?

A) नेपालको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताको रक्षा गर्नु

B) राज्यले चाहेको बखत अनिवार्य सेवा गर्नु

C) राज्यलाई अनिवार्य कर तिर्नु

D) संविधान र कानूनको पालना गर्नु

46. नेपालमा वन मन्त्रालयको स्थापना सर्वप्रथम कहिले भएको थियो ?

A) वि.सं. २००७

B) वि.सं. २००८

C) वि.स. २०१२

D) वि.सं. २०२४

47. Earth Hour कसले सञ्चालन गरेको कार्यक्रम हो ?

A) ICIMOD

B) ILO

C) WWF

D) IUCN

48. पृथ्वीको वायुमण्डलमा रहेको ओजोन तह कुन तत्वबाट बनेको हुन्छ ?

A) नाइट्रोजन

B) हाइड्रोजन

C) अक्सिजन

D) आर्गन

49. जलवायुको विश्वव्यापी समीक्षाले तापमान वृद्धिलाई १५ डिग्री सेल्सियसमा सीमित राख्न सन् २०१९ को तुलनामा सन् २०३० सम्म कति प्रतिशत हरितगृह ग्यास उत्सर्जन घटाउनु पर्ने मान्यता राखेको छ?

A) ३८

B) ४०

C) ४३

D) ४५

50. नेपाल सरकारको आधिकारिक पोर्टल वेबसाइट कुन हो ?

A) opmcm.gov.np

B) mofaga.gov.np

C) npc.gov.np

D) nepal.gov.np

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 94
  • Nepal Police 7

Latest Blogs

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 87
52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 58
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 71
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 145
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 244
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA