Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

२८औं राष्ट्रिय चिया दिवस

  • Ajnabee Khadka
  • April 27, 2024
  • 787

२८औं राष्ट्रिय चिया दिवस

२८औं राष्ट्रिय चिया दिवस

➤नेपालमा चिया दिवस हरेक वर्ष वैसाख १५ गते मानिन्छ भने अन्तर्राष्ट्रिय रुपमा चिया दिवस हरेक वर्ष मे २९ मा मनाइन्छ। (जानी राखौं: मङ्सिर १ लाई राष्ट्रिय कफी दिवसको रुपमा मानिन्छ।)

➤वि.सं. २०५४ देखि नेपालमा चिया दिवस मनाउन सुरु गरिएको हो।

➤वि.सं. २०८१ को राष्ट्रिय चिया दिवसको नारा : “संस्कृती, कृषि, पर्यटन र औद्योगिकीकरण, नेपाली चियाको दिगो बजारीकरण” 

तलको तालिकाले केही सम्बन्धित वर्षहरूका लागि राष्ट्रिय चिया दिवसको नाराहरू प्रस्तुत गर्दछ:

वि.सं. चिया दिवसको नारा
२०७७ “समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा चिया उद्योगको विकास र संरक्षण गरौँ।”
२०७८ “स्वदेशमा उत्पादित चिया पिउने गरौँ, स्वस्थ, समृद्ध र आत्मनिर्भर बनौँ।”
२०७९ “गुणस्तरीय चिया उत्पादन र सुनिश्चि बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार।”
२०८० “गुणस्तर, निर्यात र आर्थिक उपार्जन बढाऔं, चिया क्षेत्रलाई राष्ट्रको समृद्धिसँग जोडौँ।”

➤नेपालमा चिया खेती वि.सं. १९२० देखि सुरु भएको हो। (इलामका तत्कालीन बडाहाकिम गजराजसिंह थापा (जंगबहादुर राणाका ज्वाई) ले वि.सं. १९२० सालमा इलामबाट चिया खेतीको सुरुवात गरेको मानिन्छ।)

➤नेपालमा पहिलो पटक वि.सं. २०१६ सालमा झापामा बुधकरण चिया बगानको स्थापना भएको थियो।

➤नेपालमा चिया खेतिको प्रबर्द्धनको लागि वि.सं. २०२३ असोज २३ गते नेपाल चिया विकास निगमको स्थापना भएको हो।

➤तत्कालीन राजा वीरेन्द्र वीर विक्रम शाहदेवले वि.सं. २०३९ सालमा झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुम जिल्लालाई चिया क्षेत्रका रूपमा घोषणा गरेपछि नेपालमा सरकारीस्तरबाट व्यावसायिक चिया खेतीको सुरुवात भएको पाइन्छ।

➤चिया तथा कफी खेती र प्रशोधन गर्ने कार्यमा सामन्जस्य ल्याउन, आधुनिक प्रविधिको प्रयोगद्वारा उच्च गुणस्तरको चिया तथा कफी उत्पादन गर्ने र बजार व्यवस्थापन तथा निकासी पैठारी गर्नका लागि वि.सं. २०५० जेष्ठ २० गते राष्ट्रिय चिया तथा कफी विकास बोर्डको स्थापना भएको हो।

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1079
  • Vacancy 1
  • Past Questions 94
  • Nepal Police 7

Latest Blogs

Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 128
52nd G7 Summit
Current Affairs

५२ औं G-7 शिखर सम्मेलन

  • Jun 27, 2026
  • 60
5 Nations That Reached the Moon and Their Historic Missions
Others

चन्द्रमामा पुग्ने ५ राष्ट्रहरू र तिनका ऐतिहासिक मिसनहरू

  • Jun 27, 2026
  • 73
United Nations International Day Against Drug Abuse and Illicit Trafficking, 2026
Current Affairs

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको संयुक्त राष्ट्रसंघीय अन्तर्राष्ट्रिय दिवस, २०२६

  • Jun 26, 2026
  • 147
भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)
Others

भित्री ग्रहहरू (Inner Planets) र बाहिरी ग्रहहरू (Outer Planets)

  • Jun 26, 2026
  • 246
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA