Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • April 24, 2024
  • 841

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. अन्तर प्रदेश खेलमा प्रथम हुन सफल प्रदेश कुन हो ?

  • बागमती प्रदेश 
  • खेल आयोजना : बागमती प्रदेश
  • खेल सञ्चालन : २०८० चैत २–८
  • उद्घाटन : भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा
  • खेल सङ्ख्या : ९ (भलिबल, फुटबल, क्रिकेट, बक्सिङ, कराँते, तेक्वान्दो, एथ्लेटिक्स, ब्याडमिन्टन र पौडी)
  • समापन : हेटौँडाको पिप्ले क्याम्पा रङ्गशाला

२.  नेपालमै पहिलो ‘सावर बन्जी’ कहाँ सञ्चालन गरिने भएको छ ?

  • पोखरा

३. विसं २०८० चैत २८ मा सार्वजनिक चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग, २०७४ को प्रतिवेदनले एमबिबिएस तहका लागि अधिकतम शुल्क कति सिफारिस गरेको छ ? 

  • ३५ लाख रुपियाँ 

➤ चिकित्सा शिक्षा आयोगको प्रतिवेदनले दिएको महत्वपूर्ण सुझाव:

  • एमबिबिएस तहको अधिकतम शुल्क ३५ लाख र बिडिएसको १८ लाख रुपियाँ तोक्न सिफारिस,
  • मेडिकल कलेजहरूले भर्ना सूचनामै शुल्कको विवरण र विषयगत रूपमा उपलब्ध सिट सङ्ख्या अनिवार्य खुलाउनु पर्ने,
  • मेडिकल शिक्षामा देखिएका विकृति र विसङ्गतिलाई बढावा दिने वा अनियमितता गर्ने त्रिविका तत्कालीन उच्च पदस्थ अधिकारीलगायतमाथि कारबाही सिफारिससमेत गरिएको,
  • निजी मेडिकल कलेजलाई एकै स्थानमा सात सय शøयाको अस्पताल सञ्चालन गर्नुभन्दा दुर्गम क्षेत्र वा हिमाली तथा पहाडी जिल्लामा मापदण्ड तय गरी कम्तीमा तीनदेखि पाँच जिल्लामा आउटरिच अस्पताल सञ्चालन गर्नुपर्ने प्रावधान राख्न उपयुक्त हुने,
  • विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा रहेको तीन सदस्यीय आयोगमा डा. उपेन्द्र देवकोटा र शिक्षा मन्त्रालयका तत्कालीन सहसचिव सूर्यप्रसाद गौतम सदस्य थिए ।
  • आयोगले २०७४ माघमै तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदन छ वर्षसम्म सार्वजनिक हुन सकेको थिएन ।

४.  गजलकार प्रकट पङ्गेनी ‘शिव’ को निधन कहिले भएको हो ?

  • वि.सं. २०८१ वैशाख ४

५.  नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजना अन्तर्गतको मुख्य सुरुङ कहिले छिचोलियो ?

  • वि.सं. २०८१ वैशाख ३
  • निर्माण सुरु भएको ५३ महिनापछि मुख्य सुरुङ छिचोलिएको हो ।
  • २०७६ कात्तिकदेखि सुरुङ निर्माण सुरु भएको थियो । ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको थियो ।
  • यस अघि २०८० साउन ३२ गते सो आयोजना अन्तर्गतको आपत्कालीन उद्धार सुरुङ छिचोलिएको थियो ।

६.  अमेरिकाको पोर्टल्यान्डस्थित इन्टरनेसनल ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) को सहयोगी संस्थाका रूपमा आईओएफटिसी नेपालको स्थापना कहिले गरियो ?

  • वि.सं. २०८१ वैशाख (सन् २०२४ अप्रिल)

७.  महालेखा परीक्षकमा कसलाई नियुक्त गरियो ?

  • तोयम राया (२०८१ वैशाख ६)
  • संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा रायालाई सो पदमा नियुक्त गरिएको हो ।
  • रायाले सोही दिन नै पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभयो ।

८. विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालमध्ये १३ वटा हिमाल बिनाअक्सिजन सफल आरोहण गरी कीर्तिमान कायम गर्ने पर्वतारोही को हुनुहुन्छ?

  • निर्मल पुर्जा 
  • उहाँले गत सिजनमा पाकिस्तानका पाँच वटा हिमाल बिनाअक्सिजन २४ दिनमा सफल आरोहण गर्नुभएको थियो ।
  • उहाँले २०८१ को नयाँ वर्षको दिन आठ हजार मिटर अग्ला शिखरको ४४ पल्ट आरोहण गरेर एकै जनाले धेरै पटक अग्ला शिखर चढ्ने कीर्तिमान बनाउनु भएको छ । उहाँले आठ हजार मिटरभन्दा अग्ला १४ वटै शिखर पटक–पटक आरोहण गरी यो कीर्तिमान बनाउनु भएको हो ।

९.  १४ औँ केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि जित्न सफल टिम कुन हो ?

  • सुदूरपश्चिम प्रदेश 

➤ पहिलो : सुदूरपश्चिम (१९ स्वर्ण, १२ रजत र १८ कांस्य गरी ४९ पदक)

➤ दोस्रो : बागमती (१७ स्वर्ण, १३ रजत र १५ कांस्य गरी ४५ पदक )

➤ तेस्रो : कर्णाली (१० स्वर्ण, ५ रजत र १६ कांस्य गरी ३१ पदक )

➤ चौथो : कोशी (८ स्वर्ण, ९ रजत र ९ कांस्य गरी २६ पदक)

➤ पाँचौँ : लुम्बिनी (६ स्वर्ण, ११ रजत र १८ कांस्य गरी ३५ पदक)

➤ छैटौँ : गण्डकी (३ स्वर्ण, १० रजत र १३ कांस्य गरी २६ पदक)

➤ सातौँ : मधेश (३ स्वर्ण, ६ रजत र ९ कांस्य गरी १८ पदक)

  • खेल सञ्चालन : विसं २०८१ वैशाख ४–६
  • उद्घाटन : दशरथ रङ्गशालामा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा
  • कुल खेलाडी : ६८६
  • आशिष महरले ३६ वर्षअघिको कीर्तिमान भङ्ग गर्नु भयो । राष्ट्रिय खेलकुद परिषद्द्वारा आयोजित राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत ट्रिपल जम्पमा सुदूरपश्चिम प्रदेशका आशिष महरले छात्र ट्रिपल जम्पमा १४.१९ मिटर दुरी हाम्फाली ३६ वर्षअघिको जुनियर राष्ट्रिय कीर्तिमान भङ्ग गरी स्वर्ण पदक जित्नुभयो । उहाँले २०४४ सालमा धनवीर चौधरीले बनाउनुभएको १४.०६ मिटरको कीर्तिमान तोड्नुभएको हो ।)
  • तेक्वान्दोमा बागमतीको दबदबा
  • उसुमा बागमती टिम च्याम्पियन
  • कबड्डीमा सुदूरपश्चिमलाई दोहोरो उपाधि

१०.  शिलापत्र वर्ष व्यक्ति २०८० घोषित व्यक्तित्व को हुनुहुन्छ ? 

  • सावित्रा भण्डारी ‘साम्बा’

१. वर्ष व्यक्ति–सावित्रा भण्डारी ‘साम्बा’ (महिला फुटबलर)

२. वर्ष कलाकार–अभिनेता दयाहाङ राई

३. वर्ष खेलाडी–क्रिकेटर दिपेन्द्र सिंह ऐरी

४. वर्ष कार्टुनिष्ट–रवि मिश्र

५. वर्ष पुस्तक : आख्यानतर्फ–अडिएका पाइला

६. गैर आख्यानतर्फ–काली–कर्णालीको लोकसाहित्य तथा संस्कृति

७. कवितातर्फ–साला पहाडमें क्या है

८. वर्ष सिनेमा : जारी

९. वर्ष नाटक : दमिनी भिर

  • शिलापत्रले २०७७ सालदेखि वर्ष व्यक्ति, वर्ष खेलाडी, समाचार निर्माता र वर्ष पुस्तक घोषणा गर्न थालेको हो ।

११.  ओजोन तह संरक्षणसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन कहिले र कहाँ आयोजना गरियो ?

  • सन् १९८७, क्यानडाको मन्ट्रियल 

१२.  नेपालमा निकासी वृद्धि गर्ने उद्देश्यले द्वय विनिमय दर प्रणाली कहिलेदेखि लागु गरियो ?

  • वि.सं. २०३४

१३.  साहित्यिक पत्रकार सङ्घले हिमडमरु उपाधिबाट कसलाई सम्मानित गरियो ?

  • बालकृष्ण बस्नेत (प्रेस काउन्सिल नेपालका अध्यक्ष) 
  • हिमाल तथा पर्यावरण जोगाउन र जलवायु परिवर्तनको असरबारे सचेत गराउन पत्रकारिता क्षेत्रबाट योगदान पु¥याएको भन्दै सङ्घले बस्नेतलाई सम्मान गरेको हो ।

१४. मानव अधिकार क्षेत्रमा देशको प्रतिष्ठित बद्री पहाडी समाजसेवा पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • डा. विष्णुमाया परियार 
  • पुरस्कार राशि रु. एक लाख १० हजार रुपियाँ रहेको छ ।
  • मानव अधिकार तथा शान्ति समाजले हरेक वर्ष यो पुरस्कार प्रदान गर्छ ।
  • सन् १९७३ को डिसेम्बर १९ मा गोरखाको दुर्गम गाउँको दलित परिवारमा जन्मिएकी डा. परियारको जीवनकथा अमेरिकाको म्यासाच्युसेट्स राज्यको शिक्षा विभागद्वारा कक्षा ७ को पाठ्यव्रmममा समेत संलग्न छ ।
  • प्रतिष्ठित अमेरिकी प्रकाशन गृह म्याकग्रहिलद्वारा प्रकाशित विश्वव्यापी पाठ्यपुस्तक ‘दि राइटर्स माइन्डसेट’ मा डा. परियारबारे लेखिएको एउटा पाठ छ ।
  • अधिकारका क्षेत्रमा क्रियाशील संस्था एसोसिएसन फर दलित वुमन्स एड्भान्समेन्ट अफ नेपाल (एड्वान) को संस्थापक अध्यक्ष डा. परियारले अमेरिकाको क्लार्क विश्वविद्यालयबाट स्नातकोत्तर गर्नुभएको छ । पाइन म्यानर कलेजले सन् २०१३ मा मानार्थ डि. लिट (डक्टर अफ लेटर्स) ले उहाँलाई सम्मान गरेको थियो ।

१५.  वसुन्धारा–मान प्रज्ञा प्रतिष्ठानले २०८१ सालमा प्रदान गर्ने वसुन्धराश्री पुरस्कारबाट कसलाई सम्मानित गरियो ?

  • कूटनीतिज्ञ भेषबहादुर थापा 
  • प्रतिष्ठानले कूटनीतिज्ञ विन्देश्वरी शाहलाई यस वर्षको मानश्री पुरस्कार प्रदान गरेको हो । शाह पहिलो नेपाली महिला राजदूत हुनुहुन्छ ।
  • दुवै पुरस्कारको राशि ७५ हजार रुपियाँ रहेको छ ।

१६.  नेपाली कविताको क्षेत्रमा प्रयोगवादी धाराको सूत्रपात गर्ने कवि को हुन् ?

  • मोहन कोइराला 

१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल सुन्द्रावती सेतीदेवी कुण्ड कहाँ रहेको छ ?

  • दोलखा

१८. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सन् २०२४ अप्रिलमा सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२३ अनुसार नेपालमा विदेशी पर्यटकको औसत बसाइ अवधि कति रहेको छ ?

  • १३.२ दिन 
  • बसाइ अवधि सन् २०२२ मा १३.१ दिन थियो ।
  • उनीहरूको दैनिक खर्च ४१ डलर पुगेको छ । यसअघि सन् २०२२ मा दैनिक औसत खर्च ४०.५ डलर थियो । कोरोना कालका दुई वर्ष (सन् २०२० र २०२१) नेपालमा पर्यटकको बसाइ अवधि क्रमश : १५.१ र १५.५ दिन थियो ।

१९.  चार्टर्ड एकाउन्टेन्ट्सको नियामक निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) को आयोजनामा लेखा व्यवसायीहरूको तेस्रो राष्ट्रिय सम्मेलन कहिले सम्पन्न भयो ?

  • वि.सं. २०८१ वैशाख ६–७ 
  • सम्मेलनमा लेखा व्यवसायसम्बन्धी वर्तमान गतिविधि एवं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चुनौती सम्बन्धमा विस्तृत विमर्श गरिएको थियो ।
  • सम्मेलनमा देशभरबाट करिब नौ सय लेखा व्यवसायी सहभागी थिए ।
  • आइक्यानको आयोजनामा सन् २०२२ मा पहिलो र सन् २०२३ मा दोस्रो सम्मेलन भएको थियो ।

प्रस्तुतकर्ता : टङ्क केसी

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 45
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 43
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA