Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

  • Ajnabee Khadka
  • April 11, 2024
  • 449

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

ईद उल-फित्र (Eid al-Fitr) को पावन अवसरमा इस्लाम धर्म विशेष:

☪ इस्लाम धर्म “अब्राहमिक परम्परा (केवल एउटै देवताको पूजासँग केन्द्रित धर्मलाई “अब्राहमिक धर्म” भनिन्छ।)” सँग सम्बन्धित “एकेश्वरवादी धर्म” हो।

☪ इस्लाम शब्दको अर्थ – “समर्पण” वा “आत्मसमर्पण” (सन्दर्भमा: अल्लाहको इच्छामा समर्पित)

☪ इस्लाम धर्मका अनुयायीहरूलाई “मुस्लिम/मुसलमान” भनिन्छ।

☪ इस्लाम धर्मका संस्थापक – पैगम्बर मोहमद (जन्म – सन् ५७०, मृत्यु – सन् ६३२)

☪ साउदी अरबमा अवस्थित मक्का सहरलाई इस्लाम धर्मको जन्मस्थल मानिन्छ।

☪ इस्लाम धर्मको सुरुवात परम्परागत रूपमा ७ औं शताब्दी ईस्वीमा भएको हो भन्ने मानिन्छ।

☪ इस्लाम धर्मको मूल ग्रन्थ – कुरान (Qur’an or Koran)

  • कुरानमा प्रार्थना, नैतिक निर्देशन, ऐतिहासिक कथा, र स्वर्गको प्रतिज्ञाहरू छन्।
  • कुरानमा यस धर्मका संस्थापक (पैगम्बर मोहमद) ले अल्लाहबाट प्राप्त गरेका शिक्षा र दिक्ष्यहरु समावेस छन्।
  • कुरान ११४ अध्याय (सूरा) मा संगठित छ जसमा व्यक्तिगत पदहरू (आयत) छन्।
  • कुरान मूल रूपमा अरबी भाषामा लेखिएको हो, कुरान मुस्लिम संसारमा सबैभन्दा अनुवादित पुस्तक हो।
  • जानी राखौं: इस्लाम धर्ममा कुरान पछिपनि चारवोटा पवित्र ग्रन्थहरू छन्।

☪ इस्लाम धर्म कुरान र यस धर्मका संस्थापक पैगम्बर मुहम्मदको शिक्षामा केन्द्रित पवित्र र सख्त प्रकृतिको धर्म हो।

☪ इस्लाम धर्मको केन्द्रीय विश्वास – “अल्लाह बाहेक कुनै ईश्वर छैन, र मुहम्मद अल्लाहका दूत हुनुहुन्छ।“

☪ इस्लाम धर्मलाई प्रमुख विश्व धर्महरु मध्ये सबैभन्दा कान्छो धर्मको रुपमा मानिन्छ।

☪ जसरी हिन्दु धर्मको पुजा स्थललाई “मन्दिर” र इशाई धर्मलाई “चर्च” भनिन्छ, इस्लाम धर्मको पुजा स्थललाई “मस्जिद” भनिन्छ।

  • विश्वोमा सबैभन्दा बादी मस्जिद भएको देश इन्डोनेसिया हो।
  • नेपालमा सबैभन्दा बढी मस्जिद भएको जिल्ला रौतहट हो।
  • विश्वोको सबैभन्दा पुरानो मस्जिद अल-हरम हो।
  • नेपालको सबैभन्दा पुरानो मस्जिद पञ्च कश्मीरी टाकिया मस्जिद हो।
  • विश्वोको सबैभन्दा ठुलो मस्जिद मस्जिद अल-हराम हो।
  • नेपालको सबैभन्दा ठुलो मस्जिद जामा मस्जिद रहमानिया हो।

☪ मुस्लिम धर्मावलम्बीहरूले दिनमा पाँच पटक प्रार्थना गर्नुपर्छ – बिहान, दिउँसो, मध्यान्ह, सूर्यास्त र साँझ।

  • इस्लाममा चार प्रकारका प्रार्थनाहरू छन्, जसमा फर्द (अनिवार्य प्रार्थना), वाजिब (आवश्यक प्रार्थना), सुन्न र नफल (स्वैच्छिक प्रार्थना) समावेश छन्।

☪ निम्न उल्लेखित पाँच स्तम्भहरू इस्लामका मूल विश्वास र अभ्यासहरू हुन्:

  1. विश्वासको पेशा (शहादा)
  2. प्रार्थना (नमाज)
  3. भिक्षा (जकात)
  4. उपवास (साम)
  5. तीर्थयात्रा (हज)

☪ इस्लाम धर्मको कानुनी व्यवस्थालाई “शरिया कानून” भनिन्छ।

☪ इस्लाम धर्ममा सातवटा सम्प्रदाय (ठूलो धार्मिक वा वैचारिक परम्परा भित्रको उपसमूह वा शाखाहरू) छन्; सुन्नी, शिया, वब्बी, सलाफी, बेरेल्वी, सुफी र देवबन्दी

☪ इस्लामिक तालिकाका दुई सबैभन्दा महत्त्वपूर्ण चाडहरू “इद-उल-अधा (Id-ul-Adha)” र “इद-उल-फित्र (Id-ul-Fitr)” हुन्।

☪ जन संख्याको आधारमा इस्लाम धर्म संसारको दोस्रो ठूलो धर्म हो। (पहिलो: इसाई धर्म)

☪ जन संख्याको आधारमा इन्डोनेसियामा इस्लाम धर्मका अनुयायीहरूको संख्या विश्वोव्यापी रुपमा सबैभन्दा बढी छ। (दोस्रो: पाकिस्तान र तेस्रो: भारत)

☪ नेपालमा जनसंख्याको आधारमा इस्लाम धर्म तेस्रो ठुलो धर्म हो (पहिलो: हिन्दु धर्म र दोस्रो: बौद्ध धर्म)। वि.सं. २०७८ सालको जनगणना अनुसार नेपालमा इस्लाम धर्मावलम्वीहरूको संख्या ५.०९% रहेको छ। नेपालमा धेरै मुस्लिम जनसङ्ख्या भएका जिल्लाहरू रौतहट, बाँके, कपिलवस्तु, पर्सा, महोत्तरी, बारा र सुनसरी हुन्।

Categories

  • Current Affairs 772
  • Gorkhapatra 339
  • Others 1172
  • Vacancy 1
  • Past Questions 139
  • Nepal Police 8

Latest Blogs

Lumbini Province, Seventh, Pharmacy Officer, 2083/05/22
Past Questions

लुम्बिनी प्रदेश, सातौँ, फार्मेसी अधिकृत, २०८३/०५/२२

  • Sep 07, 2026
  • 111
Lumbini Province, Fifth, Health Assistant, 2083/05/20
Past Questions

लुम्बिनी प्रदेश, पाँचौँ, हेल्थ असिष्टेन्ट, २०८३/०५/२०

  • Sep 07, 2026
  • 113
23rd Civil Service Day
Current Affairs

२३औँ निजामती सेवा दिवस

  • Sep 07, 2026
  • 67
Madan Award and Jagadamba-Shri Award (2082)
Current Affairs

मदन पुरस्कार तथा जगदम्बा-श्री पुरस्कार (२०८२)

  • Sep 06, 2026
  • 90
Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 42
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA