Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

प्रथम विश्वो युद्धको बारेमा सम्पूर्ण जानकारी

  • Ajnabee Khadka
  • April 09, 2024
  • 786

प्रथम विश्वो युद्धको बारेमा सम्पूर्ण जानकारी

प्रथम विश्वो युद्धको बारेमा सम्पूर्ण जानकारी
  • दोस्रो विश्वो युद्ध सुरु हुनु भन्दा अघि, पहिलो विश्वयुद्धलाई “The Great War (महायुद्ध)” भनिन्थ्यो।
  • प्रथम विश्वो युद्धको समय सीमा – २८ जुलाई, १९१४ – ११ नोभेम्बर, १९१८
  • प्रथम विश्वो युद्धलाई “the war to end all wars (सबै युद्ध अन्त्य गर्न युद्ध)” पनि भनिन्थ्यो।

  • प्रथम विश्वो युद्धको तत्काल कारण – अस्ट्रिया-हंगेरीको आर्कड्यूक फ्रान्ज फर्डिनान्ड (Archduke Franz Ferdinand of Austria-Hungary) र उनको पत्नी होहेनबर्गको डचेस सोफी (Sophie, Duchess of Hohenberg) को हत्या,
  • हत्यामा संलग्न मूल व्यक्ति – गेभ्रिलो प्रिन्सेप (Gavrilo Princip)
  • हत्यामा संलग्न मूल संगठन – ब्ल्याक ह्यान्ड सोसाइटी (Black hand society)
  • प्रथम विश्वो युद्धका अरु अन्य कारणहरु:
  • युरोपेली विस्तारवाद (European Expansionism)
  • सैन्यवाद (Militarism)
  • साम्राज्यवाद (Imperialism)
  • कट्टर देशभक्ति (Staunch patriotism)
  • गठबन्धनमा द्वन्द्व (Conflicts over Alliances)
  • सहस्राब्दीवाद (Millenarianism)
  • गोप्य कूटनीति (Secret Diplomacy)
  • राजनीतिक षड्यन्त्र (Political Conspiracy)
  • प्रभुत्वको लागि दौड (Race for dominance)
  • हतियारको वर्चस्व (Dominion of Arms)

  • अस्ट्रिया-हंगेरी (Austria-Hungary) ले सर्बिया (Serbia) विरुद्ध जुलाई २८, १९१४ मा गरेको युद्धको घोषणा पहिलो विश्वयुद्धको आधिकारिक सुरुवात थियो।

  • प्रथम विश्वो युद्ध दुई विरोधी गठबन्धनमा विभाजित विश्वका अधिकांश महाशक्तिहरू बीच लडिएको विश्वोव्यापी द्वन्द थियो।
  • प्रथम विश्वो युद्ध दुई राष्ट्रिय गठबन्धनबीच लडिएको – (The Entente, or the Allies and The Central Powers) मित्र राष्ट्र र धुरी राष्ट्र
  • मित्र राष्ट्र – मित्र राष्ट्रहरू फ्रान्स, बेलायत, रुस, संयुक्त राज्य अमेरिका, इटाली र जापानको नेतृत्वमा रहेको देशहरूको सैन्य गठबन्धन थिए। यस गठबन्धनमा उपनिवेश, अधिराज्य र सार्वभौम देशहरू सहित कुल २७ देशहरु थिए। यस गठबन्धनलाई The Quadruple Alliance पनि भनिन्थ्यो।
  • धुरी राष्ट्र – धुरी राष्ट्रहरू जर्मनी, अस्ट्रिया, बुल्गेरिया र ओटोमन साम्राज्य थिए। यस गठबन्धनमा उपनिवेश, अधिराज्य र सार्वभौम देशहरू सहित कुल ४ देशहरु थिए।

♠ प्रथम विश्व युद्ध – कालक्रम:

वर्ष मिति घटना
१९१४ २८ जुन अस्ट्रियाको आर्कड्यूक फ्रान्सिस फर्डिनान्डको हत्या,
२९ जुलाई अस्ट्रिया-हंगेरीले सर्बिया विरुद्ध युद्धको घोषणा,
अस्ट्रियाले सर्बियामाथि आक्रमण,
१ अगस्ट जर्मनीले रूस विरुद्ध युद्धको घोषणा,
२ अगस्ट जर्मनीले लक्जमबर्गमाथि आक्रमण,
३ अगस्ट जर्मनीले फ्रान्स विरुद्ध युद्ध घोषणा,
४ अगस्ट जर्मनीले बेल्जियममाथि आक्रमण,
ग्रेट ब्रिटेनले जर्मनी विरुद्ध युद्धको घोषणा,
६ अगस्ट अस्ट्रियाले रूस विरुद्ध युद्धको घोषणा,
१२ अगस्ट फ्रान्स र बेलायतले अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा,
२ नोभेम्बर रुस र सर्बियाले टर्कीविरुद्ध युद्धको घोषणा,
५ नोभेम्बर बेलायत र फ्रान्सले टर्की विरुद्ध युद्धको घोषणा,
१९१५ २५ अप्रिल गल्लीपोलीमा ब्रिटिश र फ्रान्सेली सेनाको अवतरण,
२६ अप्रिल बेलायत, फ्रान्स, रूस र इटाली बीच लन्डनको गोप्य सन्धि,
२३ मे इटालीले अस्ट्रिया-हंगेरी विरुद्ध युद्धको घोषणा,
१९१६ २१ फेब्रुअरी वेर्डूनको युद्धको शुरुवात
३१ मे – १ जुन जुटल्याण्डको युद्ध
२ जुन – १३ जुन माउन्ट सोरेलको युद्ध
१ जुलाई – १८ नोभेम्बर सोम्मे युद्ध
२७ अगस्ट इटालीले जर्मनी विरुद्ध युद्धको घोषणा,
१९१७ १ फेब्रुअरी जर्मनीले अप्रतिबंधित पनडुब्बी युद्ध सुरु गरेको,
६ अप्रिल संयुक्त राज्य अमेरिकाले जर्मनी विरुद्ध युद्ध घोषणा,
२६ जुन अमेरिकी सेना फ्रान्समा अवतरण,
३१ जुलाई – ९ अगस्त जर्मनीले रुसमाथि अन्तिम आक्रमण,
२७ नोभेम्बर भर्साइल्समा “सुप्रीम एलाइड युद्ध परिषद” स्थापना,
५ डिसेम्बर रुसले जर्मनीसँग युद्धविराममा हस्ताक्षर गरेको,
७ डिसेम्बर अमेरिकाद्वारा अस्ट्रिया-हंगेरीमाथि युद्धको घोषणा,
१५ डिसेम्बर धुरी शक्ति र रूस बीच युद्धविराम समाप्त,
१९१८ ८ जनवरी राष्ट्रपति विल्सनले शान्तिको लागि आफ्नो चौध बुँदे कार्यक्रम घोषणा,
३ मार्च रुसले ब्रेस्ट-लिटोभस्क सन्धिमा हस्ताक्षर,
२६ सेप्टेम्बर मित्र शक्तिले पश्चिमी मोर्चामा आफ्नो अन्तिम आक्रमण,
२९ सेप्टेम्बर बुल्गेरियाले युद्धविराममा हस्ताक्षर,
३ नोभेम्बर अस्ट्रियाले युद्धविराममा हस्ताक्षर,
११ नोभेम्बर जर्मनीले युद्धविराममा हस्ताक्षर ,

♠ प्रथम विश्वो युद्धको समयमा प्रमुख देशहरुको शासकहरु:

  1. बेलायत – राजा जर्ज पाँचौ (King George V)
  2. संयुक्त राज्य अमेरिका – वुडरो विल्सन (Woodrow Wilson)
  3. रुस – जार निकोलस द्वितीय (Tsar Nicholas II)
  4. फ्रान्स – रेमण्ड पोइन्कारे (Raymond Poincaré)
  5. जर्मनी – कैसर विल्हेम द्वितीय (Kaiser Wilhelm II)
  6. इटाली – भिक्टर इमानुएल तृतीय (Victor Emmanuel III)
  7. जापान – सम्राट ताइसो (Emperor Taishō)
  8. सर्बिया – निकोला पासिक (Nikola Pašić)
  9. अष्ट्रीया र हंगेरी – सम्राट फ्रान्ज जोसेफ प्रथम (Emperor Franz Joseph I) र सम्राट कार्ल प्रथम (Emperor Karl I)
  10. ओटोम्यान साम्राज्य – मेहमेद पाँचौ (Mehmed V)

पहिलो विश्वो युद्धमा शत्रुताको अन्त्यलाई चिह्नित गर्दै ११ औं महिनाको ११ औं दिनको ११ औं घण्टामा युद्धविराम लागु भएको थियो।

♠ प्रथम विश्वो युद्धको नतिजाहरु:

  1. प्रथम विश्वो युद्धमा १ करोड तीस लाख सैनिक र करिब ८५ लाख आम सर्वसाधारणको मृत्यु भएको थियो।
  2. प्रथम विश्वो युद्धमा सैनिक तथा आम सर्वसाधारण सहित २ करोड जना घाइते भएका थिए।
  3. सन् १९१९ मा हस्ताक्षर गरिएको भर्साइलको सन्धि (Treaty of Versailles) ले महत्त्वपूर्ण क्षेत्रीय क्षति, असैनिकीकरण र भारी क्षतिपूर्ति सहित जर्मनीमा कठोर सर्तहरू लगाएको थियो। यसलाई जर्मनी र अधिकांश मित्र राष्ट्रहरु बीचको युद्धको अवस्था समाप्त गर्ने सबैभन्दा महत्त्वपूर्ण सन्धि मानिन्छ।
  4. प्रथम विश्वो युद्धको परिणाम स्वरूप चार शाही राजवंशहरू पतन भए: अस्ट्रिया-हंगेरीको ह्याब्सबर्ग (Habsburgs), जर्मनीको होहेनजोलर्न (Hohenzollerns), ओटोमन साम्राज्यको सल्तनत (Sultanate), र रूसको रोमानोभ (Romanovs)।
  5. नयाँ राष्ट्रहरूको निर्माण: जस्तै पोल्याण्ड, चेकोस्लोभाकिया, युगोस्लाभिया, टर्की, इस्टोनिया, लाटभिया, लिथुआनिया, फिनल्याण्ड, अस्ट्रिया, हंगेरी, इराक, सिरिया र लेबनान।
  6. सिपाही र शरणार्थीहरूको सामूहिक प्रवास संसारको सबैभन्दा घातक इन्फ्लुएन्जा महामारी फैलिनुको मूल कारण बन्यो, जसलाई स्पेनिस फ्लू (Spanish Flu) पनि भनिन्छ।
  7. प्रथम विश्वो युद्धको अन्त्यपछि विजयी मित्र राष्ट्रहरू बीच क्षेत्रहरू बाँडिएपछि युरोपको नक्सा सदाको लागि परिवर्तन भयो।
  8. प्रथम विश्वो युद्धले रूसमा अक्टोबर क्रान्ति (October revolutiom) को नेतृत्व गर्‍यो, जसले बोल्सेभिक (Bolsheviks) हरूलाई रूसी सरकारको शक्तिको अधिनमा पुरायो। प्रथम विश्वो युद्धको क्रममा जार निकोलस द्वितीय र सम्पूर्ण परिवारको हत्या भएको थियो।
  9. प्रथम विश्वो युद्धपछि संयुक्त राज्य अमेरिका विश्व शक्तिको रूपमा उदय भयो।
  10. प्रथम विश्वो युद्धपछि शान्ति कायम राख्न र कूटनीति प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्र संघ (League of Nations, स्थापना मिति: सन् १९२०, जनुअरी १०) पहिलो अन्तर्राष्ट्रिय संगठनको रूपमा स्थापित भएको थियो।
  11. प्रथम विश्वो युद्धको अन्त्यपछि मध्य र पूर्वी युरोपमा राष्ट्रवादको विकासले दोस्रो विश्वयुद्धको जग खडा गर्यो।

♠ प्रथम विश्वो युद्धको अन्त्यमा भएको केहि महत्वपुर्ण सन्धिहरु:

  1. भर्साइलको सन्धि (Treaty of Versailles) – सन् १९१९, जुन २८ मा हस्ताक्षर भएको, इतिहासमा सबैभन्दा विवादास्पद युद्धविराम सन्धिहरू मध्ये एक, यस सन्धि अनुसार जर्मनी र सहभागी धुरी शक्तिका राष्ट्रहरुले प्रथम विश्वो युद्धको पूर्ण छेती बेहोर्नु पर्ने, निशस्त्रीकरण र सबै विदेशी उपनिवेशहरू त्याग्न भनि उल्लेखि गरिएको, भर्साइलको सन्धिले जर्मनी र संयुक्त राज्य अमेरिका, फ्रान्स र बेलायतको नेतृत्वमा रहेको मित्र राष्ट्रहरू बीचको शान्तिको अवस्थालाई रेखांकित गरेको,
  2. सेन्ट-जर्मेनको सन्धि (Treaty of Saint-Germain) – सन् १९१९, सेप्टेम्बर १० मा हस्ताक्षर भएको, सेन्ट-जर्मेनको सन्धिले औपचारिक रूपमा अस्ट्रिया राज्यको विघटन पुष्टि गरेको, अस्ट्रिया राज्यको अधिनबाट चेकोस्लोभाकिया, पोल्याण्ड, हंगेरी र अरु थुप्रै देशहरुको स्वोतान्त्रतालाई मान्यता दिएको,
  3. नेउली सन्धि (The Treaty of Neuilly) – सन् १९१९, नोवेम्बेर २७ मा हस्ताक्षर भएको, नेउलीको सन्धिले बुल्गेरियाको शक्तिमा सीमा निर्धारित गरेको, बुल्गेरियाले युगोस्लाभिया, ग्रीस र रोमानियासँग भूमि गुमाए, सन्धिको शर्त अनुसार बुल्गेरियाले युगोस्लाभिया, ग्रीस र रोमानियासँग जमिन गुमाएको,
  4. ट्रायनोन सन्धि (Treaty of Trianon) – सन् १९२०, जुन ४ मा हस्ताक्षर भएको, यस सन्धिको सर्त अनुसार हंगेरीले आफ्नो भूमिको दुई तिहाइ र जनसंख्याको एक तिहाइ छिमेकी देशहरू जस्तै रोमानिया, चेकोस्लोभाकिया र युगोस्लाभियालाई दिनु पर्ने भनि उल्लेख गरिएको,
  5. सेभ्रेस सन्धि (The Treaty of Sevres) – सन् १९२०, अगष्ट २० मा हस्ताक्षर भएको, यस सन्धिले ओटोमन साम्राज्यको आधिकारिक उन्मूलनको रूपमा कार्य गरेको र टर्की (तत्कालिन ओटोमन साम्राज्य) लाई अरब, एसिया र उत्तर अफ्रिकामा सबै अधिकार त्याग्न परेको,

संक्षेपमा,

सन्धि देश
भर्साइ सन्धि जर्मनी
सेन्ट-जर्मेनको सन्धि अस्ट्रिया
नेउलीको सन्धि बुल्गेरिया
ट्रायनोन सन्धि हंगेरी
सेभ्रेस सन्धि ओटोमन साम्राज्य

यो सब सन्धिहरु पेरिस शान्ति सम्मेलन (जनवरी १८, १९१९ – २१ जनवरी, १९२०) को क्रममा हस्ताक्षर भएको थियो।

♠ प्रथम विश्वो युद्धपछि प्रमुखतामा आएको केहि राजनैतिक विचारधाराहरू जसले दोस्रो विश्वो युद्धलाई प्रेरित गरेको थियो:

विचारधारा देश राजनीतिक अग्रज
फासीवाद (Fascism) इटाली (Italy) बेनिटो मुसोलिनी (Benito Mussolini)
साम्यवाद (Communism) सोभियत संघ (Soviet Union) जोसेफ स्टालिन (Joseph Stalin)
नाजीवाद (Nazism) जर्मनी (Germany) एडोल्फ हिटलर (Adolf Hitler)

अरु अन्य राजनैतिक विचारधाराहरु:

  • सर्वसत्तावाद
  • राष्ट्रवाद
  • अधिनायकवाद
  • सैन्यवाद

♠ प्रथम विश्वो युद्धमा नेपालको भूमिका:

  1. प्रथम विश्वो युद्धको समयमा नेपालमा जहानिया राणावंशको शासन चलिरहेको थियो।
  2. प्रथम विश्वो युद्धको समयमा नेपालको राणावंशीय शासक चन्द्र शमशेर ज.ब.रा थिए।
  3. प्रथम विश्वो युद्धको अन्त्यसम्ममा २०,००० भन्दा बढी हताहत र ६,००० मृत्युसहित ९०,००० भन्दा बढी गोर्खा सैनिकले सेवा गरेका थिए।
  4. प्रथम विश्वो युद्धमा भएको गल्लीपोली अभियान गोर्खा सैनिकहरूको योगदानको उच्च बिन्दु थियो।
  5. सन् १९१८ सम्म धुरी राष्ट्रहरु विरुद्धको द्वन्द्व विस्तार गर्दै प्रथम विश्वो युद्धको समयमा गोर्खा सैनिकहरूले यूरोप, उत्तर अफ्रिका र मध्य पूर्वमा युद्ध लडेका थिए।
  6. गोर्खा सैनिकहरूले मित्र राष्ट्रहरुको तर्फबाट प्रथम विश्वो युद्धमा सेवा प्रदान गरेका थिए।
  7. सन् १९१५ मा राइफलम्यान कुलवीर थापालाई उनको वीरताका लागि भिक्टोरिया क्रसबाट सम्मानित गरिएको थियो जसले उनलाई भिक्टोरिया क्रसबाट सम्मानित पहिलो गोर्खा सैनिकको रुपमा अंकित गरेको छ।
  8. प्रथम विश्वो युद्धमा गोर्खा रेजिमेन्टका सेना जवानहरुलाई कुल तीनवटा भिक्टोरिया क्रस प्रदान गरिएको थियो ।

Categories

  • Current Affairs 693
  • Gorkhapatra 319
  • Others 1084
  • Vacancy 1
  • Past Questions 96
  • Nepal Police 7

Latest Blogs

Detailed fact sheet on Earth's Moon (Luna)
Others

पृथ्वीको चन्द्रमा (Luna) को विस्तृत तथ्यपत्र

  • Jun 28, 2026
  • 105
Some important scientists and their contributions that revolutionized the study of the universe and space
Others

ब्रह्माण्ड र अन्तरिक्षको अध्ययनमा क्रान्तिकारी परिवर्तन ल्याउने केही महत्वपूर्ण वैज्ञानिकहरू र तिनका योगदानहरू

  • Jun 28, 2026
  • 90
Lumbini Province, Official Level 7, (Non-Technical) - 2083/03/13
Past Questions

लुम्बिनी प्रदेश, अधिकृतस्तर सातौँ तह, (अप्राविधिक) - २०८३/०३/१३

  • Jun 28, 2026
  • 193
Civil Sub-Engineer Objective exam (2083 Asar 12)
Past Questions

सिभिल सब-इन्जिनियर परीक्षा (२०८३ असार ६ गते)

  • Jun 28, 2026
  • 24
Agriculture (Plant Protection/Agronomy), N.P.S. – 2083/03/05
Past Questions

कृषि (प्लान्ट प्रोटेक्सन/एग्रोनोमी), ना.प्रा.स. – २०८३/०३/०५

  • Jun 27, 2026
  • 210
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA