Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • February 14, 2024
  • 806

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. सङ्गीत क्षेत्रको विश्वकै प्रतिष्ठित ग्रामी अवार्डमा लगातार चार पटकसम्म ‘एल्बम अफ दी इयर’ अवार्ड हात पार्न सफल गायिका को हुन् ?

  • अमेरिकी गायिका टेलर स्विफ्ट
  • लगातार यो अवार्ड पाउने उनी पहिलो व्यक्ति बनेकी छन् ।
  • सन् २०२४ को ६६ औँ ग्रामी अवार्ड हो ।
  • एल्बम अफ दी इयर : मिडनाइटस् (टेलर स्विफ्ट)
  • बेस्ट सङ अफ दी इयर : गायिका विली आइलिस (अमेरिका)
  • बेस्ट रेकर्ड अफ दी इयर : गायिका माइली साइरस (एल्बम: फ्लावर)
  • बेस्ट ग्लोबल म्युजिक एल्बम : यो पल, भारतीय गायक शङ्कर महादेवन र प्रख्यात तबला वादक जाकिर हुसैनको ‘शक्ति’ ब्यान्डको एल्बम

२.  मलेसियाको नयाँ राजा को बनेका छन् ?

  • इब्राहिम इस्कन्दर
  • सुल्तान इस्कन्दरको शपथ (माघ १७) मा भएको हो ।
  • उनी आगामी पाँच वर्षका लागि राजा निर्वाचित भएका हुन् ।
  • ६५ वर्षीय इस्कन्दर जोहर शाही परिवारका हुन् ।
  • सुल्तान इस्कन्दर आफ्नै निजी सेना, निजी जेट भएका अर्बपति हुन् ।

३.  नेपाल र अस्ट्रेलियाबिच व्यापार तथा लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?

  • सन् २०२४ फेब्रुअरी ९
  • अस्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अस्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सले सम्झौतामा हस्ताक्षर गर्नुभएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अस्ट्रेलिया भ्रमणका व्रmममा परराष्ट्रमन्त्री साउद र अस्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा सो सम्झौतामा हस्ताक्षर भएको हो ।
  • नेपाल र अस्ट्रेलियाबिचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पुराउन सम्झौता महत्वपूर्ण हुने विश्वास लिइएको छ ।

४. अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणीकरण प्राप्त गर्न सफल पहिलो नगरपालिका कुन हो ? 

  • तिलोत्तमा नगरपालिका (रुपन्देही)

५.  कुनै पनि मन्त्रालयले अन्य कुनै मन्त्रालय वा निकायसँग राय माग गरेको कति दिनभित्र सम्बन्धित मन्त्रालय वा निकायलाई फाइल फिर्ता नगरेमा स्वतः सहमति भएको मानिने छ ?

१५ दिनभित्र 

  • यो प्रावधान अनुसार अब अन्य मन्त्रालय वा निकायबाट रायका लागि माग भई आएका विषयमा सम्बन्धित मन्त्रालय वा निकायले १० दिनभित्र राय दिनुपर्ने र १५ दिनभित्र पनि नदिए त्यस विषयमा स्वतः सहमति दिएको मानिने छ ।
  • राय, सहमतिका लागि मन्त्रालयमा फाइल पुगे पनि त्यसउपर समयमै राय प्रतिव्रिmया तथा सहमति प्रदान नगर्ने र ढिलासुस्तीका कारण विकासनिर्माण, कानुन निर्माण तथा सेवा प्रवाहसम्बन्धी विभिन्न सरकारी निकायका कार्यमा असर परेपछि मन्त्रीपरिषद्ले २०८० पुस २४ मा यससम्बन्धी निर्णय गरेको जनाइएको छ ।

६.  आन्तरिक राजस्व विभागले स्थायी लेखा नम्बर (पान) वितरणमा बायोमेट्रिक प्रणाली पहिलो चरणमा कहाँ लागु गरेको हो ?

  • काठमाडौँ उपत्यका 
  • पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका करदाता सेवा कार्यालयमा आर्थिक वर्ष २०७७÷७८ देखि यो प्रणाली सुरु गरिएको छ ।
  • हाललाई बिपान (व्यावसायिक स्थायी लेखा नम्बर) उपलब्ध गराउँदा मात्र यस्तो प्रणली कार्यान्वयनमा ल्याइएको हो ।
  • बायोमेट्रिक प्रणाली बिस्तारै देशैभरका करदाता सेवा कार्यालयमा लागु गरिने छ ।

७.  लिम्बू भाषा कुन लिपिमा लेखिन्छ ?

  • सिरिजङ्गा
  • (यस लिपिको आविष्कार तेअङ्सी सिरिजङ्गाबाट भएको हो । उनको जन्म विसं १७६० को दशकमा ताप्लेजुङ जिल्लाको तल्लेक भन्ने ठाउँमा भएको हो ।)

८.  पुरातात्त्विक  शिल्पी सङ्ग्रहालयको निर्माण कहाँ गरिएको छ ?

  • गाउँसहरस्थित थुम्काडाँडा (लमजुङ)
  • (पहाडी दलित समुदायको पहिचानका रूपमा निर्माण भएको सो सङ्ग्रहालयमा पूर्वजहरूले बनाएका वस्तु राखिएका छन् ।)

 ९.  नेपालको पहिलो खुला दिसामुक्त घोषित जिल्ला कुन हो ?

  • कास्की
  • घोषणा भएको मिति : विसं २०६८ असार १०
  • खुला दिसामुक्त घोषणा हुने दोस्रो जिल्ला :  चितवन (२०६८ असोज ६)
  • तेस्रो : तनहुँ (२०६९ साउन ३)
  • नोट : दक्षिण एसियामै खुला दिसामुक्त घोषित हुने पहिलो राष्ट्र नेपाल २०७६ असोज १३ (सन् २०१९ सेप्टेम्बर ३०) ।

१०.  एम्नेस्टी इन्टरनेसनलको स्थापना कहिले भएको हो ?

  • सन् १९६१ 
  • वैचारिक आस्था एवं राजनीतिक तथा धार्मिक मतभेदका कारण बन्दी वनाइएकाहरूको सहयोग गर्ने उद्देश्यका साथ यो संस्थाको स्थापना भएको हो ।
  • विविध पक्ष (राजनीतिक, धार्मिक, सांस्कृतिक) का आस्थाका बन्दीहरूको अभिलेख तयार गरी तिनीहरूको मुक्तिका लागि सम्बन्धित मुलुकसमक्ष अनुरोधसाथ सिफारिस गर्ने कार्य यसले गर्दछ ।
  • ‘अन्तर्राष्ट्रिय क्षमादान सङ्गठन’ भनेर पनि चिनिने यस संस्थाको स्थापना बेलायतका कानुनविद् पिटर वेनेन्सनको सक्रियतामा भएको हो ।
  • यसको प्रधान कार्यलय बेलायतको लन्डनमा रहेको छ ।

११. ‘साहित्य लोकहितमा सृजित कलापूर्ण विषय एवं स्रष्टाको स्वच्छ हृदयबाट प्रस्फुटित प्रभावकारी चिन्तन हो’ भन्ने साहित्यकार को हुन् ?

  • घटराज भट्टराई

१२.  अष्टिम्की पर्व कुन जातिमा प्रचलनमा रहेको छ ?

  • थारू
  • महिलाहरू व्रत बसेर पूजाआजा गरी दुई दिनसम्म अष्टिम्की पर्व मनाउने परम्परा थारू समुदायमा रहेको छ ।
  • पर्वको सुरुको दिन बिहानै गाउँका भलमन्सा वा बडघरको घरमा बहरी (बैठक कोठा) का भित्ता लिपपोत गरी चुनले रङ्ग्याएर भगवान् श्रीकृष्ण र उनको जीवनमा आधारित चित्रहरू कोर्ने परम्परा रहेको छ ।
  • पर्वको दोस्रो दिन बिहानै भगवान् श्रीकृष्णको पूजाआजा गरिने । पूजाआजा सकेपछि त्यहाँ चढाइएका पूजा सामग्री त्यही बिहान नदी खोलामा सेलाउने गरिन्छ ।
  • नदी, खोलाबाट नुहाएर आएपछि घरमा फुलौरी, माछाको सुकुटी, खरियालगायतका परिकार खाने गरिन्छ । खानुअघि प्रत्येक परिकारबाट केही भाग निकालेर राखिन्छ, जसलाई फरहार भनिन्छ । सो परिकारलाई विवाहित छोरीचेलीलाई अग्रासन (कोसेली) का रूपमा दिने चलन छ ।

१३.  नागार्जुन दरबारको निर्माण कसले गरेका हुन् ?

  • जुद्धशमशेर 

१४.  संयुक्त राष्ट्रसङ्घमा उपमहासचिवको व्यवस्था कहिलेदेखि गरिएको हो ?

  • सन् १९९८ 
  • संयुक्त राष्ट्रसङ्घको पहिलो उपमहासचिव क्यानडाका लुइस फ्रेसेट (सन् १९९८ – २००६) हुन् ।
  • हाल संयुक्त राष्ट्रसङ्घको उपमहासचिवमा नाइजेरियाका अमिना जे. मोहम्मद रहेका छन् ।

१५.  नेपालको संविधानमा व्यवस्था भएबमोजिम राष्ट्रिय सुरक्षा परिषद्मा अध्यक्ष, सदस्य र सदस्यसचिवसहित कति सदस्यीय हुने व्यवस्था छ ?

  • आठ

१६.  जितगढी रुपन्देहीमा पर्दछ भने अमरगढी कहाँ पर्दछ ?

  • डडेलधुरा 

१७.  ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?

  • मार्क भानडोरेन, अमेरिकी कवि

१८.  हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?

  • आङरिता शेर्पा

(अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होत्से, अन्नपूर्ण, धवलागिरि, माउन्ट के टु लगायतका दर्जनाैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका छन् ।)

१९.  झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?

  • भाइजन

२०.  पश्चिम नवलपरासी बर्दघाट नगरपालिकास्थित दबिला क्षेत्रलाई के घोषणा गरिएको छ ?

  • बुद्धकालीन हलिदावसन नगर
  • गौतम बुद्धको मावलीस्थल प्राचीन कोलीय गणराज्य अन्तर्गत पर्ने विभिन्न नगरमध्ये एउटालाई स्थानीय सरकारले सो घोषणा गरेको हो ।
  • प्राचीन कोलीय गणराज्य अन्तर्गत उत्तरक, ककरपत्त, हलिदावसन, संयोगा, रामग्राम, सज्जनेल एवं कुन्डीय नामका सात नगर रहेको इतिहासविद्हरूले उल्लेख गरेका छन् । प्राचीन कोलीय राज्यको राजधानी हाल पण्डितपुरमा रहेको पुराताìिवक अध्ययनले देखाएको भए पनि अन्य प्राचीन नगरहरू कहाँ थिए भन्ने अध्ययन अनुसन्धानको विषय बनेको छ ।

२१.  चलचित्रका क्षेत्रमा नोबेल पुरस्कारका रूपमा मानिने प्रसिद्ध ओस्कार अवार्ड पहिलो पटक कहिले प्रदान गरिएको थियो ?

सन् १९२९ 

  • (सन् १९२९ मा स्थापित यो पुरस्कार पहिलो पटक सन् १९२९ मा ‘विङ्स’ चलचित्रलाई प्रदान गरिएको थियो ।)

२२.  नेपालमा सर्वप्रथम हुलाक टिकटको प्रकाशन कहिले गरियो ?

  • वि.सं. १९३८ 

२३.  नेपालको चालु १५ औँ योजना (२०७६/७७–२०८०/८१) ले योजन अवधिको अन्त्यसम्म सामाजिक सुरक्षामा आबद्ध जनसङ्ख्या कति प्रतिशत पुराउने लक्ष्य लिएको छ ?

  • ६० प्रतिशत 

२४.  इलेक्ट्रिक भेहिकलमा कुन ब्याट्रीको प्रयोग हुन्छ ?

  • लिथियम–आयन ब्याट्री

२५.  मनमोहक विचित्र गुफा कहाँ रहेको छ ?

  • गुल्मी 
  • गुफा करिब १८५ मिटर लामो रहेको छ ।
  • गुफाको मुख्य प्रवेशद्वारबाट झन्डै १५० मिटर भित्र पुगेपछि पाँच सय जनासम्म अट्ने स्थान रहेको छ, जसलाई सभाहल नामकरण गरिएको छ । त्यस्तै गुफामा शिवालय, राम र कृष्णको प्रतीक, विभिन्न नागको आकृति, गोपीकृष्ण, जटायुलगायतका आकृतिहरूले गुफा मनमोहक बनेको छ ।
  • गुल्मी सदरमुकाम तम्घासबाट चार कोस टाढा रहेको यो गुफा २०४५ सालमा ढेडु लखेट्दै जाने क्रममा फेला परेको स्थानीयले बताएका छन् ।

२६.  व्यथित काव्य सम्मान–२०७९ कसलाई प्रदान गरियो ?

  • गीता कार्की 
  • २०८० माघ २२ मा सो सम्मान प्रदान गरिएको हो ।
  • त्यसै गरी साहित्यिक पत्रकार सङ्घले २०७५ र २०७७ को व्यथित काव्य सम्मान क्रमशः श्रवण मुकारुङ र कृसु क्षेत्रीलाई प्रदान गरेको छ ।

२७.  हालै कुन खाडी मुलुकले विशेष सिप भएका विदेशीलाई देशको नागरिकता दिने गरी नागरिकतासम्बन्धी कानुन परिमार्जन गरेको छ ?

  • संयुक्त अरब इमिरेट्स (युएई) 

प्रस्तुतकर्ता : टङ्क केसी 

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA