Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • February 07, 2024
  • 783

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

लोक सेवा विशेष वस्तुगत प्रश्नोत्तर

१. गण्डकी प्रदेश नीति तथा योजना आयोगले प्रदेशको दोस्रो पञ्चवर्षीय योजनाको अवधारणापत्र कहिले सार्वजनिक गर्‍यो ?

  • वि.सं. २०८० माघ १८
  • गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्ण देवकोटाले माघ १८ गते पोखरामा अवधारणापत्र सार्वजनिक गर्नुभएको ।
  • गण्डकी प्रदेशको प्रथम पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) को समयावधि २०८१ असारमा सम्पन्न हुने भएकाले सोपश्चात्को पाँच वर्ष (२०८१/८२–२०८५/८६) को अवधिमा कार्यान्वयन हुने गरी दोस्रो पञ्चवर्षीय योजना तर्जुमाका लागि अवधारणापत्र तयार गरिएको ।
  • प्रदेशका ११ जिल्लामा पुगेर स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला, विज्ञ एवं सामाजिक क्षेत्रका व्यक्तिको राय लिएर अवधारणापत्र तयार पारिएको ।
  • यस प्रदेशको पहिलो पञ्चवर्षीय योजनामा १४.९ प्रतिशत गरिबीलाई ७.३ प्रतिशतमा झार्ने लक्ष्य रहेकोमा हाल ९.६ प्रतिशत रहेको छ भने दोस्रो पञ्चवर्षीय योजनाको सोसम्बन्धी लक्ष्य भने तय हुँदै छ ।

२. राष्ट्रिय कलाश्री पुरस्कार–२०८० कसलाई प्रदान गरियो ?

  • भागीरथी श्रेष्ठ 

नेपाली कला साहित्यडटकम प्रतिष्ठानद्वारा प्रदान गरिएका कलाश्री पुरस्कारहरू

  • राष्ट्रिय कलाश्री पुरस्कार : भागीरथी श्रेष्ठ (राशि : रु. एक लाख)
  • स–सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार : कवि कृसु क्षेत्री (राशि : रु. ७५ हजार)
  • थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार : कलाकार सम्झना राजभण्डारी (राशि : रु. ६० हजार)
  • बद्री राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार : साहित्यिक पत्रकार अश्विनी कोइराला (राशि : रु. ५० हजार)
  • पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार : सङ्गीतकार सन्तोष श्रेष्ठ (राशि : रु. ५० हजार)

३. राष्ट्रिय प्रतिभा सम्मान–२०८० कसलाई प्रदान गरियो ?

  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ

४. सन् २०२४ जनवरी २८ देखि फेब्रुअरी २ मा ताइवानमा सम्पन्न ‘ताइवान इन्टरनेसनल साइन्स फेयर’ मा नेपालले कुन स्थान हासिल गर्‍यो ?

  • चौथो 
  • नेपालले इन्जिनियरिङ विधामा चौथो स्थान हासिल गरेको ।
  • सो अन्तर्राष्ट्रिय विज्ञान प्रदर्शनी मेलामा नेपालका तर्फबाट सहभागी हेटौँडाका शाश्वत वाइवा (कक्षा ः १२ अध्ययनरत) को कृषि प्रविधिमा आधारित ‘एग्रो–गार्ड’ नामक रिसर्च प्रोजेक्टले चौथो स्थान हासिल गर्न सफल भएको ।
  • गणित, रसायनशास्त्र, इन्जिनियरिङलगायत विविध १३ विधा समेटिएको प्रदर्शनमा जापान, अमेरिका, सिङ्गापुर, न्युजिल्यान्ड, स्विट्जरल्यान्ड लगायतका २७ भन्दा बढी देशका राष्ट्रिय स्तरबाट छनोट भएका युवा वैज्ञानिक विद्यार्थीको सहभागिता रहेको ।
  • २० वर्षभन्दा कम उमेरका उच्च शिक्षामा अध्ययनरत राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका विद्यार्थीका वैज्ञानिक अनुसन्धान, नवप्रवर्तनात्मक अवधारणा र क्षमतालाई अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शन गर्न अवसर प्रदान गर्ने उद्देश्यसाथ हरेक वर्ष ताइवानको सूचना तथा प्रविधि मन्त्रालयमातहत नेसनल ताइवान साइन्स एजुकेसन सेन्टरले विज्ञान प्रविधि मेला आयोजना गर्दै आएको ।

५. ब्रान्ड गार्जियनसिप इन्डेक्स–२०२४ मा पहिलो स्थानमा पर्न सफल सिइओ को हुन् ?

  • मा हुवाटङ (सिइओ : टेसेन्ट)
  • सो सूचीमा रिलायन्स इन्डस्ट्रिज लिमिटेडका अध्यक्ष तथा प्रबन्ध निर्देशक मुकेश अम्वानी दोस्रो स्थानमा रहेका । अम्वानी भारतीयको सूचीमा पहिलो र विश्व स्तरका हिसाबले दोस्रो स्थानमा परेका ।
  • ब्रान्ड गार्जियनसिप इन्डेक्सले सबै स्टेक होल्डर्स, कर्मचारी, लगानीकर्ता र समाजको हितला
  • ध्यानमा राखेर प्रभावकारी रूपमा व्यापारको मूल्य सिर्जना गर्ने सिइओहरूलाई मान्यता दिने गरेको । उनीहरूको कम्पनीको ब्रान्ड र दीर्घकालीन मूल्य व्यवस्थापन गर्ने क्षमतालाई मापन गर्दै उक्त मूल्याङ्कन गरिने गरेको ।
  • ब्रान्ड फाइनान्सले अम्वानीलाई ८०.३ को बिजिआई अङ्क दिएको छ, जुन मा हुवाटङको ८१.६ अङ्कभन्दा थोरै मात्र कम हो ।

६. हालै (२०८० माघ) गण्डकी प्रदेशमा पहिचान गरिएको नयाँ पदमार्ग कुन हो ?

  • धवलागिरि पानोरमा ट्रेक
  • बेनी–टोड्केदेखि मालिका धुरी, ठाडाखानी कुइने, चौरखानी, ध्यासीखर्क, सुगुरथला, कछुवा ओडार, धवलागिरि आधार शिविर, कालीबराह हुँदै मुस्ताङ लेते जोड्ने नयाँ पदमार्गको पहिचान गरिएको ।
  • धवलागिरि, हिमशृङ्खला, ताल, झरना, धार्मिक स्थल आकर्षणका रूपमा रहेको यो पदमार्ग सात दिनमा पूरा गर्न सकिने ।
  • गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा र रघुगङ्गा
  • गाउँपालिकाको समन्वयमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल गण्डकीले नयाँ पदमार्गको पहिचान गरेको ।

७. मिसेस नेपाल क्यानडाको उपाधि जित्ने सुन्दरी को हुन् ?

  • सृष्टि श्रेष्ठ
  • क्यानडामा बस्दै आएका विवाहित महिलाबिचको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल क्यानडाको ताज सृष्टिले चुमेकी । संसारमा केको कमी छ भन्ने निर्णायक प्रश्नमा “आजको संसारमा अरूको भावना र अनुभवलाई महसुस गर्ने क्षमताको कमी छ । हामी एकअर्काको अन्तरसम्बन्धमा नै विभाजित हुँदै गरेको संसारमा बस्छौँ ।  हिजोआज जहाँ समझदारी र करुणा धेरै पछाडि छ । सहानुभूतिको संस्कृतिलाई बढावा दिएर हामीले एउटा यस्तो ठाउँको सिर्जना गर्नु पर्छ; जहाँ सबैले सुन्न, बुझ्न, स्वीकार गर्न, महसुस गर्न सकोस्” भन्ने सटीक जवाफ दिँदै उनले उपाधिको ताज चुमेकी । उनले प्रमुख उपाधिका साथमा मिसेस फ्रेन्डसिपको उपउपाधिलाई पनि आफ्नो बनाएकी ।
  • प्रतियोगितामा अलिशा राजभण्डारी फस्र्ट रनर्सअपका साथमा फोटोजेनिक र रश्मी थापा मगर सेकेन्ड रनर्सअप भएका ।
  • त्यस्तै यमी कर्माचार्य ट्यालेन्टेड र श्यामा लिम्बू पब्लिक च्वाइस अवार्ड विजेता भएका ।

८. बलिउडको प्रतिष्ठित फिल्म फेयर अवार्डमा सर्वोत्कृष्ट फिल्मको उपाधि कुन चलचित्रले जित्यो ?

  • टुवेल्थ फेल
  • सोही फिल्मबाट विधुविनोद चोपडाले सर्वोत्कृष्ट निर्देशकको अवार्ड चुमेका ।
  • सर्वोत्कृष्ट पटकथाको अवार्ड पनि ट्वेल्थ फेलले नै जितेको ।
  • फिल्म एनिमलबाट रणवीर कपुरले सर्वोत्कृष्ट अभिनेता तथा रकी और रानीकी प्रेमकहानीबाट आलिया भट्टले सर्वोत्कृष्ट अभिनेतृ, सोही फिल्मबाट शबाना आजमीले सहअभिनेतृ र इशिता मोइत्राले संवादको अवार्ड चुमेका ।
  • त्यस्तै डङ्कीबाट विक्की कौशलले सहअभिनेताको अवार्ड चुमेका ।
  • निर्देशक डेभिड धवनलाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको ।

९. व्यापार प्रवर्धन तथा निकासी केन्द्रका अनुसार मुलुकबाट सबैभन्दा बढी निर्यात हुने पाँच वस्तु के के हुन् ?

  • आइरन स्टिलका सामान, जुटका उत्पादन, जुस, अलैँची र प्लाइउड
  • आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा स्वदेशी वस्तुको कुल निर्यात ७४ अर्ब ९६ करोड ८० लाख रुपियाँ बराबरको भएकोमा पाँच वटा वस्तुको निर्यात मात्रै २३ अर्ब ७३ करोड १४ लाख रुपियाँ बराबरको भएको ।

१०. तेस्रो लगानी सम्मेलन ‘इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिट–२०२४’ कहिले हुने भएको छ ?

  • वि.सं. २०८१ वैशाख १६ र १७
  • लगानी बोर्डको कार्यालयले सो सम्मेलनको लोगो र नारा २०८० माघ १६ मा सार्वजनिक गरेको ।

११. अमेरिकाको लास भेगासमा सन् २०२४ जनवरीमा सम्पन्न मिसेस वल्र्ड–२०२३ मा ह्युमनिटेरियन अवार्ड जित्ने सुन्दरी को हुन् ?

  • पृथ्वीया थापा
  • विवाहित महिलाबिचको अन्तर्राष्ट्रिय प्रतियोगिता मिसेस वल्र्ड–२०२३ मा पृथ्वीयाले सेमिफाइनलसम्म पुगी ह्युमनिटेरियन अवार्ड जितेकी ।
  • मिसेस वल्र्डमा शीर्ष उपाधिबाहेक अन्य सात उपाधि रहेकोमा पृथ्वीयाले हेयुमनिटेरियन अवार्ड जितेकी ।
  • विश्वका ५७ भन्दा बढी देशका विवाहित सुन्दरीहरूको सहभागिता रहेको सो प्रतियोगिताको उपाधि जर्मनीकी जुलिया क्यारोलिनले जितेकी ।

१२. युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार–२०८० कसलाई प्रदान गर्‍यो ?

  • गोविन्द रेग्मी (गोरखापत्रका खेलपत्रकार)
  • यसै गरी प्रदेशतर्फको पत्रकारिता प्रोत्साहन पुरस्कारतर्पm कोशीबाट हरिप्रसाद कोइराला (गोरखापत्र), बागमती प्रदेशबाट गोविन्दराज नेपाल (अनलाइन खबर), मधेशबाट तिवारी यादव (नयाँ पत्रिका), गण्डकीबाट रोहितराज पराजुली (नयाँ पत्रिका), लुम्बिनीबाट रिखिराम जिसी (समाधान दैनिक), कर्णालीबाट नन्दराम जैशी (हिमालयन टाइम्स), सुदूरपश्चिमबाट नवाज पनेरू (बाह्रखरी अनलाइन) पुरस्कृत भएका ।
  • यसै गरी मन्त्रालयले खेलाडीसहित प्रशिक्षक, निर्णायक र खेल चिकित्सक गरी नौ जनालाई खेलकुद सम्मान प्रदान गरेको ।
  • सम्मानित हुने खेलाडीमा मेनुकाकुमारी राजवंशी (कबड्डी), नविता श्रेष्ठ (टेबलटेनिस), शिवसुन्दर गोथे (टेबलटेनिस), एरिका गुरुङ (कराते), शुभश्री श्रेष्ठ (टेबलटेनिस) र पलेसा गोवर्धन (पारा तेक्वान्दो) रहेका । प्रशिक्षकमा पार्वती राई (कबड्डी), निर्णायकमा तेजेन्द्रसिंह महरा (टेबलटेनिस) र आविष्कार पुडासैनी (फिजियोथेरापिस्ट, फुटबल) रहेका । सम्मानित सबैलाई जनही एक लाख रुपियाँ र सम्मानपत्र प्रदान गरिएको ।

१३. संयुक्त राज्य अमेरिकाले इराक र सिरियामा हवाई आक्रमण कहिले गरेको हो ?

  • सन् २०२४ फेब्रुअरी २
  • इरानको रिभोलुसनरी गार्ड (आइआरजिसी) र त्यसका समर्थित विभिन्न विद्रोही समूहलाई लक्षित गरी इराक र सिरियामा अमेरिकाले हवाई आक्रमण गरेको ।
  • अमेरिकाले यसलाई जोर्डनमा भएको ड्रोन हमलाको प्रतिक्रिया भनेको । गत साता जोर्डनमा भएको ड्रोन हमलामा परी तीन जना अमेरिकी सैनिक अधिकारीको मृत्यु भएको थियो भने ४० भन्दा बढी अन्य मानिस घाइते भएका थिए । ह्वाइट हाउसले ड्रोन हमलामा इरान समर्थित विद्रोही समूहको हात रहेको बताउँदै त्यसको चाँडै प्रतिक्रिया दिने चेतावनी दिएको थियो ।
  • इराक र सिरियाले दुई देशको सिमानामा अमेरिकाले आक्रमण गरेको र केही मानिसको मृत्यु भएको जनाएका ।

१४. २३ औँ आहा रारा पोखरा गोल्डकप–२०८० को उपाधि कसले जित्यो ? 

  • त्रिभुवन आर्मी क्लब
  • त्रिभुवन आर्मी क्लबले पहिलो पटक मोफसलकै प्रतिष्ठित फुटबल प्रतियोगिता आहा रारा पोखरा गोल्डकपको उपाधि जितेको । यसअघि चार पटक फाइनल पुगेर पनि उपाधि विमुख आर्मीले माघ २० मा भएको २३ औँ संस्करणको फाइनलमा थ्रिस्टार क्लबलाई ३–० गोलअन्तरले हराएर उपाधि जितेको ।
  • प्रतियोगितामा आर्मीका विमल पाण्डेले सर्वश्रेष्ठ खेलाडी घोषित भई टेल्जीको स्कुटर प्राप्त गरे ।
  • प्रतियोगितामा आर्मीका जिलेस्पीजङ्ग कार्की उत्कृष्ट फरवार्ड, आर्मीका समित श्रेष्ठ उत्कृष्ट गोलरक्षक, दिनेश हेन्जन सर्वाधिक गोलकर्ता (तीन गोल) र थ्रिस्टारका विवेक पौडेल उत्कृष्ट मिडफिल्डर घोषित भएका ।
  • आर्मीले ट्रफीसहित १२ लाख एक हजार नगदसहित ट्रफी हात पारेको । उपविजेता थ्रिस्टारले छ लाख एक हजार प्राप्त गरेको ।

प्रस्तुतकर्ता : टङ्क केसी  

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 44
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA