Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

ग्रहण विशेष जानकारी

  • Maishma Shrestha
  • January 12, 2024
  • 598

ग्रहण विशेष जानकारी

ग्रहण विशेष जानकारी
  • सूर्य, चन्द्रमा र पृथ्वी सिधा रेखामा पर्न गई चन्द्रमाको छाया पृथ्वीमा वा पृथ्वीको छाया चन्द्रमामा पर्नुलाई नै ग्रहण भनिन्छ।
  • चन्द्र ग्रहण पूर्व दिशाबाट सुरु हुन्छ।
  • सुर्यग्रहण पश्चिम दिशाबाट सुरु हुन्छ।
  • चन्द्रग्रहणमा सुर्य र चन्द्रमाको बिचमा पृथ्वी पर्छ र सुर्यको प्रकाश पृथ्वीले छेक्दा चन्द्रग्रहण लाग्छ ।
  • सुर्यग्रहणमा सुर्य र पृथ्वीको बिचमा चन्द्रमा पर्छ र चन्द्रमाले सुर्यलाइ छेक्दा सुर्य ढाकिन्छ र त्यस अवस्थालाई नै सुर्यग्रहण भनिन्छ।
  • चन्द्रग्रहण खग्रास र खण्डग्रास गरि २ प्रकारको हुन्छ भने सुर्य ग्रहण पुर्ण, आंशिक र बलय गरि ३ प्रकारको हुन्छ।
  • पूर्ण ग्रहण हरेक डेढ वर्षमा पृथ्वीको कुनै न कुनै ठाउँमा लाग्छ। जब चन्द्रमाले सूर्यलाई पूर्णतया ढाक्दैन आंशिक ग्रहण, भने पृथ्वीमा कतै वर्षमा कम्तिमा दुई पटक हुन्छ।
  • पूर्ण सुर्यग्रहण हेर्ने मौका पाउनु दुर्लभ छ। पृथ्वीमा चन्द्रमाको छाया धेरै ठूलो छैन, त्यसैले पृथ्वीमा स्थानहरूको सानो भागले मात्र देख्नेछ।
  • पूर्ण रूपमा कालो भागलाई सघन छाया (totally dark shadow) भनिन्छ, जहाँ प्रकाशका किरणहरू पूर्ण रूपमा पुग्दैनन्‌ भने
  • आंशिक रूपमा कालो भागलाई बिरल छाया (partially dark shadow) भनिन्छ।

चन्द्र ग्रहणका कारणहरू (Cause of eclipse)

(क) प्रकाश सिधा रेखामा यात्रा गर्नु

(ख) पृथ्वीको छाया चन्द्रमाको सतहमा पर्नु

(ग) सूर्य, पृथ्वी र चन्द्रमा एउटा रेखामा पर्नु

(घ) पृथ्वीले पनि आफ्नै कक्षमा सूर्यको परिक्रमा गर्नु र चन्द्रमाले पनि आफ्नै कक्षमा पृथ्वीको परिक्रमा गर्न

चन्द्र ग्रहणका प्रकारहरू (Types of lunar eclipse)

(क) पूर्ण चन्द्र ग्रहण : चन्द्रमाको सतहलाई पूर्ण रूपमा छोप्ने ग्रहणलाई पूर्ण चन्द्र ग्रहण भनिन्छ। यो ग्रहणमा सूर्यबाट आएका प्रकाशका किरणहरू चन्द्रमासम्म पुग्न पाउँदैनन्‌ ।

(ख) आंशिक चन्द्र ग्रहण : यस ग्रहणमा चन्द्रमा आंशिक रूपमा कालो बन्दछ।

सूर्य ग्रहणका कारणहरू (Causes of Solar eclipse)

(क) प्रकाशलै सिधा रेखामा यात्रा गर्नु 
(ख) चन्द्रमाको छाया पृथ्वीको सतहमा पर्नु
(ग) सूर्य, चन्द्रमा र पृथ्वी एउटै सिधा रेखामा पर्नु
(घ) चन्द्रमा र पृथ्वीले क्रमश : पृथ्वी र सूर्यलाई आआफूनो कक्षमा परिक्रमा गर्नु

सूर्य ग्रहणका प्रकारहरू (Types of Solar eclipse)

(क) पूर्ण सूर्य ग्रहण : यस ग्रहणमा सूर्य पूर्ण रूपमा कालो भएको देखिन्छ। पृथ्वीको एक ठाउँमा यो ग्रहण 360 वर्षमा हुने गर्दछ ।

(ख) आंशिक सुर्य ग्रहण : यस ग्रहणमा सूर्य आंशिक रूपमा कालो भएको देखिन्छ । चन्द्रमाको विरल छाया परेको पृथ्वीको सतहबाट
आंशिक सूर्य ग्रहण अवलोकन गर्न सकिन्छ।

(ग) बलय सूर्य ग्रहण (Annular eclipse) : यस ग्रहणमा पृथ्वी र चन्द्रमाको दुरी बढ्दै जाँदा चन्द्रमाको सघन छायाको टुप्पोको भाग
पृथ्वीसम्म पुग्न सक्दैन । यसो हुनाको कारण चन्द्रमा सानो हुनाले यसले सूर्यको सबै भाग ढाक्न सक्दैन । जसका कारण चन्द्रमाको वरिपरि बलय रिङ देखिन्छ । यसलाई बलय सूर्य ग्रहण भनिन्छ । पृथ्वीको एक ठाउँमा यो ग्रहण प्रत्येक 1000 वर्षमा लाग्दछ।

चन्द्रमाले पृथ्वीको परिक्रमा गर्दा हरेक महिना चन्द्रयहण किन हुँदैन ?

  • चन्द्रमा हरेक महिना पृथ्वीको वरिपरि घुम्छ, तर यो सधैं पृथ्वीको छायामा पर्दैन । पृथ्वीको वरिपरि चन्द्रमाको परिक्रमा एक झुकावमा छ।
    त्यसैले हरेक महिना चन्द्रग्रहण लाग्दैन

ग्रहण लाग्नाका कारणहरू (Causes of eclipse)

(क) प्रकाश सिधा रेखामा मात्र हिड्ने हुनाले 
(ख) चन्द्रमाले पृथ्वीलाई र पृथ्वीले सूर्यलाई परिक्रमा गर्नाले
(ग) सूर्य, पृथ्वी र चन्द्रमा एउटै सिधा रेखामा पर्नाले

 

Categories

  • Current Affairs 771
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 137
  • Nepal Police 8

Latest Blogs

Far Western Province, Seventh, Health Education Officer, 2083/05/20
Past Questions

सुदूरपश्चिम प्रदेश, सातौँ, स्वास्थ्य शिक्षा अधिकृत, २०८३/०५/२०

  • Sep 06, 2026
  • 35
Nepal Telecom, Third, Junior Technician, 2083/05/20
Past Questions

नेपाल टेलिकम, तेस्रो, जुनियर टेक्निसियन, २०८३/०५/२०

  • Sep 06, 2026
  • 246
National Day Against Human Trafficking, 2026
Current Affairs

मानव बेचबिखन विरुद्ध राष्ट्रिय दिवस, २०२६

  • Sep 06, 2026
  • 105
Miss World, 2026
Current Affairs

मिस वर्ल्ड, २०२६

  • Sep 06, 2026
  • 93
Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 112
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA