Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Current Affairs

नेपालमा गएका केही भूकम्पहरु

  • Prija Shrestha
  • November 06, 2023
  • 432

नेपालमा गएका केही भूकम्पहरु

नेपालमा गएका केही भूकम्पहरु
  • विसं १३१० मा गएको भूकम्पले थुप्रे देवालय र घर भत्किए, भूकम्पमा परी राजा अभय मल्लको समेत ज्यान गयो ।
  • विसं १३१६ मा राजा जयदेवको पालामा गएको भूकम्पले पनि भवन भत्काउनुका साथै महामारी ल्यायो ।
  • विसं १४६४ मा गएको भूकम्पले मत्स्येन्द्रनाथको मन्दिरका साथै अन्य थुप्रै मठमन्दिर भत्किए ।
  • विसं १७३८ को भूकम्पले घेरै घर र मन्दिर भत्किए ।
  • विसं १८६६ को भूकम्पले पशुपतिनाथको देवललाई केही गरेन तर अन्य थुप्रै मन्दिरलाई पाताल बनाइदियो ।
  • विसं १८९० मा गएको महाभूकम्पले दुई वटामध्ये एउटा घरहरा पाताल बन्यो । पाटन बालकुमारीको मन्दिरबाट २१ दिनपछि मूर्ति झिकिएको थियो। दरवार, मठमन्दिर थुप्रे मत्किए। त्यस भूकम्पले १८ हजार घरमा क्षति पुगेको अनुमान गरिएको छ।
  • विसं १९९०को भूकम्प ८.३ रेक्टर स्केलको थियो। त्यसमा आठ हजार ५३२ जनाको ज्यान गएको थियो भने १५ हजार ७१३ जना घाइते
    भएका थिए । त्यसबेला उपत्यकामा १२ हजार ३९६ घर, पहाडमा ६४ हजार ७४२ घर र तराईमा तीन हजार ७५४ घर पूर्ण क्षति भएका थिए।
    त्यस्तै उपत्यकामा २५ हजार ६५८ घर, पहाडमा ७३ हजार २५३ घर र तराईमा पाँच हजार ६१० घर आंशिक क्षति भएका थिए।
  • विसं २०३७ साउन १४ गते आएको भूकम्प ६.५ रेक्टर स्केलको थियो । बझाङ केन्द्रबिन्दु भएको यो भूकम्पले १७५ जनाको ज्यान लियो भने ४०
    हजारभन्दा बढी घरलाई क्षति तुल्याएको थियो ।
  • विसं २०४५ भदौ ५ गतेको ६.९ रेक्टर स्केलको भूकम्प उदयपुर केन्द्रबिन्दु मएर गएको थियो । यो भूकम्पमा परी ७२१ जनाको मृत्यु भएको थियो भने छ हजार २१३ जना घाइते भएका थिए। त्यसबेला १४ हजार ९६४ घर पूर्ण क्षति, ३३ हजार ९५९ घर चिरा परेर प्रयोग गर्न नमिल्ने र २४ हजार ४९६ घर आंशिक क्षति भएका थिए।
  • विसं २०६५ मङ्सिर ३१ गते हुम्ला केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको,
  • विसं २०६८ असोज १ गते पूर्वी नेपाललाई केन्द्रबिन्दु बनाएको भूकम्पले ठुलै क्षति गरेको थियो। त्यसको मापन ६.८ रेक्टर स्केलको गरिएको थियो । ताप्लेजुङ र मारतको सिक्किम केन्द्रबिन्दु मएको यो भूकम्पका कारण नेपालमा छ जनाको मृत्यु हुनुका साथै साढे छ हजार घर पूर्ण क्षति भएका थिए । १२ हजारभन्दा बढी घरमा आशिक क्षति तुल्यायो मने डेढ हजारभन्दा बढी सार्वजनिक भवन पनि क्षतिग्रस्त भए |
  • विसं २०७२ वैशाख १२ गते ११:५६ बजे गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । गोरखाको बारपाक केन्द्रबिन्दु भएको यो भूकम्पका कारण आठ हजार ९७० जनाको मृत्यु हुनाका साथै २२ हजार ३०२ जना घाइते भएका थिए। सोही वर्षको वैशाख १३ गते दोलखा केन्द्रबिन्दु मएर ६.९ रेक्टर स्केलको, वैशाख २९ गते दोलखा केन्द्रबिन्दु भएर ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो। यस भूकम्पमा आठ लाख ६६ हजार २०७ निजी घर पूर्ण क्षति मएका र ४७ हजार ५२७ घर आंशिक क्षति मएका थिए।
  • २०७७ साल भदौ ३१ गते सिन्धुपाल्चोक केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, २०७९ साल साउन १५ गते खोटाङ केन्द्रबिन्दु बनाएर ६.० रेक्टर स्केलको, सोही वर्षको कात्तिक २३ गते डोटी केन्द्रबिन्दु बनाएर ६.६ रेक्टर स्केलको भूकम्प गएको थियो ।
  • विसं २०८० असोज १६ गते बझाङ केन्द्रबिन्दु बनाएर गएको ६.३ रेक्टर स्केलको भूकम्पका कारण एक जनाको ज्यान गएको थियो। १३५ घर क्षतिग्रस्त भएका थिए।

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1169
  • Vacancy 1
  • Past Questions 133
  • Nepal Police 8

Latest Blogs

Gandak Treaty
Others

गण्डक सम्झौता

  • Sep 02, 2026
  • 85
Trusteeship Council of the United Nations (UN)
Others

संयुक्त राष्ट्र संघ (UN) को जिम्मा जमानी परिषद् (Trusteeship Council)

  • Sep 02, 2026
  • 65
The number of countries with which Nepal has established diplomatic relations has reached 184.
Current Affairs

नेपालसँग कूटनीतिक सम्बन्ध कायम भएको देशको संख्या १८४ पुगेको

  • Sep 02, 2026
  • 113
Interrelationship between the House of Representatives and the National Assembly: Thematic Q&A (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

प्रतिनिधि सभा र राष्ट्रिय सभाबिचको अन्तरसम्बन्ध : विषयगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 38
Public Service Preparation Special: Objective Questions and Answers (17 Bhadra 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष : वस्तुगत प्रश्नोत्तर (१७ भदौ २०८३, बुधबार)

  • Sep 02, 2026
  • 183
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA