Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Gorkhapatra

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

  • Ajnabee Khadka
  • November 01, 2023
  • 416

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

१. विश्व खुसी सूचकाङ्क–२०२३ अनुसार नेपाल कति औँ स्थानमा रहेको छ ? 

 ७८ औँ (पहिलो : फिनल्यान्ड)

२. बङ्गलादेशमा पानीमुनि निर्मित सुरुङ मार्ग कहिलेदेखि सञ्चालनमा आएको हो ?

 सन् २०२३ अक्टोबर २८

– सुरुङ मार्ग : बङ्गबन्धु शेख मुजिबुर रहमान सुरुङ मार्ग

– उद्घाटन : बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेदद्वारा उद्घाटन

– यो सुरुङ मार्ग पानीमुनि निर्मित दक्षिण एसियाकै पहिलो सुरुङ मार्ग रहेको जनाइएको ।

– राजधानी ढाकाबाट २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको सुरुङ मार्ग बङ्गलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको ।

– सुरुङ मार्गले चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय सहर कक्स बजारसम्मको यात्रा ४० किलोमिटर घटाउने ।

३. चित्तरञ्जन नेपालीको निधन कहिले भएको हो ?

 विसं २०८० असोज २९

– साहित्यकार, इतिहासकार, पुरातत्वविद् तथा प्रशासक नेपालीको ९२ वर्षको उमेरमा निधन भएको । उनको वास्तविक नाम नारायणप्रसाद राजभण्डारी हो ।

– मदन पुरस्कार (२०१३), श्रेष्ठ सिरपा (२०१५) लगायत पुरस्कारबाट पुरस्कृत नेपालीका नेपाली र नेपालभाषाका कैयौँ कृति प्रकाशित छन् ।

– जनरल भीमसेन थापा र तत्कालीन नेपाल, शाह किङ्स अफ नेपाल, नेपाल–चीन सिमाना सन्धि, राणा शासनको रोल व्यवस्था र धर्मपत्र, मा लुमंका, गंकी आदि उनका प्रसिद्ध कृति हुन् ।

– निर्वाचन आयुक्त पनि रहिसकेका नेपाली थुप्रै पदकबाट पनि विभूषित भएका ।

४. अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले क्रिकेट खेललाई ओलम्पिक खेलमा समावेश गर्ने निर्णय कहिले गरेको हो ?

 सन् २०२३ अक्टोबर १६

– आइओसीको भारतको मुम्बईमा भएको कार्यकारी बैठक (१४१ औँ) ले सन् २०२८ को लस एन्जल्स ओलम्पिकमा क्रिकेट खेल समावेश गर्ने

निर्णय गरेको ।

– ओलम्पिकमा टी–२० फम्र्याटमा खेल हुने । २०२८ को ओलम्पिकमा महिला र पुरुष दुवैतर्फ प्रतिस्पर्धा हुने ।

– आइओसीले क्रिकेटसहित पाँच खेललाई २०२८ को ओलम्पिकमा समावेश गराउने निर्णय गरेको ।

– थप भएका खेल : क्रिकेट, बेसबल/सफ्टबल, लाक्रोस, फ्ल्याग फुटबल र स्क्वास ।

– सुरुका तीन खेल ओलम्पिकमा पुनरागमित तथा फ्ल्याग फुटबल र स्क्वास लस एन्जल्स ओलम्पिकबाटै डेब्यु खेलका रूपमा रहने ।

५. हालै वैज्ञानिकहरूले अन्तरिक्षमा कुन जीवको भ्रूणको विकास गर्न सफल भएका छन् ?

  मुसा

– जापानी वैज्ञानिकहरूले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आइएसएस) मा मुसाको भ्रूणको विकास गरेका ।

– वैज्ञानिकहरूका अनुसार पहिलो अध्ययनमा सामान्य रूपमा भ्रूणको विकास भएको र यसले मानिसका लागि अन्तरिक्षमा प्रजनन गराउन सम्भव हुन सक्ने

सङ्केत दिएको ।

– आइएसएसको पूर्ण सूक्ष्म गुरुत्वाकर्षण अन्तर्गत प्रारम्भिक चरणमा स्तनधारी भ्रूणहरूको संवर्धन गरिएको विश्वमा यो पहिलो प्रयोग भएको जनाइएको ।

– यामानाशी विश्वविद्यालयको एड्भान्स्ड बायोटेक्नोलोजी सेन्टरका प्राध्यापक तेरुहिको वाकायामा र जापान एरोस्पेस एजेन्सीको एउटा टिमसहितका अन्वेषकहरूले सन् २०२१ अगस्तमा एउटा रकेटमा जमेको मुसाको भ्रूणलाई आइएसएसमा पठाएका थिए । अन्तरिक्षयात्रीहरूले सोही उद्देश्यले डिजाइन गरिएको विशेष उपकरणको प्रयोगले प्रारम्भिक चरणमा भ्रूणहरूलाई पगालेर र तिनीहरूलाई चार दिनसम्म स्टेसनमा विकसित गरेका ।

– सूक्ष्म गुरुत्वाकर्षणको परिस्थितिमा विकसित भएका भ्रूण सामान्यतया ब्लास्टोसिस्ट (प्लेसेन्टामा विकसित हुने कोषिका) मा विकसित हुने ।

– सन् २०२३ अक्टोबर २८ मा प्रकाशित विज्ञानसम्बन्धी पत्रिकाको एक अध्ययन प्रतिवेदनमा भ्रूणको विकासमा गुरुìवाकर्षणको कुनै उल्लेखनीय असर नदेखिएको वैज्ञानिकहरूले जनाएका ।

६. भारतको प्रतिष्ठितमध्येको एक राष्ट्रिय फिल्म अवार्ड, २०२३ मा सर्वाेत्कृष्ट चलचित्रको उपाधि जित्न सफल चलचित्र कुन हो ?

 रकेट्री : द नाम्बी इफेक्ट

– सर्वोत्कृष्ट फिल्म : रकेट्री : द नाम्बी इफेक्ट

– सर्वोत्कृष्ट निर्देशक : निखिल महाजन (फिल्म : गोदावरी)

– सर्वोत्कृष्ट अभिनेता : अल्लु अर्जुन (फिल्म : पुष्पा)

– सर्वोत्कृष्ट अभिनेतृ : कृति सेनन (फिल्म : मिमी) र आलिया भट्ट (फिल्म : गङ्गुवाई काठियावाडी)

– पपुलर फिल्म अवार्ड : आरआरआर

– सहअभिनेता : पङ्कज त्रिपाठी (फिल्म : मिमी)

– सह अभिनेतृ : पल्लवी जोशी (फिल्म : द कास्मिर फाइल्स)

– सर्वाेत्कृष्ट छायाकार : अभिख मुखोपाध्याय (फिल्म : उदार उद्यम)

– सर्वोत्कृष्ट कोरियोग्राफर : प्रेमरक्षित (फिल्म : आरआरआर)

– सर्वोत्कृष्ट सम्पादन : चलचित्र गङ्गुवाई काठियावाडी

– समारोहमा वाहिदा रेहमानलाई दादासाहेब फाल्के दीर्घ साधना सम्मान प्रदान गरिएको ।

७. सन् २०२३ को बालोन डी’ओर अवार्ड जित्ने फुटबलर को हुन् ? 

  लियोनल मेस्सी

– अर्जेन्टिनी फुटबल स्टार मेस्सीले आठौँ पटक विश्वकै प्रतिष्ठित अवार्ड जितेका । यससँगै मेस्सीले यो अवार्ड सबैभन्दा धेरै पटक जितेका । उनले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा यो अवार्ड जितिसकेका । यो उपाधि फ्रान्स फुटबल म्यागजिनले हरेक वर्ष विश्वको उत्कृष्ट फुटबल खेलाडीलाई प्रदान गर्ने गर्दछ ।

८. चीनका पूर्वप्रधानमन्त्री लि खछ्याङको निधन कहिले भएको हो ?

 सन् २०२३ अक्टोबर २७

९. कहिलेदेखि लागु हुने गरी चिनियाँ सरकारले देशभक्ति शिक्षा कानुन पारित गरेको छ ?

 सन् २०२४ जनवरी १

– चीनले देशभक्ति शिक्षालाई बढावा दिँदै त्यसका लागि देशभक्ति शिक्षा कानुन नै पारित गरेको ।

– यो कानुनले विद्यालय र कलेजमा देशभक्तिसँग सम्बन्धित विषय सिकाउने कानुनी सुनिश्चितता प्रदान गर्ने बताइएको ।

– सरकारले कानुन तर्कसङ्गत, समावेशी र खुला विचारले भएको बताउँदै यसले देशलाई विश्वसँग जोड्न र अन्य सभ्यतालाई अँगाल्नुपर्ने आवश्यकतालाई जोड दिने जनाएको ।

– कानुनले चिनियाँ युवाका जीवनका सबै पक्षमा राष्ट्रिय एकता, देशभक्ति र कम्युनिस्ट पार्टीप्रति वफादारी जगाउने लक्ष्य राखेको ।

– ऐतिहासिक शून्यवाद जस्ता चुनौतीको सामना गर्न यो कानुन आवश्यक भएको चीन सरकारको भनाइ रहेको । चीनमा जब मानिसले कम्युनिस्ट पार्टीप्रतिको विश्वास गुमाउन थाल्छन् वा पार्टीको क्षमतामाथि शङ्का गर्न थाल्छन्, त्यसलाई ऐतिहासिक शून्यवाद भनिने ।

१०. दिल्लीस्थित एसियन एकेडेमीद्वारा प्रदान गरिने डा. सरोजिनी नायडु अन्तर्राष्ट्रिय पुरस्कार (सातौँ संस्करण) बाट पुरस्कृत हुने नेपाली महिला को हुन् ?

 दक्षिण एसियाली महिला विकास मञ्चकी अध्यक्ष प्रमिला रिजाल

– दक्षिण एसियामै महिला उद्यमशीलता विकासमा योगदान पु¥याएबापत उनलाई यो पुरस्कार दिइएको ।

– यसअघि रिजाल इन्दिरा गान्धी प्रियदर्शिनी लाइफटाइम एचिभमेन्ट अवार्डबाट समेत सम्मानित भएकी ।

११. सखिया नाच कुन समुदायमा प्रचलित नाच हो ?

 थारू

– थारू समुदायको मौलिक लोक संस्कृतिका रूपमा रहेको सखिया नाच पहिले श्रीकृष्ण जन्माष्टमीका दिनदेखि नाच्ने गरिए पनि पछिल्लो समय दसैँको अवसरमा नाच्ने गरिन्छ ।

– सखिया नाचमा युवती सामूहिक रूपमा नाच्ने र पुरुषले मादल बजाउने गर्छन् । सखिया नाचको नेतृत्व युवतीले गर्छन्, जसलाई मोह्रिन्य भनिन्छ । दिनभरि खेतबारीको काम सकाएर रातिमा सखिया नाच नाच्ने गरिन्छ तर नवमीको दिनदेखि बडादसैँको दिनसम्म भने दिउँसैदेखि सखिया नाच नाचिने ।

– भागवत पुराणमा भएको कथाका आधारमा नाचिने भएकाले थारू समुदायमा यो नाचलाई लोककाव्य र महागाथाका रूपमा मानिने ।

– सखिया नाचेपछि गाउँमा शान्ति कायम हुने

एवं खेतबारीमा रोपेका अन्नबाली राम्रो हुने

जनविश्वास रहेको ।

१२. नेपालको स्वच्छ ऊर्जालाई भारत सरकारले स्वच्छ ऊर्जा गणनामा समावेश गर्ने नीतिगत व्यवस्था कहिले गरेको हो ?

 सन् २०२३ अक्टोबर २०

– भारतको विद्युत् मन्त्रालयले अक्टोबर २० मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४/२५ देखि २०२९/३० सम्मका लागि नवीकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको । जसमा वायु, जलविद्युत् र अन्य नवीकरणीय ऊर्जाको खपत हिस्सालाई तोकिएको ।

– भारतका अनुमतिप्राप्त वितरण कम्पनीहरू र खरिदकर्ताहरूका लागि अनिवार्य जलविद्युत् खरिद (एचपिओ) को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिव्रmीका लागि स्वीकृतिप्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाहरूबाट खरिद गरिएको विद्युत्लाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्न पाउने व्यवस्था गरिएको ।

– यसअघि यस्तो एचपिओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाहरूबाट खरिद गरिएको विद्युत्मा मात्र व्यवस्था थियो ।

– यो व्यवस्थाले नेपालमा निर्माण सम्पन्न हुने तयारीमा रहेका तथा नयाँ जलविद्युत् आयोजनाका लागि भारतीय बजारका लागि थप सुनिश्चितता मिलेको नेपाली ऊर्जा उद्यमीको ठहर रहेको ।

१३. मिटरब्याजलाई अपराध कायम गर्ने फौजदारी कानुन कहिलेदेखि कार्यान्वयनमा आएको हो ?

 विसं २०८० वैशाख २०

१४. २०८० कात्तिकमा गोरखाको पालुङटारमा आयोजित ११ औँ लिगलिगे दौडको उपाधि जित्ने धावक को हुन् ?

 नेपाली सेनाका गजेन्द्र राई

– चेपेघाटदेखि लिगलिगकोटसम्मको १३.५ किलोमिटर दुरी उनले ५६ मिनेट ३६ सेकेन्डमा पार गरेका । त्रिभुवन आर्मी क्लबकै नरेन्द्रसिं रावत (५६ मिनेट ५३ सेकेन्ड) दोस्रो भएका ।

– गत वर्षका विजेता अनिश थापा (५८ मिनेट ३५ सेकेन्ड) तेस्रो भएका ।

– गोरखा र लमजुङको सिमानामा पर्ने चेपेघाटबाट सुरु भएको दौड लिगलिगकोट कालिका मन्दिरमा पुगेर सम्पन्न भएको ।

१५. चीनको विशेष प्रशासनिक क्षेत्र हङकङले करिब १८ वर्षपछि नेपालीका लागि भिसा कहिले खुलाएको हो ?

 सन् २०२३ अक्टोबर २५

– हङकङ सरकारले नेपालसँग भियतनाम र लाओसका लागि पनि भिसा खुलाएको ।

– सन् २००५ मा भिसा रोकिएपछि हङकङमा नेपालीलाई प्रवेश कठिन भएको थियो ।

– नेपालीका लागि हङकङमा रोजगार भिसा, तालिम भिसा र विद्यार्थी भिसा सहज बन्ने भएको ।

१६. ग्रिष्मकालीन र शीतकालीन दुवै ओलम्पिक आयोजना गर्ने विश्वको पहिलो सहर कुन हो ? 

 बेइजिङ

१७. अन्तर्राष्ट्रिय कोदोजन्य बाली वर्ष, २०२३ अनुसार नेपाल विश्वका कोदो उत्पादन गर्ने मुलुकहरूमा कति औँ स्थानमा रहेको छ ? 

 १३ औँ

१८. दक्षिण अफ्रिकामा सम्पन्न आठौँ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिताको उपाधि जित्ने राष्ट्र कुन हो ? 

 अस्ट्रेलिया

Categories

  • Current Affairs 768
  • Gorkhapatra 339
  • Others 1171
  • Vacancy 1
  • Past Questions 135
  • Nepal Police 8

Latest Blogs

Nepal Telecom, Fifth, Overseer, 2083/05/18
Past Questions

नेपाल टेलिकम, पाँचौँ, ओभरसियर, २०८३/०५/१८

  • Sep 04, 2026
  • 42
Nepal Police, Technical Police Assistant Inspector, Health Sub-Group, 2083/5/16
Past Questions

नेपाल प्रहरी, प्राविधिक प्रहरी सहायक निरीक्षक, स्वास्थ्य उपसमूह, २०८३/०५/१६

  • Sep 04, 2026
  • 65
सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone
Others

सुगौली सन्धिदेखि बिप्पा (BIPPA) सम्म: Indian Relation's Milestone

  • Sep 04, 2026
  • 42
Important treaties and agreements between Nepal and India
Others

नेपाल र भारत बीच भएका महत्वपूर्ण सन्धि र सम्झौताहरु

  • Sep 04, 2026
  • 125
Nepal's BIPPA agreement with India
Others

नेपालको भारतसँग बिप्पा (BIPPA) सम्झौता

  • Sep 04, 2026
  • 109
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA