Ghoksewa

  • HOME (current)
  • ABOUT
  • FEATURES
  • REVIEWS
  • BLOG
  • DOWNLOAD
  • CONTACT
  • Install Now
Others

सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

  • Ajnabee Khadka
  • September 02, 2023
  • 1473

सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

सार्वजनिक व्यवस्थापन र यसको कार्यक्षेत्र

सार्वजनिक व्यवस्थापन

  • राज्य सञ्चालनको क्रममा आवश्यक स्रोत साधनको व्यवस्था गर्ने, सो को परिचालन गर्ने र समग्र नियमन, विकास र सेवा प्रवाह सम्वन्धि नियमित तथा आकस्मिक कार्यहरु सम्पादन गर्ने पद्धतिलाइ सार्वजनिक व्यवस्थापन भनिन्छ ।
  • यसले सार्वजनिक संगठन तथा राज्यमा रहेको मानव स्रोत, पुँजी एवं अन्य स्रोत र साधनलाइ दक्ष एवं प्रभावकारी रुपमा प्रयोगमा ल्याइ राज्य तथा सरकारको उद्देश्य पुरा गर्नुपर्नेमा जोड दिन्छ ।
  • सार्वजनिक गतिविधिहरु सञ्चालन गर्नु, नागरिकहरुको व्यवहारलाइ नियमन गर्नु, मुलुकमा आवश्यक पुर्वाधारहरुको विकास गर्नु, नियमित एवं आकस्मिक कार्यसम्पादन गर्नु तथा जनतामा आवश्यक सेवा प्रवाह गर्नु नै सार्वजनिक व्यवस्थापनको मुलभुत कार्यहरु हुन ।
  • यो निरन्तर, गतिशिल एवं बहुआयामिक विषय हो । यसको प्रभावकारीताको लागि सरकार, शासकिय साझेदारहरु, निजि क्षेत्र, सहकारी क्षेत्र, नागरिक समाज, एवं अन्तर्राष्ट्रिय क्षेत्र तथा आम जनता समेतको सार्थक भुमिका अपरिहार्य छ ।
  • यसलाइ शासन प्रणाली, सार्वजनिक व्यवस्थापन, राज्य प्रणाली समेतका नामले चिनिन्छ ।
  • यो राज्य सरकार एवं सार्वभौमसत्तासँग सम्बन्धित छ ।
  • यसको सुरुवात राज्यसँगै भएको हो ।

सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र

  • सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र शासनको चरित्र, विकासको अवस्था र सरकारको कार्यक्षेत्र सँग सम्बन्धित सापेक्षित अवधारणा हो ।
  • यसको कार्यक्षेत्र व्यापक, अनन्त अनिश्चित एवं असिमित तथा स‌ंवेदनशिल रहेको छ ।
  • परम्परागत रुपमा सार्वजनिक व्यवस्थापनलाइ योजना बनाउने, संगठन गर्ने, निर्देशन दिने, निर्णय गर्ने जस्ता क्रियाकलापहरुसँग मात्र सम्बन्धित मानिएकोमा समयक्रमअनुसार शासनमा उदारीकरण एवं लोकतान्त्रिकरण, जनसंख्या वृद्धि  पुर्वाधार विकास एवं विस्तार, वहुस्तरीय शासन पद्धति, सिमित शासन एवं सुशासन अवधारणा, अन्तराष्ट्रिय सम्बन्ध विस्तार तथा विश्वव्यापिकरणको लहरसँगै सार्वजनिक व्यवस्थापनको कार्यक्षेत्र थप  विस्तारित एवं चुनौतिपुर्ण बन्दै गएको छ ।
  • यसको मुलभुत कार्यक्षेत्र नियमन, विकास र सेवाप्रवाह हो ।
  • सार्वजनिक नितिको मस्यौदा गर्ने, तर्जुमा गर्ने, कार्यान्वयन गर्ने र  मुल्यांकन एवं सार्वजनिक निति व्यवस्थापन गर्ने ।
  • नियम कानुनहरुको कार्यान्वयन गर्ने, अनुगमन सहजीकरण र नियन्त्रण गर्ने, नियमनकारी संस्थाको निर्माण तथा सञ्चालन गर्ने ।
  • सेवा प्रवाहको लागी आवश्यक स्रोत साधनको व्यवस्था गर्ने, सेवा प्रवाहको मापदण्ड निर्धारण, कुशल सेवा प्रवाह गरी सेवा प्रवाह व्यवस्थापन गर्ने ।
  • विकास योजना, कार्यक्रम, परियोजना निर्माण गर्ने, स्रोत साधनको प्रवन्ध गरी विकास व्यवस्थापन गर्ने ।
  • मानव साधनको प्राप्ति, विकास, उपयोग, सम्भार र अवकाश जस्ता कार्यको व्यवस्थापन गरी कर्मचारी तथा जनशक्ति व्यवस्थापन गर्ने ।
  • शान्ति, सुरक्षा  व्यवस्था तथा नियमन ।
  • कुटनितिक व्यवस्थापन तथा अन्तर्राष्ट्रिय सम्बन्ध ।
  • न्याय प्रणालिको व्यवस्थापन ।
  • आर्थिक तथा वित्तिय व्यवस्थापन ।
  • दैवि प्रकोप, संकट व्यवस्थापन तथा आकस्मिक व्यवस्थापन ।
  • संगठनात्मक संरचना तथा संगठन व्यवस्थापन ।
  • स्रोत साधन तथा बजेट व्यवस्थापन ।
  • सुचना तथा प्रविधि व्यवस्थापन ।

Categories

  • Current Affairs 696
  • Gorkhapatra 321
  • Others 1086
  • Vacancy 1
  • Past Questions 97
  • Nepal Police 7

Latest Blogs

Nepal's first nutrition-friendly rural municipality: Badigad (Baglung)
Current Affairs

नेपालकै पहिलो पोषणमैत्री गाउँपालिका: बडिगाड (बागलुङ)

  • Jul 01, 2026
  • 24
Reducing the Risk of Food Insecurity: Thematic Q&A (17 Ashar 2083, Wednesday)
Gorkhapatra

खाद्य असुरक्षाको जोखिम न्यूनीकरण : विषयगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 27
Public Service Preparation Special: Objective Questions and Answers (17 Ashar 2083, Wednesday)
Gorkhapatra

लोकसेवा तयारी विशेष: वस्तुगत प्रश्नोत्तर (१७ असार २०८३, बुधबार)

  • Jul 01, 2026
  • 95
Nepal Telecom (Fourth Level) Written Examination-2082
Past Questions

नेपाल टेलिकम (चौथो तह) लिखित परीक्षा-२०८२

  • Jun 30, 2026
  • 42
Historical years of the world and Nepal related to the history of Women's Suffrage
Others

महिला मताधिकारको इतिहाससँग सम्बन्धित विश्व र नेपालको ऐतिहासिक वर्षहरू

  • Jun 29, 2026
  • 104
COPYRIGHT © 2026. ALL RIGHTS RESERVED. GHOKSEWA